सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगमा निजी क्षेत्रबाट सदस्य थप गरेको छ ।
पूर्वसचिव रामेश्वरप्रसाद खनालको अध्यक्षतामा गठित आयोगमा निजी क्षेत्रबाट तीन जना सदस्य थप गरिएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
थपिएका सदस्यहरूमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवाल छन् ।
यसअघि बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।
त्यसैगरी सरकारले फिलिपिन्सको मनिलामा मंसिर २५ देखि २७ गतेसम्म आयोजना हुने दीगो यातायातसम्बन्धी छलफल कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने भएको छ ।
प्रकाशित: ७ मंसिर २०८१ १९:२३ शुक्रबार