काठमाडौं– महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त गौशालाको संयुक्त टोलीले काठमाडौं उपत्यकामा विभिन्न समयमा भएका ७० भन्दा बढी सुनका सिक्री लुटपाटमा संलग्न तीज जनालाई पक्राउ गरेको छ।
‘दशैको टीकाको दिन भिमसेन गोलामा भएको घटनाको अनुसन्धानकाक्रममा सबैलाई सोमबार नियन्त्रणमा लिएका हौं। विभिन्न समयमा भएका ७० भन्दा बढी घटनामा संलग्नता देखिएको छ’ डिएसपी कार्कीले भने।
गौशाला प्रहरीले लुटपाट भएका सिक्री खरिद गर्ने एकजना गहना पसले समेतलाई नियन्त्रणमा लिएको छ। वृत्तका अनुसार उदयपुरका प्रकाश सुनवार, सिन्धुलीका जिवनथापा मगर र पर्वतका जितेन्द्र लामिछानेले मोटरसाइकलको प्रयोगगर्दै विभिन्न समुहमा बटुवा महिलाले लगाएको सिक्री लुटपाटगर्दै आएका थिए। प्रहरीले लुटिएको सिक्री खरिदगर्ने मोरङका डिल्ली सेर बिकलाई समेत पक्राउ गरेको छ।
वृत्तका प्रमुख डिएसपी नवराज कार्कीका अनुसार सिनामंगलमा बस्दै आएका तीनजनाले आलोपालो गर्दै बटुवा महिलालाई लुट्दै आएका थिए। यस्तै बिकले पुरानो बानेश्वरमा रहेको सुनपसलमा लुटिएको सुन खरिदगर्ने र पगाल्ने गर्दै आएको अनुसन्धानमा खुलेको छ। प्रहरीले बिकका साथबाट करिब १६ तोला सुन समेत बरामद गरेको छ।
‘दशैको टीकाको दिन भिमसेन गोलामा भएको घटनाको अनुसन्धानकाक्रममा सबैलाई सोमबार नियन्त्रणमा लिएका हौं। विभिन्न समयमा भएका ७० भन्दा बढी घटनामा संलग्नता देखिएको छ’ डिएसपी कार्कीले भने।
उनका अनुसार सोमबार समुहका सदस्य पक्राउ परेयता काठमाडौंमा सिक्री लुटका घटना रोकिएकाले पछिल्लो समय भएका पाँचवटा घटनामा समेत यसै समूहको संलग्नता रहेको अशंका प्रहरीले गरेको छ।
प्रकाशित: २२ मंसिर २०७३ ०७:५१ बुधबार