विचार

तीजमा तडकभडक

उषा थापा

‘किन छेक्छस् मेरै माइती रम्मडम्ब बादलु, फाटी दे बादलु हेर्छु म माइतीको देश’
जब तीजको रौनक सुरु हुन्छ, पराइ घर गएकी चेलीले आफ्नो माइती लिन आउने बाटो हेरिबसेका हुन्छन्। हिन्दु नेपाली नारीहरूको महान् पर्व तीज। वर्षभरिका दुःख पीडासँगै हाँसो खुसी बाँड्ने चाड–तीज। विवाहपछिको दुःखसुख साटासाट गर्ने, दिदी बहिनीको दुःख बिसाउने चौतारो जस्तै बनेको पर्व–तीज। माइतीबाट लिन कहिले आउँछन् भनी बाटो हेरी बस्दा जबबाबा÷दाजुभाइलिन पुग्दा जत्तिको आनन्द कहिल्यै हुँदैन। त्यो बेलाको खुसी साँच्चिकै अथाह हुन्छ।
तीज नजिकिँदै गर्दा कति माइत जाने सोचमा छांँै। कति तीजकै तयारी गर्दैछौँं। कतिले तीजको दर खाइ पनि सके। कतिले दर खानका लागि होटल र पार्टी प्यालेस बुकसमेत गरिसके। कतिचाहिँ कसरी छाक टार्ने भन्ने चिन्तामै छौँं अझै पनि। तीज शब्द सुन्ने बित्तिकै माइती–चेलीबीचको सम्बन्ध, माया, प्रेम, सद्भाव र सम्झौताको प्रसंग आउँछ। वर्षभरि माइत जान नपाएका चेलीसमेत तीजमा जसरी भए पनि समय मिलाएर माइती पुग्छन्।

भदौको कृष्ण अष्टमीदेखि महिलाराता पहिरनमा सजिएका देखिन्छन्। तीज नजिकिँदै गर्दा माइती छोरी–चेली लिन जाने र छोरी–चेली माइत आउनेको लस्करको बेग्लै रौनक हुन्थ्यो। दिदी बहिनीआँगन, दोबाटो,चौतारी र मन्दिरमा भेट हुन्थे। बाल्यकालदेखि संँगै खेले हुर्केका साथीसंंगीको माया, घरको पीडा सबै साटफेर हुन्थे। बाबा आमा, दाजु भाइ, दिदीबहिनी, श्रीमान्को माया, सम्बन्ध र सद्भाव गीतबाट व्यक्त गर्थे। वर्षभरिको दुःखसुखलाई गीतमार्फत प्रस्तुत गर्दै रमाइलो मान्थे। एक अर्काबीच खुसी साटासाट गरिन्थ्यो यसरी।

दिदीबहिनी मिलेर बनाएको अर्गानिक काँक्राको अचार, लाहुरे भैँंसीको दूध, मोही र दही सबैको स्वाद आज ठूला–ठूला पार्टी प्यालेस र रेस्टुरेन्टका बनावटी परिकारले इतिहास बनाइदिए।

आमाले पकाएको त्यो दर खाँदाको आनन्द अरू के होला र ? त्यो सन्तुष्टिलाई शब्दमा उतार्नै सकिन्न।वर्ष दिनमा एकपटक आउने यो विशेष पर्वमा माइत जान नपाउँदा भावविह्वल भई घरमै बस्नुपर्ने बाध्यता निकै पीडादायी हुने गर्छ। कहिले घरकी सासू आमाले जान नदिने। कहिले श्रीमान्ले। कहिले आफ्नै कारणले जान नपाइने। त्यसरी रमाउन अर्को वर्ष कुर्नुपर्ने। अरु बेलमा माइत जाँदा घरको सदस्य मात्र भेट हुने भए पनि तीज पर्व पारेर माइत जाँदा गाउँका सम्पूर्ण आफन्त, पुराना साथी, दिदी बहिनी, दौतरीसंँग भेट हुन्छ। त्यसैले त्यो समय चेलीका लागि विेशेष महŒवको हुने गरेको छ। तीजको महत्व बढेको यही कारणले पनि हो शायद।

