विचार

आलोचनाको पद

सभामुख पद घाँडो भो, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै अध्यक्षलाई। यो पद वास्तवमा राजनीतिक पार्टीको परिचायक पद हो, परिचायक पद होइन। कस्तो अन्तर्विरोधी कुरा ! सरकारको आशय बुझेर कुन विधेयकलाई कस्तो प्राथमिकता दिने भन्ने कुरा सभामुखले निर्धारण गर्छ। तसर्थ यो परिचायक पद हो। साथै सभामुख पदबाट पृथक हुनासाथ ऊ आफ्नै पार्टीको नेतृत्व तहमै  स्थापित हुन्छ। उपमाका लागि हिजोका संविधानसभा (दुवै)का अध्यक्ष, अस्तिको प्रतिनिधिसभाका सभामुख सुवास नेम्वाङ पदावधि सकिनासाथ आफ्नै पार्टीको नेतृत्व तहमै प्रतिस्थापित भएका छन्। उनी अहिले नेकपा संसदीय दलको उपनेता छन्। यसर्थ यो  पार्टीको परिचायक पद हो। त्यही पद पार्टीको परिचायक पद होइन। किनभने सभामुख पदमा उम्मेदवारी दिन नै पार्टी सदस्यता त्याग्नुपर्छ। यस्तो संवैधानिक जटिलतातिर नलागौं। परिआएका बेला यस्तो विषय अदालतले नै टुंग्याउला। अब लागौं, मूल मुद्दातिर।

कृष्णबहादुर महरा सभामुख थिए भने शिवमाया तुम्बाहाङ्फे उपसभामुख छिन्। तत्कालीन पस्थितिमा एकजना माओवादी केन्द्रका र अर्का एमालेका। एकजना पुरुष, एकजना महिला। संविधानको प्रावधानअनुसार एकदम ठीक। तर जब महरा यौनकाण्डमा परे, तब सभामुख पदबाट राजीनामा दिन बाध्य भए। जसका कारण अहिले यो स्थान रिक्त छ।

प्रधानमन्त्री एउटा कुरामा स्पष्ट हुनुप-यो। त्यो के हो भने प्रधानमन्त्री अर्थात् सरकार प्रमुखको पद, प्रशंसा पाइने पद होइन।

महाभियोग लगाऊ
संसद्को अधिवेशन चालु नहुँदासम्म त यो मुद्दाले प्राथमिकता पाएन। तर जब संसद प्रारम्भ भयो, तब संसदीय प्रक्रिया पनि सुरु भो। अब सभामुख चाहियो। सभामुख पदमा नेकपाभित्रका पूर्वएमाले र पूर्वमाओवादी केन्द्रका छुट्टाछुट्टै आँखा लाग्न लागे। प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष कपी शर्मा ओली आफ्नै पक्षको मान्छे चाहिन्छ भन्ने अडानमा रहे भने अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि सभामुख पद त पूर्वमाओवादी केन्द्रको अंशमा परेको दाबी गरिरहेका छन्।
वर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे सभामुख हुन इच्छुक रहिछन्। तर उनी दाहालका पक्षमा हुने त कुरै भएन। ओलीका पक्षमा पनि हुन सकिनछन्। पार्टीभित्रका उपपार्टी कति सशक्त रहेछन्, यो मुद्दाले प्रस्ट पा¥यो। शिवमायालाई उपसभामुख पदबाट राजीनामा गर्न आदेश दियो, नेकपा सचिवालय बैठकले। तर उनले मानिनन्। मेरो के दोष वा कमीकमजोरी छ र मैले राजीमाना दिने ? उनले प्रश्न गरिन्। अझ भनिन्– ‘म अहिले पार्टीको मान्छे नै होइन। सके महाभियोग लगाएर उपसभामुखबाट हटाऊ।’ तर महाभियोग लाग्ने पष्ठभूमि छैन। यो स्पष्ट छ।

साकार होला ?
सिद्धान्ततः अहिले हाम्रो नेपालमा बहुदल छ। तर अन्ततोगत्वा शक्ति, दुई टाउकामा केन्द्रित रहेको अवस्था भोगिरहेछ देशले। राजनीतिको एउटा टाउको एउटालाई सभामुख बनाउन तोरी पेल्दै छ, अर्काे टाउको समानान्तर रूपमा अर्कोलाई सभामुख बनाउन बालुवा पेल्दै छ। यी दुइटा टाउकाको खेलले १ महिनायता प्रतिनिधिसभाको मानमर्दन भइरहेको छ। जनताबाट निर्वाचित जनप्रतिनिधि (सांसद) निरीह देखापरेका छन्। यो बहुदलीय अधिनायकवादको नमुना हो भन्न मिल्ला कि मानहानीको मुद्दा लाग्ला ?

यो एक महिनाको अन्तरालमा संसारका कति राष्ट्रले कति प्रगति गरे होलान्, कति उत्पादन गरे होलान्, कति निर्यात गरे होलान, कति निर्माण र विकास गरे होलान्, अनुसन्धान गरे होलान् ! हामी भने कसलाई सभामुख बनाउने भन्ने विवादमै समय बिताइरहेका छौं। यो पाराले ‘समृद्ध नेपाल ः सुखी नेपाली’ परिकल्पना साकार होला कि दिवास्वप्न साबित होला ? सुवास नेम्वाङ सभामुख भए दाहालको के बिग्रने रहेछ र अग्निप्रसाद सापकोटा सभामुख भए ओलीको के क्षति हुने रहेछ !

