विचार

अमेरिका–चीन व्यापार युद्ध र भारत

जुलाइ ३१, २०१८ देखि जारी अमेरिका–चीन व्यापार युद्ध अन्त्यको उपाय निकाल्न चिनियाँ र अमेरिकी व्यापार मध्यस्थकर्ताको वार्ता अमेरिका र चीनमा पटक पटक हुँदै आएको छ। तर कहिलेकाहीँ वार्ता ओझेलमा पर्दै आएको पनि देखिन्छ। व्यापारमा समस्या देखिएको भन्दै पटक पटक अमेरिका र चीनले धेरै रकमका सामानको कर वृद्धिमा होडबाजी चल्दै आएको छ। अमेरिकाले चिनियाँ सामानको निर्वाध र खुकुलो प्रवेशका कारण व्यापार असन्तुलन चरम अवस्थामा पुगेको तथा अमेरिकी प्रविधि चीनले चोरेको आरोप लगाउँदै आएको छ।  

चीन सरकारले अमेरिकी कृषिजन्य उत्पादन खरिद गर्ने प्रतिबद्धता जनाएको तर महिनौँदेखि कतिपय सामान नकिनेको अमेरिकी आरोप रहँदै आएको छ। बताइन्छ कि चीनसँगको समस्या नै विश्वासघात हो। अमेरिकाले सुरुदेखि नै तनावमा रहेको वार्तालाई सहजीकरण गर्न सहयोग नगरेको बताइन्छ। अमेरिकाले विश्व व्यापार संगठनमा चीनले पाइरहेको विकासशील देशको दर्जा हटाउने भन्दै आएको छ।  

सन् २०१९ सेप्टेम्बरमा आएर अमेरिकाले चुनावअगाडि चीनसँग व्यापार सम्झौता गर्न सक्ने बताइएको छ। चुनावलगत्तै चीनसँग व्यापार सम्झौता गर्न सकिने भनिएको छ। चीनले पनि हालका राष्ट्रपतिले चुनाव जित्ने बताइएको छ। यदि सन् २०२० को चुनावपछि यो सम्झौता भएमा झनै कडा सर्तमा हुने देखिन्छ। यदि चुनावपछि यो सम्झौता भएमा यो सम्झौता ठूलो हुने मानिएको छ। यस किसिमको सम्झौता यो भन्दा पहिले कहिल्यै नभएको भनिन्छ। अमेरिका र चीनबीच हुँदै आएका वार्तामा अक्टुबरको सुरुमा विश्वका दुई ठूला अर्थतन्त्रबीच विगत १४ महिनादेखि चलिरहेको व्यापार युद्ध अन्त गर्ने नै हुनेछ।  

अमेरिका र चीनबीचको व्यापार वार्ता जनवरी २०१८ देखि पटक पटक चरण चरणमा हुँदै आएको छ। यस्तो वार्ता कहिले अमेरिका र कहिले चीनमा हुँदै आएको छ। वार्ताद्वारा तनाव सुल्झाउने उद्देश्यले दुवै देशबीच अर्को अर्को चरणमा गरी वार्ता हुँदै आएको छ। दुवै देशबीच उक्त व्यापार विवाद सुल्झाउन व्यापार वार्ता हुँदै आएको छ। यस्तो वार्तामा बौद्धिक सम्पत्ति, जबर्जस्ती प्रविधि हस्तान्तरण, कृषि सेवा खरिद र कानुन कार्यान्वयनलगायत विषयमा छलफल हुँदै आएको छ। हरेक पटकका व्यापार वार्तापछि दुवै देशले कर बढाउने भन्दै आएका छन्।  

अमेरिकी प्रविधि चीनले चोरेको, बौद्धिक सम्पत्तिको संरक्षण गर्न नसकेको, चिनियाँ बजार विदेशी कम्पनीका लागि खुला नगरेकोलगायतका आरोप अमेरिकाले चीनलाई लगाउँदै आएको छ। मे ११, २०१९ तिर अमेरिकाले २५ प्रतिशतका दरले २०० अरब डलरका सामानमा कर बढाएकाले विश्वका यी दुई ठूला अर्थतन्त्रले विश्वमा नै हलचल मच्चाएका छन्। यसले विश्वमा तनाव ल्याएको छ। यसले तेल खपत गर्ने देशलाई पनि असर पार्दै आएको छ।

चीन र अमेरिका बौद्धिक सम्पत्ति र प्रविधि मुद्दाहरूमा वास्तविक व्यापार वार्तामा खोजी परेका देखिन्छन्। अमेरिकाको माग सबै सम्बोधन हुने गरी अमेरिका र चीन व्यापार हुन नसक्ने स्वयम् केही अमेरिकन नै बताउँछन्। अमेरिकाले २५० अर्ब डलरका सामानमा अक्टुबर १, २०१९ देखि बढाउने भनेको कर केहीका लागि रोकिएको भनिएको थियो।  

