विचार

वन्यजन्तु र मानव

रसुवा उत्तरगया–५ की १३ वर्षीया एक बालिका केही हप्ताअघि गाउँनजिकैको जंगलमा आमैसँगै घाँस काट्न गएकी थिइन्। भिरालो पाखोमुनि घाँस काट्दै गरेकी उनी माथिबाट बाँदरले लडाएको ढुंगाले लागेर तत्कालै बितिन्।

रसुवा उत्तरगया–४ का ५२ वर्षीय कृष्णप्रसाद आचार्य खेतीमा काम गर्दै थिए, एक्कासि बाँदरको बथानले घे¥यो; खेतीबाली त नष्ट ग¥यो नै उनलाई समेत आक्रमण गर्न आयो। उनी भन्छन्, ‘मेरो हातमा खुर्पा थिएन भने मलाई माथ्र्याे होला। सोही ठाउँमै भालुको आक्रमणबाट अन्य २ जना पनि घाइते भएका थिए।

रसुवा नौकुण्ड–१ आरुखर्कमा केही हप्ताअघि भालुको आक्रमणले ३ जना गम्भीर घाइते भए। उनीहरू अहिले पनि वीर अस्पताल उपचाररत छन्। रसुवा आमाछोदिङमोकी एक महिलालाई भालुले आक्रमण ग¥यो। उनी गम्भीर घाइते भइन्। रसुवा गोसाइँकुण्ड ५, ठूलोस्याफ्रुका तोरके तामाङको ३ बाख्रा र ६ पाठापाठी वन्यजन्तुले घरमै मारिदियो।

कानुनी व्यवस्थाअनुसार हात्ती, गैंडा, बाघ, भालु, चितुवा, जंगली बँदेल, ध्वाँसे चितुवा, जंगली कुकुर, अर्ना, गोही, गौरीगाई र अजिंगरले क्षति गरेमा राहत पाउने व्यवस्था छ। तर सबैभन्दा बढी दुःख दिने बाँदर हो।

गोसाइँकुण्ड–५ ब्राबलका ढिण्डुप तामाङ कृषि कर्म गर्छन्। कृषिमा राम्रो सम्भावना देखेपछि उनी होटल व्यवसाय छाडेर खेतीमा लागेका थिए। उनी व्यावसायिक किसान बन्न चाहन्छन्, तर उनी अहिले चिन्तित छन्, लगाएको बाली जंगली जनावरले क्षति गरिदिने कारण। भन्छन्, ‘बाँदर, बँदेल, मृगको आतंकले खेती भिœयाउनै पाइँदैन।’

यी घटना प्रनितिधिमूलक हुन्। पछिल्लो समय जंगली जनावरका कारण क्षति बेहोर्नुपर्ने मानिसको संख्या बढ्दै छ। वन्यजन्तुले खेतबारीका मात्रै होइन, घरमा भिœयाइएका अन्नपातसमेत क्षति गर्ने गरेका घटना गाउँघरतिर प्रशस्तै हुने गरेका छन्। किसान भन्छन्, ‘गाउँमा यस्तो समस्या बढेको १० वर्षजति भयो।’

किसानको अनुभवमा बर्सेनि बाँदरको संख्या बढ्दै गएको छ। जसले गर्दा बाली जोगाउन दिनरात बारीमै बस्नुपर्ने बाध्यता भएको किसान सुनाउँछन्। जीविकोपार्जनका अन्य स्रोत नभएका किसानलाई भोकमरीमा परिन्छ कि भन्ने चिन्ताले सताउन थालेको छ।

रसुवा, नुवाकोट र सिन्धुपाल्चोक तीन जिल्लामा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्ज तथा वन क्षेत्रमा सामुदायिक वन धेरै छन्। त्यहाँ वन जोगाउनुपर्छ भन्ने शिक्षा पनि छ। वन, वन्यजन्तु, वनस्पति मानिसको जीविकासँग जोडिएको छ भनेर पनि थाहा छ। कतिपयको संरक्षण बुझाइ प्रकृतिप्रेम मात्र छ। कतिपयमा मानवले दुःख खेपेर वन्यजन्तु किन जोगाउनु भन्ने बुझाइ पनि हुन थालेको छ।

बाँदर, बदेल, दुम्सीलगायत वन्यजन्तुले धान, कोदो, करु, जौ, मकैलगायत अन्नबाली, तरकारी तथा फलफूलसमेत क्षति गर्ने गरेका छन्। जंगलमा पाइने फलफूल तथा आफ्ना आहारा अभाव हुन थालेपछि वन्यजन्तु बस्ती क्षेत्रमा छ्याप्छ्याप्ती हुने गरेको किसानको बुझाइ छ।

कानुनी व्यवस्थाअनुसार हात्ती, गैंडा, बाघ, भालु, चितुवा, जंगली बँदेल, ध्वाँसे चितुवा, जंगली कुकुर, अर्ना, गोही, गौरीगाई र अजिंगरले क्षति गरेमा राहत पाउने व्यवस्था छ। तर सबैभन्दा बढी दुःख दिने बाँदर हो।

बाँदरले गर्ने क्षतिमा भने राहत दिने व्यवस्था छैन। रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्पुसाङ्बो घले भन्छन्, ‘यो अन्याय भयो, किसानलाई क्षतिपूर्ति दिने व्यवस्था राज्यबाट हुनुपर्छ।’ कालिका गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले एक कार्यक्रममा भने, ‘किसानका समस्या समाधान नभए उत्पादन बढ्दैन, किसानले खेतीबाली र बस्ती नै छाड्नपर्ने अवस्था आइसक्यो, यसको नियन्त्रण जरुरी छ।’
वनजंगल र वन्यजन्तु संरक्षणमा सबै जुट्नुको विकल्प छैन।

त्यसका लागि नीति निर्माण तहमा पैरवी गरी समस्या हल गर्न ध्यानाकर्षण गराउन जरुरी छ। क्षतिपूर्ति कोष बनाउने, किसानलाई वैकल्पिक खेतीपातीमा प्रेरित गर्नेजस्ता कार्य गर्नुपर्छ।

सरकारले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका परिमार्जन गरी मानवीय, पशुधन, घरगोठ, भण्डारण गरिएका अन्न र खाद्यान्न बाली क्षति भएमा राहत दिने व्यवस्था गरेको छ। वन्यजन्तुबाट मृत्यु भए १० लाख, सामान्य घाइतेलाई २० हजार र सख्त घाइतेको प्रकृति हेरी कागजात र विशेषज्ञ चिकित्सकको सिफारिसका आधारमा बढीमा २ लाख रुपैयाँसम्म उपचार खर्च दिने व्यवस्था छ।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ (दोस्रो संशोधन २०७४) अनुसार केही राहत वितरण गरिदिने व्यवस्था छ तर त्यसमा बाँदरले गरेको नोक्सानीको क्षतिपूर्ति दिने व्यवस्था छैन। तर पछिल्लो समय क्षति गर्ने वन्यजन्तुमा बाँदरको संख्या अधिक छ।मानव–वन्यजन्तु दुवै प्रकृतिमै निर्भर भएर बाँचेका छन्। दुवैलाई बासस्थान तथा आहारा आवश्यक छ। न वन्यजन्तुबेगर मानवको न मानव बस्तीबेगर वन्यजन्तुको कल्पना गर्न सकिन्छ। यसैले यस विषयमा सरकारले स्पष्ट कार्यविधि तय गर्नुपर्छ।

प्रकाशित: १७ कार्तिक २०७६ ०४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App