विचार

मध्यपश्चिमको अमूल्य संस्कृति

मध्यपश्चिम नेपालकै लोक संस्कृति, भाषा, साहित्य, सभ्यता, कला र सांस्कृतिक विशेषताले भरिपूर्ण क्षेत्र हो। नेपाली भाषाको उद्गमस्थल, प्राचीन मानव बस्तीको सभ्यता, प्राकृतिक सुन्दरताले पूर्ण, जातजातिको विविधताले पूर्ण पावन भूमि पनि हो। मनु, वशु, सति साध्वी, प्राचीन ऋषिमुनि र सन्तको बासस्थल पनि यही क्षेत्र हो। तसर्थ, विदेशी अन्वेषणकर्ता टुचीले एशियाको वर्णन गर्ने क्रममा नेपालको मध्यपश्चिम कर्णालीचिनाएका छन्। शैव, हिन्दु, बौद्ध र अन्य धर्मावलम्बीले समेत परिपूर्ण भएको ठाउ“ पनि हो मध्यपश्चिम क्षेत्र। यहा“का जनताले वर्षौंदेखि चलाउ“दै आएका रीतिरिवाज, चालचलन, मूल्य–मान्यता, परम्परा र व्यवहार पनि कम चाखलाग्दा छैनन्। तरपनि प्रचार–प्रसार र सोचको कमीले पूर्वाञ्चलभन्दा कम महŒव ठानिएको छ। यति महŒवपूर्ण कला र सम्पदाले परिपूर्ण रहेकाले यहा“को अमूर्त कला र संस्कृतिले समेत परिचित ठानिन्छ।

के हो अमूर्त कला र संस्कृति ?
जुन कलाकृति देखिँदैनन्, प्रत्यक्ष छुन सकिँदैनन् तर त्यसका विशेषता, प्रवृत्ति र गुणहरूको संकेत देख्न सकिन्छ, त्यसलाई अमूर्त कला भनिन्छ। यो अनुभव र संसर्गद्वारा थाहा पाइने आन्तरिक गुण सम्पन्न संस्कृति हो। सधैँ चलायमान भइरहने तर अर्काको सहायता र सम्पर्क राख्ने अन्योन्याश्रित गुण भएको कला नै अमूर्त कला हो। यस्ता कलाकृति प्रायः हाम्रा चाडपर्व, मेला, जात्रा, नृत्य, गीत, चालचलन, मन्त्र, तन्त्र, गाली, आशीर्वाद जस्ता विविध आयाममा थाहा पाउन सकिन्छ। यस्ता कला नै अमूर्त कलाका अद्भूत नमुना मानिन्छन् जसले हाम्रो पहिचान र चिनारी प्रदर्शन गरेको हुन्छ। यसै सन्दर्भमा मध्यपश्चिम क्षेत्रमा प्राप्त केही अमूर्त लोक संस्कृति उल्लेख गर्न सकिन्छ:

कर्णाली प्रदेशमा गाइने देउडा, फाग, बोलिने धमारी, वीरता र प्रदर्शन गरिने मागल, मठमन्दिरमा गाइने आरती र शोक गीत, रिस उठ्दा हालिने पत्ती आदिलेनेपाली संस्कृतिलाई बलियो बनाएका छन्।

गणेश उतार्ने : कसैको घरमा बालक जन्मियो भने त्यसको चिरायु, मंगलकामना र भावी दिनमा शुभ रहोस्, कुनै अनिष्ट नआओस् भन्नका लागि गणेशजीलाई पूजा गर्दै बालकल्याणका लागि गाइने गीत÷भजन नै गणेश उतार्ने पद्धति हो।बालक जन्मेको घरमा सा“झपख आई घर आ“गनमा रेखीपाति हाली बाहुनले भजन भट्याउ“दै अन्य सहभागीले स“गस“गै गाउने काम यसमा गरिन्छ। यसखालका गीतमा देवी देवताप्रति शोभा, श्रवण प्रिय हुन्छ।