विचारणीय पक्ष

चीनले अमेरिकासँग आफू लामो अवधिका लागि व्यापार युद्ध लड्न तयार भएको जनाउँदै आएको छ। चीनले अमेरिकामा विश्वबाट रेयर अर्थ आपूर्तिमध्येको ८० प्रतिशतको हिस्सा ओगट्दै आएको अवस्थामा चीनले रेयर अर्थको आपूर्ति उद्योगका नीतिहरूका संगालो सार्वजनिक गर्ने भन्दै आएको छ। चीनले प्राकृतिक स्रोतलाई अमेरिकाविरुद्ध हतियारका रूपमा प्रयोग गर्न सक्ने भन्दै आएको छ। १७ वटा तत्वका रेयर अर्थका समिश्रणको पदार्थ स्मार्टफोन, हस्पिटल स्क्यानर, परमाणु ऊर्जा स्टेसन र एलइडी लाइटका लागि प्रयोग हुँदै आएको छ। अमेरिकामा आयात हुने रेयर अर्थमा २०१४ देखि २०१७ सम्मको अवधिमा चीनको हिस्सा ८० प्रतिशत थियो। चीनले यस्ता खनिज बिक्रीमा प्रतिबन्ध लगाउने भनाइ राख्दै आएको छ। त्यसैअनुरूप अमेरिकाले पनि यसको विकल्पका रूपमा तयार रहेको जनाउँदै आएको छ। अमेरिकाले चिनियाँ हुवावे कम्पनीमाथि अमेरिकी कम्पनीबाट पार्टस र प्रबिधि खरिद गर्न रोक लगाएपछि रेयर अर्थलाई हतियारका रूपमा प्रयोग गर्ने विचार चर्चामा आएको थियो। चीनको रणनीतिक स्रोत भएका कारण प्रस्तावित नीतिको रेयर अर्थको प्रयोग र प्रवर्द्धनमा विशेष जोड र मूल्य राख्ने बताउँदै आएको देखिन्छ।  

चीन र अमेरिका हरेक पटकका वार्तामा सम्मान र समानताका आधारमा आर्थिक तथा व्यापार विवादमा परामर्शद्धारा ताजगी ल्याउन चाहन्छन्। व्यापार युद्धपश्चात चीन र अमेरिकाबीच १२ चरण भन्दा बढी वार्ता भइसकेका छन्। १४ महिना भन्दा बढीको अमेरिका र चीनबीचको व्यापार युद्ध जि–१९ समूहमा राख्दा वा अन्तर्राष्ट्रियकरण गर्दा पनि समाधान भएको छैन। हरेका पटकका वार्ता यी दुई देश सम्बन्ध विस्तारका लागि नयाँ दिशा तय गर्ने र सहकार्य, समन्वय र स्थायित्वका साथ अघि बढाउने बताउँदै आएका छन्।

व्यापार वार्ता टुङ्घिएला त?

विगत सवा वर्षदेखि भइआएको जारी अमेरिका तथा चीन व्यापार युद्ध अन्त्य गर्नका लागि सम्भावित उपाय निकाल्न दुई देशबीच पटक पटक भएका बैठक रचनात्मक भनिँदै आएको छ।  

व्यापारमा समस्या देखिएको भन्दै अमेरिका र चीनबीच एकापसमा एकअर्काको खर्बौँ डलर बराबरका सामानमा कर वृद्धि गरिँदै आएको छ। अमेरिकाले चिनियाँ सामानको निर्वाध र खुकुलो प्रवेशका कारण व्यापार सन्तुलन चरम अवस्थामा पुगेको तथा अमेरिकी प्रविधि चीनले चोरी गरेको आरोप लाग्दै आएको छ। अमेरिकाले चीन पक्षमा निर्णय लिइआएको भन्दै आएको छ। तर चिनियाँ पक्षका कारण सम्झौताले महत्व नपाएको अमेरिकाले भन्दै आएको छ।  

जापानमा भएको दुई देशबीचको वार्ता सहमतिअनुसार दुवै पक्षले महत्वपूर्ण तथा प्रभावकारी तरिकाले वार्ता भएको बताइएको थियो। दुईपक्षीय सम्बन्ध र सहकार्यलाई नयाँ उँचाइमा पुराउने विश्वास यसपटक लिइएको थियो। पटक पटक अवरुद्ध भएको वार्ता सुरु गर्न अमेरिका र चीन सहमत भएको भनिएको थियो। यो भेटवार्ता जापानमा जि–२० को शिखर सम्मेलनमा भएको थियो। यस सम्मेलनमा नै अमेरिकाले चीनमाथि थप कर वृद्धि गर्ने प्रतिक्रिया दिएको थियो।  

अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्ध भारतका लागि निर्यात बढाउने एउटा ठूलो अवसरका रूपमा देखिँदै आएको छ। यो अवसरको फाइदा उठाएर भारतले अमेरिका र चीन दुवै देशमा रसायन तथा ग्रेनाइटसहित ३ सय ५० उत्पादन निर्यात गर्न सक्ने भनिएको छ। अमेरिका र चीनबीच व्यापार युद्ध भइरहेको अवस्थामा भारतले यी दुई देशमा निर्यात गर्न सक्ने वस्तुका पहिचान गरेको देखिन्छ। अमेरिका र चीन दुवै देशले एकअर्काको उत्पादनमा ठूलो परिमाणमा आयात शुल्क लगाउँदै आएका छन्। यसकारण व्यापार युद्ध नियमित हुँदै आएको छ। व्यापार युद्धलाई भारतका लागि अमेरिका तथा चीनमा निर्यात बढाउने ठूलो अवसरका रूपमा लिइँदै आएको छ। डिजेल, एक्स रे , ट्युब तथा केही रसायनसहित १ सय ५१ उत्पादनलाई भारतले चीन निर्यात गर्न सक्ने भनिएको छ। पहिले चीनले यी वस्तु अमेरिकाबाट आयात गर्दै आएको थियो। अमेरिकाले केही वस्तु व्यापार युद्धअगाडि चीनबाट आयात गर्दै आएकामा युद्ध दौरानकालमा अमेरिकाले यस्ता वस्तु भारतबाट आयात गर्दै आएको देखिन्छ। यसर्थ अमेरिका र चीनबीचको युद्धले भारतलाई फाइदा भइरहेको छ।  

(पूर्वनायव कार्यकारी निर्देशक, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र)

प्रकाशित: १६ माघ २०७८ ०३:३५ आइतबार

विचार अमेरिका–चीन व्यापार युद्ध र भारत