विचार

विश्वप्रकाशको नजरमा कांग्रेस हार्नुका ६ अान्तरिक कारण (पूर्णपाठ)

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी पराजय हुनुका ६ कारण प्रस्तुत गरेका छन्।

पार्टी कार्यालयमा जारी केन्द्रिय समितिको चुनावी समीक्षा बैठकमा कांग्रेस रुपान्तरणको एजेण्डा र आधुनिकीकरणको रोडम्याप प्रस्तुत गर्दै नेता शर्माले हारको ६ कारण औल्याएका हुन्। 

उनले कांग्रेससँग नयाँ ढंगले जुटनु र नविन विश्वाशका साथ उठनुको अर्को विकल्प नरहेको भन्दै एकता र अन्तर विश्वासलार्इ जागृत गर्दै हामीले आबको यात्रा तय गर्नुपर्ने तथा हामी बदलिन्छौ र कांग्रेस बदल्नेछौ भन्ने हाम्रो संकल्प र बिकल्पको अर्को कुनै बिकल्प नभएकोमा उनले जोड दिएका छन्।

यस्तो छ शर्माको प्रस्तुती

कांग्रेस रुपान्तरणको एजेण्डा र आधुनिकीकरणको रोडम्याप 

नेपाली इतिहासका आनेक समयलाई आफू आनुकूल बदल्ने सामर्थ्य राखेको नेपाली कांग्रेस यतिबेला आफैलाई समयानुकूल बदल्ने चुनौति र संकल्पको चरणमा छ । हाम्रो साझा चिन्ता छ– रुपान्तरण भएर पूरानो कांग्रेस भित्रैबाट नवीन कांग्रेस निर्माण कसरी गर्ने ? गत निर्वाचनमा पराजय पश्चात यो विषय कांग्रेसको मूल बाटो बन्न पुगेको छ । इतिहासका आनेक मोडमा कहिले संघर्ष, कहिले सत्ता कहिले जय आनि कहिले पराजय भोग्दै आएको यो पार्टी आजको चुनौतीपूर्ण समयखण्डलाई एकतावद्ध भएर सामना गर्न समर्थ हुनैपर्छ र हुनेछ । कांग्रेसका आम शुभचिन्तकहरुको आग्रह र दवाब छ– पराजयको यो घडी ६ दशक उमेर नाघेको कांग्रेसलाई एक आधुनिक राजनीतिक दलका रुपमा विकसित गर्न यात्रारम्भ गर्ने ऐतिहासिक आवसर पनि बन्नुपर्छ ।

 पराजयका ६ आन्तरिक कारण

१) मुर्झाएको आत्मीयता

पंचायतकालमा नेपाल विद्यार्थी संघको मेची क्याम्पस ईकाई झापाको आध्यक्ष रहेको त्यो समय सम्झन्छु– माटोको भर ढुंगा, ढुंगाको भर माटो जस्तै कति आत्मीयता थियो साथी र साथीहरुबीच । तर, ०४६ को परिवर्तनपछि जब हामी शासनसत्तामा गयौं तब त्यागको भावना प्राप्तिको जुनुनमा बदलियो । आन्तरिक प्रतिस्पर्धालाई सिष्टम र संस्कारको सौन्दर्यसाथ विकसित गर्न सकिएन । परिणाममा आत्मीयता मुर्झायो आनि दृष्यमा प्रकट भयो गणेशमानजीको प्रशंसा गर्दै गिरिजाबाबुको आलोचना र गिरिजाबाबुको समर्थन गर्दै किशुनजीको निन्दा गर्ने आपसंस्कृति । आफ्नाले नै आफ्नालाई खुईल्याउन सुरु गरेपछि कांग्रेसको घर रंगिन बनिरहन सम्भव थिएन । यसरी सुरु भयो सगरमाथाको उचाईबाट ओरालो झर्ने हाम्रो यात्रा । मुर्झाएको आत्मीयताले आन्तर्घातको आण्डा कोरल्यो र त्यसको वंश विस्तार हुँदै गयो । आज हाम्रो भागमा परेको पराजय नामको महाकाव्यका प्रारम्भिक शब्द र आनुच्छेदहरु नियतिले उसबेलै कोर्न सुरु गरिसकेको थियो।

