विचार

निर्मला बलात्–हत्याबारे घनश्याम भूूसालहरूको सिद्धान्त के भन्छ?

सत्तासीन दलका एक जना सांसदकी छोरी शृंखला खतिवडा सामाजिक सञ्जालमा चर्चित छिन्। चीनमा चलिरहेको विश्व सुन्दरी प्रतियोगितामा उनले पाएको सफलतासम्बन्धी भिडियोहरूले एकछत्र प्रभुत्व जमाइरहेको पनि छ। एकाएक भर्चुअल वल्र्डमा प्रभुत्वको दृश्य फेरियो, जब बलात्कारपछि हत्या भएकी निर्मला पन्तका बुवाले मानसिक सन्तुलन गुमाएको भिडियो सार्वजनिक भयो। सुन्दरी शृंखलाको भिडियोको एकछत्र वाहवाही तब तोडियो, जब कञ्चनपुरमा चार महिनाअघि बलात्कृत निर्मलाकी पिता यज्ञराजले अनौठा व्यवहार गरिरहेका भिडियोको चर्चा चुलियो।

यो विरोधाभासले भरिभराउ समय हो। नेपालकी एउटी छोरीले विश्वसुन्दरी प्रतियोगिताको मञ्चमा अभूतपूर्व सफलता हात पार्दै गर्दा अर्को एक जना छोरी बलात्कारपछि मारिएको झण्डै चार महिना बितिसक्दा पनि दोषी फेला पार्न सरकार सक्दैन। माओवादी सशस्त्र युद्धका कमान्डरमध्येका एक जना कमान्डर र नेता गृहमन्त्रीको कुर्सीमा आसीन हु“दा उनकै कार्यकक्षमा एक जना पूर्वमाओवादी लडाकू विष सेवन गर्छन्। वाइड विमानको शुभारम्भ गर्न नरिवल फोड्ने पर्यटनमन्त्री अहिले ती विमान खरिद गरिएका हुन् वा भाडामा हुन्, अनुसन्धान गर्नुपर्ने भन्दैछन्। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक विमानको लालपुर्जा असनमा देखाउ“दै हिँड्न नसक्ने धक्कु लगाउ“छन्। तीव्रतर गतिमा देशको विकास गर्ने र समृद्ध नेपाल बनाउने आश्वासन बा“ड्दै हिँडेका प्रधानमन्त्री सिंहदरबारकै एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा फाइल पु-याउन महिनौँ लागेकामा दुःखेसो पोखिरहेका छन्। मन्त्री विकासको परिभाषा गोजीबाट निकाल्दै बा“ड्दै हिँड्दा सत्तासीन पार्टीका एक जना नेता युनानी दन्त्यकथा जनतालाई सुनाइरहेका छन्। भन्दैछन्– हामी नार्सिसस होइन, फिनिक्स बन्नुपर्छ। यी सबै आजको समयका विरोधाभास हुन्।

निर्मला पन्तका पिता यज्ञराज पन्तले मानसिक सन्तुलत गुमाएको दृश्यले जनतालाई संवेदित बनाएको छ। एक जना पिता आफ्नी छोरीको हत्यारा देखाइदिन सरकारस“ग याचना गर्दागर्दै थाकेर विक्षिप्त बन्नु संवदेनाजन्य विषय हो पनि। तथापि सरकारले पीडितलाई न्यायको विश्वास दिलाउन सकेको छैन। अनुसन्धान प्रक्रियाका सम्बन्धमा एकपछि अर्को प्रश्न र आशड्ढा उठ्नु अनि सरकारले त्यसको विश्वासिलो स्पष्टीकरण र जवाफ दिन नसक्नुले पनि अविश्वासको ठाउ“ अझ फराकिलो बन्दै गएको हो।

राजनीतिक वृत्तमा निर्मला हत्याका दोषीस“ग सत्ताको प्राणवायुको सम्बन्धमा धेरै आशड्ढा र आरोप–प्रत्यारोप पनि भए। बलात्कारी र हत्यारालाई सत्तासीन दलका नेता वा ‘विदेशी शक्ति’ले समेत संरक्षण गरिरहेको हो कि भन्ने अभिव्यक्ति धेरै कोणबाट आइसके। तर सरकार मौन बसेको छ। उसको मौनतालाई धेरैले लाचारीको अर्थमा बुझेका छन्। यो सरकार राजनीतिक रुपमा शक्तिशाली सरकार हो। खुसामदमा टिकेका विगतका सरकारहरू जस्तो होइनन्। तब एक जना किशोरीको बलात्कारपछि हत्याको दोषी पत्ता लगाउन सरकारलाई के कुराले रोकेको छ ? आफ्नो सन्तान मारिँदा हत्यारा पत्ता लगाउन बाबु बहुलाउनुपर्ने अवस्थामा देश पुगेको हो ?