घरभरि आफन्त। छरछिमेकको जमघट। हरियो, रातो, पहेँलो चुरा र रातो सारीमा सजिएकी चेली। ती आफैँले खेलेको आँगन, आफूले लिपेको पिँढी, आफू खेलेको चौतारो। त्यसको छुट्टै स्वाद छ। आमा संधैँ भन्नुहुन्छ– अघि÷पछि नआए पनि तीजमा चाहिँ आइजहै छोरी। यो शब्दले पनि तीजमा छोरीचेलीकालागि माइती र माइतीका लागि छोरीचेली कति प्यारो हुन्छन् भन्ने प्रस्टिन्छ।बजार पुग्छु। एक हुल अहिलेदेखिनै दरखान निस्केको भन्दै पार्टी प्यालेसतिर लम्केका भेटिन्छ। कोही गाउँबाट बजार आएका छन्। तीजको सामग्री किन्न। गाउँलेका लागि बल्ल तीज बजार आइपुगेको छ। तर शहरमा बस्नेका लागिभने तीज सकिन लागेको जस्तो भान हुन्छ।

पहिला पहिला आमा, हजुरआमाले मनाउने तीजले साँच्चिकै त्यो परम्पराको वास्तविक यथार्थतालाई झल्काएको थियो। तीजलाई महिलाको पर्वका रूपमा मात्र हेरिए पनि घरका अन्य सदस्यले पनि सँंगसंँगै मनाउने÷रमाउने गर्दा एक–अर्काप्रतिको सम्बन्ध प्रगाढ हुन्थ्यो। तर अब तीज पहिलेजस्तो रहेन। पछिल्लो समय तीजलाई भड्किलो बनाएका छौँ हामी आफैँले। आफ्नै मौलिकता बोकेको घर र माइतीको पर्वलाई होटल र पार्टी प्यालेसमा पु¥याएकाछौँं। समाजमा आधुनिकता भित्रिएसँंगै शिक्षित भनिएको हाम्रो समाज, शिक्षित भएका हामी, परिवर्तनका नाममाराम्रो÷नराम्रो छुट्याउन नसक्ने अवस्थामा पुगेका छौँ।हाम्रो समाजमा एकअर्काको देखासिकी गर्ने समस्या यद्यपि छ। अरुलाई देखाउन भड्किलो हुने प्रवृत्ति पछिल्लो समयमा बढ्दो छ।

आमा, हजुरआमाहरूले मनाएका तीजको हामी साक्षी भयौंँ। आमाले पकाएको मीठो खिर, घीउ, चाम्रे, लेकाली आलुबाट बनाइएको परिकार खाँदाको स्वाद आज कथा हुने भयो। दिदीबहिनी मिलेर बनाएको अर्गानिक काँक्राको अचार, लाहुरे भैँंसीको दूध, मोही र दही सबैको स्वाद आज ठूला ठूला पार्टी प्यालेस र रेन्टुरेन्टका बनावटीस्वादले इतिहास बनाइदिए।

माइती कहिले लिन आउँछन् भनेर आँगनको डिलबाट हेर्ने आमाकी छोरी आज यो साल माइत आउन भ्याउँदिन है भन्ने खबर पहिले नै पु¥याउने अवस्थामा पुगेकी छिन्।अनि माइततिर लाग्ने लस्कर पार्टी प्यालेसतिर लाग्छ। आमाले पकाएको मीठो दरको स्वाद होटल र पार्टी प्यालेसको चिकन रोस्ट, वाइन र बियरमा अड्कन पुगेको छ। साथै साथीसंगी मिलेर गाउने मौलिक भाकाको ठाउँ हिन्दी र नेपाली रेडिमेड गीतले अपहरण गरेका छन्।अनि भन्न थालेका छौँ–ं म माइत आउन भ्याउँदिन है बुबा/आमा।

मैले सबै कुरा पहिलाकै जस्तो हुनुपर्छ भन्न खोजेको हैन। समय परिवर्तनसंँगै हरेक कुरा परिवर्तन हुन जरुरी छ। तर हामीले राम्रा कुरालाई निरन्तरतादिनुजरुरी छ। तीजमा पनि पहिलेको तुलनामा केही परिवर्तन गर्न जरुरी छ। तरआफू, परिवार, समाज र संंस्कृतिलाई भने बिर्सनुहुँदैन।

तीज मान्नुपर्छ तर तडकभडकले हैन। परिवार, आफन्त र छिमेकभन्दा बाहिर रहेर हैन। स्रोत धेरै खर्चिदैमा चाडपर्व रमाइलो हुन्छ भन्ने सोच्नु मूर्खता हो। सबै आफ्नो अवस्थाअनुसार खुसी हुन जान्नु नै मानवभित्रको एक गुण हो। त्यसैले तीजलाई तडकभडकसँग हैन,पूर्खाले जोगाएका संस्कार सुरक्षित हुनेगरी मनाउनुपर्छ। आखिर हाम्रो अस्तित्व रहनका लागि पनि त संस्कार र संस्कृति जोगिनुपर्छ नि, हैन र ?

प्रकाशित: ४ भाद्र २०७६ ०४:३४ बुधबार

तीज हिन्दु परिकार