विचार

मोदीको पुनरागमन र नेपाल

भारतमा जवाहरलाल नेहरू र इन्दिरा गान्धीपछि एकल बहुमतको सरकार बनाउन सफल भएका भारतीय जनता पार्टीका नरेन्द्र दामोदर दास मोदीले भाजपाको इतिहास रचेका छन्। भाजपाका तर्फबाट अटल विहारी वाजपेयीले सन् १९६६ मा जम्मा १३ दिन र सन् १९९८ देखि २००४ सम्म सरकार चलाएका भए पनि त्यो सहज बहुमतको सरकार थिएन। जवाहरलाल नेहरू, इन्दिरा गान्धी, मनमोहन सिंह जस्तै कार्यकाल दोहो¥याउने भारतीय प्रधानमन्त्रीको सूचीमा नरेन्द्र मोदीले आफूलाई उभ्याउनु भाजपाका लागि सुखद पक्ष हो।

१७औं लोकसभा निर्वाचनका केही रोचक पक्ष छन्। भारतीय राष्ट्रिय कांग्रेसको सबैभन्दा महŒवपूर्ण क्षेत्र मानिने अमेठीमा कांग्रेसका राष्ट्रिय अध्यक्ष राहुल गान्धीले भारतीय जनता पार्टीकी स्मृति इरानीसँग पराजय भोग्नु एउटा रोचक पक्ष हो। इरानीले सन् २००३ बाट भाजपाको सक्रिय राजनीति थालेकी हुन्। उनलाई राजनीतिमा प्रमोद महाजनले ल्याएका हुन्। सन् २०१० मा नितिन गडकरी भाजपाको राष्ट्रिय अध्यक्ष भएपछि इरानीले महिला मोर्चा सम्हालेकी थिइन्। सन् २०११ मा गुजरात राज्यसभाको सदस्य भएपछि मोदीको उनी प्रशंसक बनेकी थिइन्।

भाजपाको ऐतिहासिक जितसँगै मुसलमान समुदायमा केही संशय थपिएको महसुस हुन्छ। यो समुदायलाई सबैभन्दा बढी चिन्तित त भोपालबाट योगी साध्वी प्रज्ञा ठाकुरको विजयले बनाएको देखिन्छ। ठाकुर सन् २००८ मा मुुसलमान लक्षित बम हमलामा अभियुत्त रहेको भनी अदालतमा मुद्दा विचाराधीन छ।

उनी मोदीको प्रधानमन्त्रीकालमा विभिन्न विवादका बीच मानव संसाधन, सूचना प्रसारण र कपडामन्त्री बन्न सफल भइन्। यसबीचमा उनले भाजपाको राष्ट्रिय प्रवक्ताको जिम्मेवारीसमेत सम्हालेकी छन्। शैक्षिक योग्यताको प्रमाणपत्र र रोहित वेमुलाको आत्महत्या काण्डले उनलाई विवादित समेत बनाएको थियो। अमेठी राहुलका पिता राजीव गान्धीले तीन पटक विजय हासिल गरेको क्षेत्र हो भने सोनिया गान्धीले पनि यो क्षेत्रबाट विजय हासिल गरेकी थिइन्। यद्यपि राहुलले सन् २०१४ को निर्वाचन जिते पनि यसपटक यो क्षेत्रबाट जित्न सफल भएनन्।अर्को रोचक पक्ष ४२ सिट रहेको पश्चिम बंगालमा तृणमूल कांग्रेस २१ सिटमा साँघुरिनु हो। निर्वाचन अभियानमा भाजपाले पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई निसाना बनाएको देखिन्थ्यो। भाजपाले यहाँ १८ सिटमा विजय निकाल्नुको पछि अमित शाहको कडा मिहिनेत देखिन्छ। जहाँ उनले ३४ ¥याली गरेका थिए।

जसका कारण माक्र्सवादी र भारतीय राष्ट्रिय कांग्रेसको भोट क्षेत्रलाई भाजपाले कब्जा गरेको हुनुपर्छ। त्यस्तै, बनर्जीको नागरिकता संशोधन विधेयकले पनि काम गरेको हुनसक्छ। आगामी विधानसभाको निर्वाचनमा भाजपाले प्रदेश सरकार बनाउने समेत घोषण गरेर बनर्जीलाई थप दबाबमा राख्न खोजेको देखिन्छ। बनर्जीको केन्द्र सरकारमा बलियो उपस्थिति बनाउने सपनामा केही विश्राम लागेको छ।

भाजपा अध्यक्ष अमित शाहले उत्तर प्रदेशमा ७३ सिट जित्ने उद्घोष निर्वाचन दौरानमै गरेका थिए। यद्यपि ६३ सिटमा विजय प्राप्त भएको छ। बहुप्रचारित समाजवादी पार्टी र बहुजन समाजवादी पार्टीले केवल १५ सिट मात्र जित्नु यो निर्वाचनको अर्को रोचक पक्ष हो। उत्तर प्रदेशमा आफ्नो चुनाव चिह्न हात्तीको मूर्ति राज्यकोषको पैसा खर्च गरेर बनाएकोमा आरोपित मायावती अन्तिम समयमा आएर निर्वाचनमा सहभागी भइनन्। उनी सन् २००४ यताको लोकसभा निर्वाचनदेखि नै निर्वाचनमा सहभागी भएकी छैनन्। यद्यपि उनको दलले तीन पटकसम्म भाजपाको सहयोगमा उत्तर प्रदेशमा मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको छ। सन् २०१२ को विधानसभा निर्वाचनमा अखिलेश यादव मुख्यमन्त्री बनेपछि ओरालो लागेको बसपाको यात्रा सन् १९८० पार्टी स्थापनादेखिकै सबैभन्दा नाजुक स्थितिमा सन् २०१४ को लोकसभा निर्वाचनमा निल भएपछि भएको थियो। निल भएपछिको स्थितिबाट उठ्न अखिलेश यादवको सपासँग भएको गठबन्धनले पनि नतिजा निकाल्न नसक्नुले मोदीको पुनरागमनलाई थप सहज बनाइदिएको छ।