यसैबीच टर्कीमा साउदी पत्रकार खस्सोस्गीको हत्या अन्तर्राष्ट्रिय रुपमा निकै चर्चामा रह्यो। उनको हत्या इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासभित्र साउदी एजेन्टहरूबाटै भएको यथार्थ आजसम्म विश्वसामु उजागर भइसकेको छ। अनि खस्सोस्गीको हत्याका लागि साउदी अरबका शक्तिशाली राजकुमार मोहमद बिन सलमान (एमबीएस) ले नै निर्देशन दिएको आशड्ढा धेरै बलियो बन्दै गइरहेको छ। साउदी दूतावासभित्र यस्तो जघन्य हत्या हुन साउदी उच्च राजनीतिक नेतृत्वको संलग्नताविना सम्भव हुने कुरै भएन। एमबीएसको संलग्नताको अनौपचारिक पुष्टिस“गै साउदी दरबारभित्र नया“ राजकुमारका लागि प्रतिस्पर्धासमेत सुरु भइसकेको छ।

धेरैजसो बेला राज्यनिकटका मानिस अपराधमा संलग्न हुने गर्छन्। तर कानुनी शासन, प्रजातान्त्रिक मूल्यमान्यता र जनउत्तरदायी सरकारले त्यस्ता अपराधीलाई सत्ताकै आडमा संरक्षण दिन खोज्छ भने त्यसले अन्ततः राज्य र शासकलाई कमजोर बनाउने हो।

साउदी राजकुमारले पनि खस्सोस्गीको हत्याका लागि निर्देशन दिँदा सत्ताको ठूलो भरोसा मानेको हुनुपर्छ। कुनै पनि अवस्थामा अपराध लुकाउने आत्मविश्वासले नै उनलाई हत्याको निर्देशन दिनसक्ने बनाएको हुनुपर्छ। उनले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइक पम्पेओ रियाद पुग्दासमेत आफ्नो अबोधपनाको अभिनय छाडेनन्। तथापि अब एमबीएस राजनीतिक दबाबका भरमा निर्दोष प्रमाणित त हुनसक्छन्, तर उनको दोषी चरित्र संसारले कहिल्यै पनि भुल्न सक्दैन।

निर्मला हत्याकाण्डको सन्दर्भमा पनि राज्यस्तरबाट एकपछि अर्को प्रमाण नष्ट गर्दा पनि जनस्तरबाट एकपछि अरु प्रमाण सार्वजनिक भइरहेका छन्। तर सरकार अपराधीलाई अझै अपराधी भन्न सकिरहेको छैन। एमबीएसलाई दोषी भन्न अमेरिकी प्रशासनले अनकनाइरहेझैँ सरकार दोषीलाई दोषी भन्न अनकनाइरहेको छ। दुई तिहाइप्राप्त सरकारभन्दा बलियो त्यो दोषी को हो, आज सबैले सोधिरहेको प्रश्न यही हो।

निर्मला हत्याकाण्ड अब कसैले छोप्न खोजेर पनि छोप्न सकिने घटना रहेन। यसलाई सत्तासीन दलका केही नेता कार्यकर्ताले सरकारविरुद्ध प्रतिपक्षले उचालेको घटनाका रुपमा व्याख्या गर्न खोजे पनि खासमा यो घटनाको व्यापकता राजनीतिक जोडघटाउमा मात्र सीमित रहेन। सबै मानिसले राजनीतिक दलको कोणबाट मात्र कुनै पनि विषयलाई हेर्ने गर्दैनन्। सत्ताको बागडोर जसले सम्हालेको भए पनि घटनाको पर्यवेक्षकका रुपमा उनीहरूले ठीक वा बेठीक भन्ने गर्छन्। यज्ञराजको मानसिक विशृखलतास“गै जागृत संवदेनशीलताले अब मानिसले देशमा न्याय हराएको आभास गर्न थालेका छन्। मानिसले जब देशमा न्याय हराएको महसुस गर्न थाल्छन्, सरकारका सकारात्मक उपलब्धिलाई पनि विरोधाभासको आ“खामा हेर्ने गर्छन्। नार्सिसस बनेको सरकारमा जनताले डाक्टर फोस्टसको आकृति देख्न थाल्छन्।

निर्मलाको काण्डलाई धेरै मानिसले पञ्चायतकालमा भएको नमिता–सुमिता काण्ड स्मरण गरायो। यो आजको अर्को विडम्बना हो। निर्वाचित जनप्रतिनिधिले बनाएको पहिलो संविधानमा उभिएर बनेको पहिलो सरकारमा पञ्चायतकै झझल्को दिने घटना घट्नु र पञ्चायतले जस्तै यतिबेला पनि सरकारले दोषी देखाउन नसक्नु विडम्बना नभए के ? पञ्चायत कालमा त राजदरबार दोषी थियो, अब दोषी को ? राजदरबार भत्किसकेको परिस्थितिमा अब औँला स्वभावतः नया“ गणतान्त्रिक दरबारतिर तेर्सिएका छन्। सत्ताको संरक्षण नभए निर्मलाको हत्यारा नभेटिनुपर्ने अरु कुनै कारण छैन।

सरकारका लागि घा“टीमा अड्केको तातो आलु बनेको निर्मला हत्याकाण्डलाई सके सामसुम पार्ने शासकको मनसाय हो भने प्रस्टतः यो उसको आत्मघाती गोल जस्तै हुनेछ। प्रश्न, अब सत्ताले केही अपराधीलाई कानुनको दायराभित्र ल्याउने वा तिनीहरूको सती आफू बन्ने?

प्रकाशित: ११ मंसिर २०७५ ०३:२३ मंगलबार

निर्मला_बलात्कार हत्या