गएको समय फर्केला ?
राज्यशक्ति भनेको साधारण शक्ति होइन। यस्तो शक्तिको अप्रयोग अनिष्ट ल्याउने कारक हुन सक्छ भने दुरुपयोग त झनै अनिष्टकारी हुने नै भो भन्ने लाग्छ। राष्ट्र निर्माण रोकिएको छ, एक महिनादेखि। विनम्र जिज्ञासा– यो खेर गएको १ महिना फर्केला ?

देशमा भ्रष्टाचार बढेको बढ्यै छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचारका मुद्दा बढी फेला पार्दै छ। अझ नीतिगत तहको भ्रष्टाचार पनि हेर्न पाउने थियो भने को–को पर्थे होलान् ? समाज सेवाका नाममा पुरस्कार एवं नाम कमाएका निकै महानुभावको नाम नक्कली भ्याट बिल, करछली, सरकारी जग्गा आफ्नो नाममा गराएको, महत्वपूर्ण ठाँउ लामो समयका लागि सस्तो भाडामा लिएका विषयमा कारबाही गर्ने हो भने को–को चोखा रहन्थे होलान् ?

प्रशंसा चाहियो ?
नेपाल कम्युनिस्ट पार्टीका कैयौं मध्यम तहका नेता आतंकित छन्। नेतृत्व  वर्गको आलोचना गरौं, अर्को निर्वाचनमा उम्मेदवारी नै नपाइने खतरा ! चुपो लागेर सहिरहुँ सामन्तवादमा साहुले गर्ने व्यवहार ! मन्त्री हुने आकांक्षा राख्ने हो भने त झन् बढी आज्ञाकारी हुनु पर्ने नेताहरूको। नेताहरूलाई उमेरको हद पनि नलाग्ने। व्यक्तिगत सुरक्षाका लागि पूर्वप्रधानमन्त्रीलाई ९ सुरक्षाकर्मी दिने नियम छ। तर व्यवहारमा ७५ भन्दा बढी सुरक्षाकर्मी राखेका छन्। तर मुलुकमा कैयौं क्षेत्रमा राज्यको उपस्थिति छैन।

सभामुख चयन अविलम्ब टुंग्याऔं र मुलुक बनाउनेतिर लागौं। यही नै बुद्धिमानी होला। अनिर्णय खराब निर्णयभन्दा पनि खराब हुन्छ।

जनतासँग शब्द शक्ति हुन्छ। हातहतियार, गोला बारुद हुँदैन र हुनु पनि हुँदैन। संयुक्त राज्य अमेरिकामा बन्दुक र गोली, हामीकहाँ खैनी किनेझैं किन्न पाइन्छ। बन्दुकबाट त्यहाँ बर्सेनि कैयौं मान्छे मारिने गरेका छन्। तर यस्तो खुला रूपमा राइफल किनबेच गर्न निषेध नेपालजस्ता मुलुकका  अक्षर, शब्द, वाक्य, कलम, कागत, किबोर्ड आदि नै असल मान्छेलाई अझ असल बनाउने र खराब मान्छेलाई असल बनाउने साधन हुन्। उपकरण हुन्। यो वास्तविकता नबुझ्ने शासक प¥यो भने बर्बाद हुन्छ।

हाम्रा प्रधानमन्त्रीले चित्त दुखाएछन्– ‘प्रशंसा गर्न सक्ने मुटु भएका सम्पादक नै छैनन्। हामीले काम गरेका छौं।’ प्रधानमन्त्री ओलीलाई आलोचना र टीकाटिप्पणी मनपर्दो रहेनछ। मेरो अल्प बुद्धिमा प्रशंसा वा तारिफले प्रधानमन्त्रीलाई बलवान् बनाउँदैन। मन परे पनि नपरे पनि बलियो बनाउने त आलोचनाले नै हो। तर सडक बालबालिकालाई मुक्त गराएकामा प्रधानमन्त्रीलाई बधाई र प्रशंसा पनि। लौ चित्त बुझ्यो अब ?

पदै आलोचनाको   
प्रधानमन्त्री एउटा कुरामा स्पष्ट हुनुप-यो। त्यो के हो भने प्रधानमन्त्री अर्थात् सरकार प्रमुखको पद, प्रशंसा पाइने पद होइन। सभामुख पद रिक्त छ। प्रतिनिधिसभाको बैठक सूचना टाँसेर धेरैपल्ट स्थगन भइसक्यो। अब भोलि के हुन्छ ? बिहीबार मध्याह्नसम्म सकारात्मक संकेत देखापरेका छैनन्। सार्वभौम अधिकारसम्पन्न नेपाली जनता यस्ता मुद्दामा मन खोलेर देखिन पाइने कि नपाइने ?

प्रधानमन्त्रीको पद प्रशंसाको पद हो भन्ने भ्रममा प¥यो भने त्यो ठूलो भूल हुनेछ। अपरिपक्वता हुनेछ। सरकारको कुनै कामको विरोध भएन भने राम्रो भएछ भनेर बुझ्दा हुन्छ। समाजमा सचेत हुँदै गएपछि विरोध गरेन भने त्यो अर्को शब्दमा समर्थन हो भन्ने बुझेर सन्तोष लिने अभ्यास राम्रो होला। अन्त्यमा, सभामुख चयन अविलम्ब टुंग्याऔं र मुलुक बनाउनेतिर लागौं। यही नै बुद्धिमानी होला। अनिर्णय खराब निर्णयभन्दा पनि खराब हुन्छ।

प्रकाशित: ५ माघ २०७६ ०४:१६ आइतबार

आलोचना सभामुख