केरलामा भारतीय कम्युनिस्ट पार्टी ९माओवादी० ले एक सिट मात्र जित्नु र दिल्लीबाट उदाएको आम आदमी पार्टीले पञ्जाबबाट एक सिट मात्र जित्नुले क्षेत्रीय एवम् सैद्धान्तिक पक्षपोषण गर्ने दलहरूले राजनीतिमा गम्भीर भएर सोच्नुपर्ने स्थिति आएको छ। ४० सिट रहेको बिहारमा नितिश कुमारको जनता दल युनाइटेडले १७ सिट, भाजपाले १७ सिट र लोक जनशक्ति पार्टीले ६ सिटमा गठबन्धन गरेकोमा ३९ सिटमा विजय हासिल गर्दा राष्ट्रिय जनता दलका संस्थापक लालु यादवकी छोरी मीसा भारतीले भाजपाका राम कृपाल यादवसँग ४० हजार मतले पराजित हुन परेको छ। २६ सिट रहेको गुजरात, २५ सिट रहेको राजस्थान, १० सिट रहेको हरियाणा, सात सिट रहेको नयाँ दिल्ली, पाँच सिट रहेको उत्तराखण्ड र चार सिट रहेको हिमाचलमा भाजपा गठबन्धनले क्लिन स्विप गर्नु यो निर्वाचनको ऐतिहासिक पक्ष हो। विधानसभातर्फ आन्ध्र प्रदेशमा तेलगुदेशम पार्टीका चन्द्रबाबु नायडूलाई झड्का लागेको छ। उनी मोदीविरोधी चर्को भाषण गर्नेमा पर्थे। २५ वर्षदेखि सिक्किमा शासन गर्दै आएका पवन चाम्लिङले पनि विश्राम पाएका छन्। तर, विजू जनता दलका नेता नवीन पटनायकले आफूलाई ओडिसामा बचाएका छन्।

भाजपाको ऐतिहासिक जितसँगै मुसलमान समुदायमा केही संशय थपिएको महसुस हुन्छ। यो निर्वाचनमा जम्मा २४ मुसलमान सांसद बन्न पुगेका छन्। जसमध्ये सबैभन्दा धेरै उत्तर प्रदेशबाट ६ जना रहेका छन्। जम्मु कास्मिरबाट फारुख अब्दुल्लाहसहित तीनजना विजयी भएका छन्। यो समुदायलाई सबैभन्दा बढी चिन्तित त भोपालबाट योगी साध्वी प्रज्ञा ठाकुरको विजयले बनाएको देखिन्छ। ठाकुर सन् २००८ मा मुुसलमान लक्षित बम हमलामा अभियुत्त रहेको भनी अदालतमा मुद्दा विचाराधीन छ। निर्वाचन दौरानमा उनले एक कार्यक्रममा महात्मा गान्धीका हत्यारा नाथुराम गोड्सेलाई राष्ट्रवादीसमेत भन्न भ्याएकी थिइन्। सन् २०१४ मा धिमा रहेको साम्प्रदायिक मुद्दा अहिले चर्को गरी उठ्नसक्ने र बाबरी मस्जिद बनेकै ठाउँमा राममन्दिर बनाउने भाजपा उद्घोषले साम्प्रदायिक सन्तुलनमा संकट उत्पन्न हुन सक्ने देखिएको छ।

चीन एसियाली सभ्यताको गौरवीकरण गरी समग्र विश्वको नेतृत्व गर्न आतुर छ भने मोदी प्राचीन वैदिक सनातन परम्पराका हिमायती हुन्। नेपालमा भाजपासँग मैत्रीपूर्ण र पुरानो सम्बन्ध राख्ने दलहरू कम छन्। नेपालका राजनीतिक दलहरूलाई विचार्दा अझै केही दलहरू रअको योजनामा चल्दै आएका देखिन्छन् भने केही पश्चिमा शक्तिसँग नजिक रहेका पनि देखिन्छन्। आजको नेपाल समग्र एसियाली एवम् भारतवर्षको सभ्यताबाट क्रमशः टाढिँदै गएको निष्कर्ष चीन–भारतबीच बन्यो भने नेपालको आजको राजनीतिक मूल प्रवृति समाप्त हुनसक्छ। किनकि अबको युद्ध सभ्यतामा केन्द्रित हुने बहस बौद्धिकहरूबीच चलेकै छ। चीन पनि नेपालसँग बेखुस रहेको संकेत राजदूतको पछिल्लो रेलसम्बन्धी अभिव्यक्तिले दिइसकेको छ। असंलग्न परराष्ट्र नीतिलाई बलियो गरी अपनाउनुले नै नेपालको बृहत्तर हित संरक्षण गर्नसक्छ।

प्रकाशित: १३ जेष्ठ २०७६ ०७:०५ सोमबार

भारत जवाहरलाल_नेहरू इन्दिरा_गान्धी नरेन्द्र_मोदी