अन्य

सरकारी वार्ता टाेलीद्वारा डा. केसीका मागका विषयमा चासाे

फाइल तस्बिर ।

काठमाडौं–विगत १४ दिनदेखि अनशनमा बसेका डा. गोविन्द केसीसँग सरकारी वार्ता टाेलीले भेट गरेकाे छ। सरकारले अाजै डा. केसीसँग वार्ता गर्न  दुई सदस्यीय वार्ता टोली गठन गरेको थियाे। प्रधानमन्त्रीको निर्देशनमा सरकारले शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको थियाे। सरकारी वार्ता टाेलीले केसीलाई सरकार समस्या समाधानप्रति गम्भीर रहेकाे बताएका थिए। वार्ता टाेलीले केसीमा मागका विषयमा सरकार गम्भीर रहेकाे भन्दै वार्ताकालागि अाग्रह गरेकाे थियाे।

जवाफमा केसीले अाफू अहिले वार्ता गर्न सक्ने अवस्थामा नरहेकाे भन्दै वार्ता टाेली बनाउने बताएका थिए। केसीले डा. वाइपी सिंह, डा. अञ्जनीकुमार झा जीवन क्षेत्रीलगायतसँग छलफल गरी वार्ता गठन गर्ने जनाएका छन्।  सरकारी वार्ता टाेलीले केसीले उठाउँदै अाएका दश बुँदे लिखित माग अाैपचारिक रूपमा बुझेकाे छ

  चिकित्सा शिक्षामा सुधारको माग राखेर डा. केसी विगत १४ दिनदेखि अनशनरत छन्। डा. केसीको यो दसौं अनशन हो।

 

प्रकाशित: ११ मंसिर २०७३ ०८:३९ शनिबार

सरकारी वार्ता टाेलीद्वारा डा. केसीका मागका विषयमा चासाे