लक्ष्मी महत, ब्युुटिसियन
मेकअपले अनुहारमा भएका दाग, धब्बालाई छोपेर महिलालाई सुन्दर र आकर्षक देखाउँछ । कामकाजी महिलाका लागि यी टिप्स उपयोगी हुन सक्छन्ः
- सबैभन्दा पहिले अनुहार सफा गर्ने
- त्यसपछि टोनरको सहायताले अनुहार टोनअप गर्ने
- मेकअप लामो समयसम्म टिकाउन प्राइमर लगाउने
- छालाअनुुसार म्वाइस्चराइजर क्रिम प्रयोग गर्ने
- अफिसभित्र बस्दा ३० एसपीएफ भएको सनब्लक क्रिम प्रयोग गर्दा हुन्छ भने बाहिर हिँड्दा ५० एसपीएफ भएको सनब्लक क्रिम लगाउने
- त्यसपछि लुज अथवा कम्प्याक्ट पाउडर लगाउने
- ब्लसर स्किन, पिच कलर वा लाइट सेड प्रयोग गर्न सकिन्छ
- लाइट कलरको आइस्याडो प्रयोग गर्ने
- मस्कारा र आइलाइनर धेरै मोटो नलगाउने, ठिक्क सुहाउने गरी लगाउने
प्रकाशित: ११ वैशाख २०७४ ०७:४३ सोमबार