२) छवीमा क्षति

‘मास’मा आधारित राजनीतिक दलको चुनावी विजयको पहिलो आधार नै उसको छवी हुन्छ । राम्रो छवी बनाउन राम्रा काम गरेर मात्र पुग्दैन, त्यसको प्रचार आम नागरिकको ह्रदयलाई छुने ढंगले गरिनै पर्छ । छवी नराम्रो बन्न भने एउटा आप्रिय काम गरे पुग्छ, त्यसको प्रचार आरुले निशुल्क गरिदिन्छन् । हाम्रो तीनवटा कमजोरी रह्यो छवी उच्च बनाउन नसकेको सन्दर्भमा–

क) कांग्रेस र कांग्रेस नेतृत्वको सरकारले गरेका राम्रो कामलाई ‘ब्राण्डिङ’ गर्दै आघि बढ्ने चुस्त रणनीति शायद हामीले आवश्यक नै ठानेनौं । त्यो गर्न सकेको भए शान्ति, संविधान आनि प्रतिकूल राजनीतिक परिस्थितिका बीच पनि मुलुकले हासिल गरेको केही समृद्धिको वाहक कांग्रेस नै हो भनेर उज्यालो छवी स्थापित गर्न सकिन्थ्यो र त्यो छवीले मतदाताको मन र मत जित्न हामीलार्इ सघाउ पुग्थ्यो ।

ख) सरकारमा रहेर गरिएका कतिपय निर्णय तत्कालीन जनमतको प्रतिकूल हुदैछ र हाम्रो छवीलाई गहिरो आसर पु-याउदैछ भन्ने हेक्का नराख्नु हाम्रो सामान्य कमजोरी थिएन । इतिहासको गौरव भन्दा तत्कालीन मुद्दाहरुको रौनक निर्वाचनमा निर्णायक हुन्छ भन्ने तथ्यलाई आत्मसात गर्न नसक्दा त्यसको लाभ हाम्रो विपक्षी गठवन्धनलार्इ पुग्यो ।

ग) पार्टी र पार्टी नेतृत्वको छवी विष्लेशण, परिकल्पना, निर्माण र परिमार्जन गर्न छरितो टिम निर्माण गर्नुपर्ने आवश्यकता हामीले कहिल्यै महशुस गरेनौं । पछिल्लो समय विश्वमा प्रयोगमा आइरहेको ‘वार रुम’ को आवधारणा चुनावी परिणाम पक्षमा ल्याउन कारगर सावित हुँदै गएको छ । तर, हामी भने परम्परागत चुनावी शैलीमै आल्मलियौं । फलतः वाम गठवन्धनको आक्रामकतालाई निस्तेज तुल्याउन सकिएन ।

३­­) महत्वपूर्ण मुद्दाहरुको वहिर्गमन

 नेपालमा समावेसी आपनत्वको प्रारम्भ जननेता वीपी कोइरालाले गर्नुभएको थियो । पार्टी महामन्त्री पदमा दलित सहयोद्धाको चयन होस् या आफ्नो मन्त्रीमण्डलमा लिम्बू, राई, नेवार, मधेसी, थारु, थकाली, गुरुङ या महिलाको छनौट होस्ः– वीपीले सम्पादन गर्नुभएको त्यस्तो कर्म नेपालका सबै राजनीतिक दलले व्यवहारिक कार्यान्वयन गर्न मुलुकको संविधान र पार्टीहरुको विधानले निर्देशित गर्नुपर्यो । यसको चोट कांग्रेसले बढि झेल्यो किनकी समावेसीताको दृष्टिकोण, मुद्दा र आगुवाई हाम्रो हो, आदीवासी जनजाति, मधेशी, दलित, महिला सवैको आत्म सम्मान, पहुँच, प्रतिनिधित्व र पहिचानको मुद्घा हाम्रो हो भनेर स्थापित गर्न हामी चुक्यौं, परिणाममा हाम्रो डिपार्टमेन्टल स्टोर खाली हुँदै गयो, आरुको किराना पसल भरिदै गयो । आन्ततः हामी चुनाव हार्यौं ।

