यतिबेला हामी चिसो र सुक्खा महसुस गरिरहेका छौं। जाडोमा छाला सुक्खा हुन्छ। नाकका नली सुक्न थाल्छन्। जोर्नीहरू सुक्खा हुन्छन्। अनि जीवन निष्क्रिय बन्छ। तसर्थ चिप्लोपना कायम राखी शरीरका महत्वपूर्ण अंग जोगाउन हाम्रो -यालग्रन्थी अत्यधिक सक्रिय हुन थाल्छ। फलतः ¥यालग्रन्थीको झिल्ली चिलचिलाउने र चिसोमा एलार्जिक बन्छ। र, खुसुखुसु -याल उत्पादन गर्न थाल्छ। अनि समयमै सफा हुन नसक्दा त्यो -याल नै रुघाखोकी गराउने भाइरस र ज्वरो जन्माउने ब्याक्टेरियाका लागि न्यानो प्रजननस्थल बनिदिन्छ। त्यसपछि हामी रुघाखोकी र ज्वरोले ग्रस्त हुन्छौं।
जाडोमा ओछ्यान प्यारो हुने, घर बाहिर निस्किन मन नलाग्ने कारण सिरकभित्रको न्यानो र आरामदायी निष्क्रिय जीवनशैलीले रतिक्रीडातर्फ अलि धेरै ध्यान खिचिदिने हुन सक्छ। जाडो सुरु हुनुभन्दा ठीकअगाडिको महिना मंसिर हाराहारीको समयलाई विश्वमा ‘कफिङ सिजन’ नामकरण गरिएको छ। यो यस्तो समय हो, जुन बेला अविवाहित वा समागम गर्ने साथी नभएका वयस्क व्यक्तिका डिएनएमा सञ्चित स्मृतिका कारण अनौठो औडाहा विकास हुने ठानिन्छ। फलस्वरूप त्यस्ता व्यक्तिमा सामान्यतया भावनात्मक एक्लो परिवेशबाट अलि बाहिर निस्केर ‘कफ्ड’ हुने आंकाक्षा बढ्छ। मतलब एक गम्भीर सम्बन्धमा बाँधिनलायक साथीको साथ खोज्न मन अनायास लालायित बनेको महसुस हुन्छ।
चिसो समयमा मानिस तुलनात्मक रूपमा धेरैपटक प्रेमालाप क्रियामा सहभागी हुने कुरा अनुसन्धानले पुष्टि गरेको छ। रोमान्टिक सम्बन्धमा रहेका मानिसमा न्यानो वा गर्मी महिनामा भन्दा जाडो महिनामा आफ्नो पार्टनरप्रति अधिक आकर्षण हुने गरेको अध्ययनले देखाएको छ। जस्तै ः बेलायतमा सबैभन्दा चिसो सिजन लगभग डिसेम्बरदेखि फेब्रुअरीसम्म रहन्छ। चिसो सुरु हुने डिसेम्बर महिनाको ११ तारिखआसपास बेलायतमा वर्षकै सबैभन्दा धेरै गर्भधारण हुने उर्वर हप्ता भएको त्यहाँका तथ्यांकले देखाएका छन्। बेलायतको सबैभन्दा लोकप्रिय जन्मदिन सेप्टेम्बर १६ आसपास हुने गर्छ।
चिसो मौसममा मानिसमा जाग्ने कामुकताका लागि पनि पौष्टिक खाना आवश्यक पर्छ। यौनमा सक्रिय भइराख्न खानाको ठूलो भूमिका हुन्छ। कामुकताको सदुपयोग गर्न सक्दा मानिस धेरै हदसम्म स्वस्थ रहन्छ।
अनुसन्धानअनुसार जाडो महिनामा पुरुषमा शुक्राणु उच्च गुणस्तरको हुने र पुरुषको गुप्तांग उत्तेजित पार्ने टेस्टोस्टेरोन हर्माेनसमेत अधिक मात्रामा उपस्थित हुन्छ। पोल्यान्डमा गरिएको अध्ययनमा चिसो समयमा अरू बेलाभन्दा महिलाको शरीर र नितम्ब (अनुहार होइन) धेरै आकर्षक, हृष्टपुष्ट र कामुक हुने पाइएको थियो। जाडोमा महिला–पुरुष दुवैको कामुकता उच्च रहने गरेको पाइन्छ। रोमान्टिक सम्बन्ध कायम गर्न आफ्नो पार्टनर नहुँदासमेत प्रजननको जरुरत पूरा गर्न शरीरले पैदा गर्ने सबै जिनिस महिलामा महिनावारी र स्खलनका रूपमा बाहिरिने गर्छन्। पुरुषमा स्खलन तथा शारीरिक संयन्त्रमार्फत शक्ति क्षय हुन्छ।
नाक, मुख, कान, गुद्वार र योनीजस्ता छिद्रबाहेक शरीरका अन्य भागमा छालाले ढाकेर प्रदूषण र हनिकारक जीवाणु प्रवेशमा रोक लगाउँछ। नाक, मुख, कान, गुद्वार र योनीजस्ता छिद्र भएका भागमा भने शरीरले -याल वा म्युकसमार्फत ओसिलो राखी प्रदूषण, हानिकारक जीवाणु पस्नमा अवरोध गर्छ। म्युकसमा हुने केमिकल ‘लाइसोजोम’ र ‘रियाक्टिब प्रोटिन सी’ ले खाना हुँदै मुखमा पुग्ने कीरा र शरीरलाई संक्रमण गर्ने ब्याक्टेरिया मारिदिने काम गर्छ।
