अन्य

सान कलेजमा तोडफोड, तीन पक्राउ

काठमाडौं– गैह्रीधारामा रहेको सान इन्टरनेशनल कलेजमा तोडफोड गरेको आरोपमा पूर्वाञ्चल विश्व विद्यालयका अनेरास्ववियु अध्यक्षसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गले एमाले निकट विद्यार्थी संगठन अनरेस्ववियुका पूर्वाञ्चल विश्व विद्यालयका अध्यक्ष संविज देवकोटा, सचिवालय सदस्य शिसिर भण्डारी र भीम आर्चायलाई पक्राउ गरेको हो। वृत्तका डिएसपी कृष्णबहादुर पल्ली मगरले कलेजमा तोडफोड गरी क्षति पु¥याएको आरोपमा तीनैजनाबिरुद्ध कानुन बमोजिम कारवाही हुने बताए।

पूर्वाञ्चल विश्व विद्यालयले सबै संकायको एकीकृत प्रवेश परीक्षा प्रणली लागू गर्ने नियमको बिरोध गर्दै आएको अनेरास्ववियुले कलेजले आफूहरुको निर्देशनविपरीत फर्म पठाएको विरोधमा तोडफोड गरेको हो। कलेजमा सहप्राध्यापक डाक्टर रोशनराज बरालले बुधबार कार्यालय समयपछि अनेरास्ववियुका कार्यकर्ता आएर फर्म नपठाउन निर्देशन दिएको बताए। उनका अनुसार बिहीबार अपरान्ह फर्म किन पठाएको भन्दै १५–२० जनाको समुहमा आएका युवाले कलेमा प्रवेश गरी तोडफोड गरेका हुन्।

‘एउटा विद्र्याथी संगठनले यसरी कलेजमै तोडफोड गर्ला भनेर सोचेकासम्म थिएनौं, यस विषयमा कानुनअनुसार कारवाहीका लागि प्रहरीमा निवेदन दिनेछौं,’ बरालले भने।

 

प्रकाशित: १६ भाद्र २०७३ १३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App