भुकम्पको गहिरो चोट व्यहोरि रहेको बेला हम्रो देशले भारतीय नाकावन्दीको प्रहार झेल्नु पर्‍यो । बाह्य दवावलार्इ आश्विकार गरेर हाम्रो नेतृत्वमा संविधान निर्माण गर्नुको परिणाम थियो त्यो नाकावन्दी । तर त्यसको प्रतिवाद खुलेर गर्नबाट हामी चुक्यौ परिणाममा आरूले महान राष्ट्रवादीका रूपमा आफुलाई स्थापित गर्न पाए र राष्ट्रवादको मुद्धामा हाम्रो सार्वजनिक पकड कमजोर बन्नुको परिणाम चुनावमा भोग्नु पर्‍यो ।

४) सम्प्रेषण क्षमतामा ह्रास

राजनीतिको मैदानमा कुनै पनि दलको सम्प्रेषणको क्षमतालाई प्रतिस्पर्धी दलको सम्प्रेषण क्षमतासँग दाँजेर आध्ययन र आवधारणा निर्माण गर्ने प्रचलन विश्वव्यापी छ । हामी यसमा कमजोर रह्यौं । भनाई नै छ– बोल्न सक्नेले हिमालमा फ्रिज बेच्छ नसक्नेले मधेशमा आर्इसक्रिम पनि बेच्न सक्दैन र हाम्रो सन्दर्भमा भयो त्यही । सम्प्रेषण सम्वद्ध आर्को पाटो हुन्छ– प्रतिस्पर्धीमाथि तथ्यपूर्ण र खरो प्रहार । केन्द्रीय तहबाट त्यसका लागि सिर्जना गरिनुपर्ने जुन तरंग हो त्यो हुन सकेन । परिणाममा हाम्रो ‘डिफेन्सिभ’ मनोविज्ञानलाई वाम गठवन्धनको ‘आफेन्सिभ’ रणनीतिले परास्त गर्ने कुरा आनौठो रहेन ।

५) ओझेलमा परेको भविष्य दृष्टि

वीपी कोइरालाले प्रधानमन्त्री छदा उदघोष गर्नु भएको थियो पन्ध्र वर्ष भीत्रमा हरेक नेपालीलाई म आफ्नो जस्तै आर्थिक आवस्थाको वनाउछु । वीपीको त्यो आभिव्यक्ति शैलीले एकसाथ तीनकर्म गरेको थियो । एक, देशका सामु निश्चित सपनाको प्रस्तुति । दुई, त्यसलाई पुरागर्ने निश्चित समयको पूर्व घोषणा । तीन, नागरिकको हृदय छुनेगरि “आफु जस्तै वनाउने” भावनात्मक तरङ्गको सृजना । ०४६ को परिवर्तन पछि हाम्रो नेतृत्वमा मुलुकको समृृद्धिको दिशामा कयौ महत्वपूर्ण कार्य भए हिंसात्मक द्वन्द र आनेकन प्रतिकुलताका वीच । तर नागरिकको हृदय छुने तरङ्ग सृजना गर्न हामिले सकेनौं । वीपीको परिपक्व शैली हामीले पछ्याउन नसक्दा एकातर्फ समृद्धि तर्फको हाम्रो कर्म नागरिकको हृदयको प्रिय हुन सकेन भने आर्का तर्फ घोषणा पत्रवाट जारी हाम्रो भविष्य दृष्ट्रिलाई कर्णप्रिय बनाउन सकेनौ ।