सम्भोगका बेला योनीको संसर्गमा आउने वीर्यको सामान्य पिएच ७.१ बाट ८.० हुने गर्छ। स्वस्थ योनी आफैले पैदा गर्ने ३.८ देखि ४.५ पिएचसम्मको अम्लीय हल्का बाक्लो झोलिलो पदार्थले सम्भोगका बेला लुब्रिकेन्टको काम गर्छ। साथै वीर्य, रगत आदिका कारण यौनांगमा बढ्न जाने पिएच नियन्त्रण गरी संसर्गमा आएका ब्याक्टेरियाबाट योनीलाई संक्रमण हुनबाट बचाउँछ। रजस्वला हुँदा योनी हुँदै बग्ने रगतको पिएच ७.३५ देखि ७.४५ सम्म हुने हुन्छ। जसले योनीमा हानिकारक जीवाणुलाई बाँच्न र फैलिन सहयोग गर्छ। सबै अवस्थामा योनी राम्रोसँग सरसफाइ गर्न सकिएन भने उच्च ब्याक्टेरियल संक्रमणले योनीबाट सेतो, खैरो, हरियो गन्हाउने म्युकस निस्कने तथा योनी चिलाउने, पोल्नेजस्ता रोग पैदा गरिदिन्छ।
हामीले खाने खानाले शरीरलाई प्रत्यक्ष असर गर्छ। चिसो मौसममा जब तापक्रम घट्छ, तब खानाले शरीर तताउन तथा शरीरको तापक्रम बढाउन र मानिसलाई न्यानो महसुस गराउन मद्दत गर्छ। चिसो मौसममा मानिसमा जाग्ने कामुकताका लागि पनि पौष्टिक खाना आवश्यक पर्छ। यौनमा सक्रिय भइराख्न खानाको ठूलो भूमिका हुन्छ। आफूमा उत्पन्न कामुकताको पूर्ण सदुपयोग गर्न सक्दा मानिस धेरै हदसम्म स्वस्थ रहन्छ। कामुकताका बेला दिमागले डोपामिन, सेरिटोनिन, अक्सिटोक्सिन र इन्डोर्फिनजस्ता भित्रैबाट आनन्द महसुस गराउने ह्याप्पी केमिकलहरू बनाउँछ। खानामार्फत दिमागलाई पोषण पुग्ने ब्रेन टोनिक पुग्दा उक्त कार्यका लागि सहयोग पु¥याउन सकिन्छ।
शरीरमा जति धेरै कामुकता बढ्छ, त्यति नै शरीरका विभिन्न स्थानमा -याल वा म्युकस प्रवाह हुन्छ। विभिन्न भागमा बग्ने -याल समयमा सफा हुन नसक्दा रोगका कीटाणुको संक्रमण हुन्छ। जसलाई घटाउन कीटाणुको संक्रमणविरुद्ध लड्न सहयोग गर्ने प्रकृतिको खानपान जरुरी हुन जान्छ। सम्भोग, महिनावारी र स्खलनलगायत गतिविधिपश्चात् शरीरले रोग प्रतिरोधात्मक शक्ति घटेको महसुस गर्छ। उचित खानाको छनोटले पनि शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुग्छ। नाक र मुखबाट -यालका कारण हुने भाइरल र ब्याक्टेरियल संक्रमणविरुद्ध लड्ने क्षमतासमेत खाना मार्फत पूर्ति गर्न सकिन्छ।
पाचन प्रक्रियामा लामो समय लिने जटिल कार्बोहाइड्रेटले शरीरलाई लामै समयसम्म न्यानो राख्छ। स्वस्थ चिल्लो पदार्थ र प्रोटिन दिमागलाई आवश्यक पोषण (ब्रेन टोनिक) पूर्ति गर्न सक्षम रहन्छ। राम्रो गुणस्तरको, ताजा, प्रशोधन नगरिएको, पूरै खानाको भाग रहेको खानेकुरा, जसमा ४० प्रतिशत कोदो, जौ, खैरो चामल, सेतो चामल, गहुँ, मकैजस्ता अन्न, ५० प्रतिशत गाढा पात हुने साग, बन्दाकोबी, गाँजर, सखरखण्ड, सलगमजस्ता कन्दमूल र १० प्रतिशत दाल, मुसुरो, सिमी, मस्याङजस्ता गेडागुडी, अन्डा, तोफु, जैविक मासु, कलेजो, कुखुरा, माछा आदि प्रोटिनयुक्त खानेकुरा हाम्रो शरीर राम्रोसँग चलाउने शक्तिशाली आहार मानिन्छ।
सन्तुलित आहार भनेको पचाउन गाह्रो हुने, धेरै पोषण तत्व भएका खाना र हल्का, तर शरीरलाई पर्याप्त जीवनी शक्ति दिने, पचाउन सजिलो हुने खानाबीचको सन्तुलन हो। प्राकृतिक रूपमै उपलब्ध हुने सबै पाँच स्वाद र इन्द्रेणीजस्तै विभिन्न रङका खानेकुरा संयोजन गर्न सके वास्तवमै सन्तुलित आहार बन्छ। सबै पाँच स्वाद मिश्रित खानाले भाइरल र ब्याक्टेरियल संक्रमणविरुद्ध लड्ने शक्ति दिन्छ। इन्द्रेणी रङका सबै खानेकुरा समावेश भोजनले आवश्यक पÞmाइटोकेमिकल तथा एन्टिअक्सिडेन्ट उपलब्ध गराई जरुरी ब्रेन टोनिक, कामुकताका लागि आवश्यक पौष्टिकता र शरीरको आन्तरिक शक्ति वृद्धिमा सहयोग पु-याउँछ।
खाद्य तथा औषधिविज्ञ
प्रकाशित: १७ पुस २०७६ ०२:५० बिहीबार