ल-या नाच देखाउने : मध्यपश्चिमका जनजातिले प्रायः बाहुन क्षत्री समाजमा पूजा–आजा तथा धार्मिक अनुष्ठान कार्यमा नाच देखाउने गर्छन्। प्रायः ल¥या नाचमा देवी, सरस्वती, देउराली, मस्टा, आदि स्थानीय देवी देउता हुन्छन्। भक्तिभाव र रागात्मक हिसाबले गाइने यस्ता गीतमा कमनीय भाव, मिष्ठा शैली, रागात्मक लय र माङ्गलिक श्रवण पाइन्छ।

मस्टा पुज्ने : प्रायः वर्षको दुईपटक कर्णाली, भेरी र रापती क्षेत्रमा कुलायन पूजा गर्ने सन्दर्भमा ‘धामी गीत’ सुन्न पाइन्छ। आफ्ना कुलदेवता (बाह्रभट्ट मष्टामध्ये एक) लाई शान्त बनाउ“दै आफ्ना समस्या बताउने र सहभागी (गाउ“ले, कुटुम्ब) लाई शान्ति, ऐश्वर्य र समृद्धिको कामना गर्दै पूजारी पतुर्ने पद्धति यसमा पाइन्छ।

पैंसरी देखाउने  : यो संस्कार नृत्यविशेष हुन्छ। चारजना भाइ र एकजना बहिनी मिलेर सानो ट्याम्कीको तालमा नाच देखाउने प्रचलन पैंसरीमा पाइन्छ। मादल, झ्याली र मुरली बजाउ“दै माया, प्रीति, सन्देश दिने काम यसमा हुन्छ।

कुमाख मेला भर्ने : हरेक कार्तिक पूर्णिमा र कोजाग्रत पूर्णिमामा उच्च÷पहाडी भेकमा रहेको देवताको (कुमाखबाबा) लाई सम्मान गरेको पाइन्छ। प्रायः मौलिक भेषभूषामा उपस्थित भएर झाप्रे नाच यस मेलामा देखाउने काम गरिन्छ। हातहातमा पाती समाउ“दै थुम्का, थुम्कामा देवी, देउराली, शितलामाई, देउरालीलाई पाती चढाउ“दासमेत सन्देशमूलक भक्तिप्रधान र घरव्यवहार राम्ररी चलोस् भन्दै मन्त्र गाउने गरिन्छ।

ज्युँती बनाउने : विवाहको अवसरमा सधुवा महिलाले घरको भित्तामा देव, देवीका आकृति कु“देर रङ्गीन र माङ्गलिक चित्र बनाउने कामलाई ज्युँती लेखनको नमुना मान्न सकिन्छ। शुभ र अशुभ तŒवको विनास होस्, दाम्पत्य जीवन हराभरा होस् भन्ने अभिप्रायले ज्युँती लेख्ने प्रचलन देख्न सकिन्छ।

न्वागी खाने : अन्नबाली भित्र्याउ“दा घरका मूल व्यक्तिले शुभ मुहूर्त हेरेर न्वागी खाने गरिन्छ। न्वागी खा“दा कुलदेव, ग्रामदेव र स्थानदेव देवीको आराधना गर्दै लयपूर्वक गीत गाइन्छ। गोरुका जुराको रौँ पूर्वतिर फुक्दै फ्या“किन्छ र त्यो बल र तेजको प्रतीकका रूपमा प्रगोग गरिन्छ। वायुदेवता, अग्निदेवता र वैश्वानर देवीदेवताको समेत आराधना गर्दै उपासना गरिन्छ।

नाथ सम्प्रदायको अमूर्त संस्कृति र भगवान् शङ्करको अवतारका रूपमा गोरखनाथलाई लिई कनफट्टा योगीहरूरहने ठाउ“ दाङको (त्रिभुवननगर नगरपालिकाको चौघेरा) र जुम्ला जिल्ला मानिन्छन्।जहा“ जगन्नाथ, चन्दननाथ, भगवन्तनाथहरूले जालधारी ज्वालाजीको पूजा अर्चना गरेका पाइन्छ। यिनीहरूको मुख्य प्रसादका रूपमा रोट चढाउने गरिन्छ। रोट चढाउने बेला नाथ सम्प्रदायका भजन गाएको सुनिन्छ।

प्रकाशित: १२ जेष्ठ २०७६ ०१:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App