६) परम्परागत सांगठनिक शैली

समय बदलियो, चुनौती बदलियो, प्रतिस्पर्धीहरुको क्षमता र एकता पनि बदलियो । तर, बदलिएको चुनावी चुनौती बदल्न सक्नेगरी हामी बदलिएनौं । परिणाममा हाम्रो आकार बदलियो । कर्पोरेट हाउस जस्तो एउटा र सैन्य मैदानबाट आएको आर्को, दुई कम्युनिष्ट पार्टी एकीकृत हुने घोषणासाथ गठवन्धन बनाएर चुनाव मैदानमा आउँदा त्यसको प्रतिवाद गर्न सक्ने सांगठनिक पूर्व तत्परता हाम्रो विल्कुलै भएन । केन्द्रमा होस् या अन्य तहमा समयमै सबै पदाधिकारी मनोनयन एवं विभाग गठन तथा भ्रातृ संस्थाहरुको आधुनिकीकरण हुन सकेको भए निश्चय पनि क्षति न्यून हुन्थ्यो ।

सैद्धान्तिक पुर्नव्याख्याको प्रश्न

नेपाली कांग्रेसले स्थापनाकालमा घोषित गरेको लक्ष्य र सपनाले सफलताको उचाई हासिल गरेको छ । आतः आब कुन बाटो, सिद्धान्त कस्तो र के कार्यक्रम भन्ने बहस र जिज्ञासा स्वाभाविक हुन आएको छ । तर, सँगैमा हामी के कुरामा प्रष्ट हुनुपर्छ भने मुलुकको सुन्दर भविष्यका लागि हामीले देखेको सपनाको साधन मात्र स्थापना भएको छ, बाटोको स्थापना नै लक्ष्यको पूर्ण प्राप्ति होइन । आतः समृद्ध नेपालको साध्यमा पुग्न नयाँ भिजनका साथ पूरानो बाटोमा निरन्तर आविचलित रुपले आघि बढ्नुपरेको छ ।

क) भिन्नता बीच आभिन्नताः बलियो राष्ट्रियता

भिन्न मत, भिन्न भूगोल र भिन्न जातिलाई आभिन्न ढंगले गाँसेर आघि बढ्ने समाज नै दुनियाँमा प्रगतिको उचाई उक्लिएका छन् । समाजलाई एकताको सूत्रमा गाँसेर आघि लैजाने मुद्दा कहिल्यै पुरानो हँुदैन । नेपाल देशको राष्ट्रियताको मूल चुरो नेपाली समाजको एकता र आग्रगतिमा सन्निहित रहेको कांग्रेसको ठहर छ । आतः नेपाली माटोमा उम्रिएको नेतृत्व र हुर्किएको विचारका साथ नेपाली कांग्रेस बिगतमा झैं आगामी दिनमा पनि समाजलाई गाँसेर आघि बढ्ने एतिहासिक दायित्वलाई केन्द्रमा राखेर आघि बढ्नेछ ।

ख) लोकतन्त्र स्थायित्वको आधारः लोकतान्त्रिक संस्कृति र व्यवहार

लोकतन्त्र स्थापनाको संघर्ष र संवैधानिक आवतरणमा आविचलित नेतृत्व पश्चात् आबको चरण  लोकतान्त्रिक संस्कृति विकासको हो । संसदीय व्यवस्थाको पार्थिव शरीरमाथि सर्वहारा आधिनायकत्वको सपना देख्नेहरु आज संसदीय व्यवस्थाको मलामी होइन जन्ती बन्न पुगेका छन् । कांग्रेसका लागि इतिहासकै सबैभन्दा ठूलो विजय हो यो । आबको हाम्रो मिसन यही प्रणालीको स्थायित्वका लागि लोकतान्त्रिक संस्कृति विकासको हुनेछ ।

ग ) संघीयताः सम्वर्द्धन र सफलताको कर्तव्य

प्रधानमन्त्री कार्यालयमा शक्ति केन्द्रीत गरिरहेको जनवादी केन्द्रीयताको मनोविज्ञान संघीयताको सुन्दर भविष्यका लागि सुखद संकेत किमार्थ छैन । संघीयताको आर्थ शक्तिको आधिकतम विन्यास हो तर कम्युनिष्ट दर्शनको मौलिकता शक्तिको केन्द्रीकरणमा निहित हुन्छ । यस्तो परिदृष्यमा संघीयताको घोषणा, संघीयता सहितको संविधान निर्माण र निर्वाचन मार्फत् संघीयता कार्यान्वयन– यी तीनवटै चरण नेपाली कांग्रेसका तीन प्रधानमन्त्रीले सम्पादन गरेको निकट इतिहास स्मरण गर्दै शिशु संघीयताको रक्षा र सम्वद्र्धनको कर्तव्य पनि कांग्रेसकै हो भन्ने हामीले बिर्सन मिल्दैन ।

संघीयताको सफल प्रयोगबाट मात्र वीपी कोइरालाले परिकल्पना गर्नुभएको हाम्रो लोकतान्त्रिक समाजवादी सिद्धान्तको व्यवहारिक सफलता हुनसक्ने तथ्यप्रति हामी गम्भीर बन्नुपर्छ ।

ग) ‘समाजवाद उन्मुख’ को नेपाल प्रक्षेपण

संविधानमा उल्लिखित ‘समाजवाद उन्मुख’को आमूर्त चिन्तन र विवादास्पद व्याख्या आबको हाम्रो समाजको आग्रगतिका लागि जटिल पहेली बन्न पनि सक्छ । खासगरी त्यो बेला, जुन बेला कम्युनिष्ट पार्टीहरु सत्तारुढ हुन पुगेका छन् ।

तर, हाम्रो मान्यता प्रष्ट छ– संसदीय लोकतन्त्र र आहिंसाको माध्यमबाट समाज रूपान्तरण गर्दै मिश्रित आर्थतन्त्रको बाटोबाट सामाजिक न्याय सहितको समृद्ध नेपाल लोककल्याणकारी समाजवादी राज्य हो र हुनेछ ।

बितेको आढाई दशकमा हिंसा र आस्थिरताको चुनौतीबीच मुलुकमा जे जति आर्थिक प्रगति भएका छन् त्यो कांग्रेसको नेतृत्व र नीतिमा चालिएको मूलत समाजवाद तर्फको कदम हो ।

केही पपुलिष्ट कार्यक्रमको तर्जुमा बेग्लै कुरा तर वाम गठवन्धनको सरकारले पछ्याउने नीति आन्तत कांग्रेसकै आर्थनीति हो । कम्युनिष्ट दर्शनले विश्वाश गरेको आर्थनीति लागू गर्नः

एक, उनीहरुले सक्ने छैनन् ।

दुई,– लागू गर्न प्रयत्न गरे किमार्थ सफल हुने छैनन् ।

यस्तो सम्भाव्य परिदृष्यमा ‘समाजवाद उन्मुख’को सामयिक ब्याख्या र सुष्पष्ट भिजनका साथ आगामी डेढ दशकको नेपाल प्रक्षेपण गर्नु नेपाली कांग्रेसको कर्तव्य हुन जान्छ !

कांग्रेसको नीतिमा आधारित रहेर खडा भएको पूर्वाधारमा टेकेर नै आबको समृद्धि यात्रा आघि बढ्नसक्छ भन्ने किटानी ठहर हामी गर्न सक्छौं । हाम्रो नीतिको कार्यान्वयन क्रममा हुन पुगेका कतिपय त्रुटी परिमार्जन गर्नसक्ने सामर्थको विकास पनि आजको मितिमा कांग्रेस रुपान्तरण तर्फको एउटा पाटो हुनेछ ।

रूपान्तरणका प्रस्तावित परियोजना !

एक पुरानो राजनीतिक दललाई रुपान्तरीत गरेर नविन तुल्याउने सन्दर्भमा पार्टीका साथीहरुवीच आवेग मुक्त विमर्श जरुरीछ । सोही क्रममा कांग्रेस रुपान्तरणका लागि १३ वटा लक्ष्य ३ दर्जत प्रकृया एवं त्यसवाट हासिल हुनसक्ने १३ वटा परिणामहरुको टिपोट सहित बैठकमा छलफलका लागि बुँदागत रुपमा प्रस्तुत गरेको छु । केन्द्रीय समिति भित्र र वाहिरवाट समेत प्रस्तुत भई रहेका कांग्रेस रुपान्तरणका आनेक आवधारणा उपर देशव्यापी रुपमा गहिरो छलफल पार्टी भित्र गरेर आगामी महासमिति मार्फत संगठित निक्र्यौल गरेर हामी आघि वढनुछ । साझा संकल्पको वाटोवाट नविन संगठन निर्माण गर्दै हामी नविन परिस्थितिमा पुग्नेछौं । सांगठनिक सुदृढिकरणको कतिपय लक्ष्य र प्रकृयालार्इ सार्जनिक ढंगले छलफल गरेर जान सकिन्छ तर कतिपय कार्यनितगत परियोजनालार्इ भने नितान्त आन्तरिक रूपमा सिमित गर्न जरूरी छ ।

सांगठनिक कार्यक्रम ब्यवस्थित बनाउने पहिलो लक्ष्य हासिल गर्न पाँच वटा प्रकृया बुँदागत रूपमा बैठकमा प्रस्तुत गरेको छु । दोश्रोमा कांग्रेस पार्टीलार्इ डिजीटाइज गर्ने पाँच कदम । निति तथा प्रशिक्षण प्रतिष्ठान आन्तर्गत निती आध्ययन र विश्लेषणको थिकं ट्याकं निर्माण गर्ने विषयलार्इ तेश्रो बुँदामा र सो टिमले छलपफल र निष्कर्शमा पुग्न ९ वटा तात्कालीक विषम पनि प्रस्तुत गरेको छु । ग्रास रूटमा पार्टी सुदृढीकरण र पार्टी लार्इ जीवन्त तुल्याउन ६ वटा आवधारणालार्इ पाँचौ बुँदामा एवं छैठौमा हरेकखाली हातलार्इ काम सुम्पने गरि जगेडामुक्ती को धारणा पेश गरेको छु । एक शक्तिशाली राज्य प्रशासन विभाग र त्यसले गर्न पर्ने कार्य र कार्यशैलीका सन्दर्भमा पनि सातौ बुँदामा योजना प्रस्ताव गरेको छु । पार्टीका कृयाशील सदस्यहरूलार्इ भुगोलसँगै विभिन्न मनोबैज्ञानीक समूहमा व्यवस्थित गरेर परिचालित गर्ने दृष्टिकोण उचित हुन्छ या त्यसलार्इ खारेज गरेर साधारण सदस्यलार्इनै सो आधिकार प्रत्यायोजन गर्न उचित हुन्छ भन्ने दुर्इ भिन्न खाकापनि आठौ बुँदामा उल्लेख गरेको छु । पार्टीका सदस्यहरूको व्यवसायीक क्षमता आभिवृद्घिका लागि प्रशिक्षण, पार्टीको लेवि परम्पराको सुदृढिकरणका लागि विल्कुलै भिन्न शैली र भातृ संस्थाहरूको आधुनिकरण सम्वन्धि आफ्नो व्यक्तिगत विश्लेशणको कार्य योजनालार्इ पनि दवौं, दशौं, र एघारौं बुँदामा प्रस्तुग गरेको छु ।

आलोचनात्मक चेतसँगै आत्माआनुशासनको सुदृढ वन्दोवस्त आज हरेक राजनितीक दलमा आपरिहार्य वन्न पुगेको छ । पार्टीको केन्द्रीय नेतृत्वदेखि टोल समितिका सदस्यलेसम्मले बाधिनु पर्ने आचर संहिताको व्यवस्थित वहसको प्रस्तावनासँगै प्रस्तावनालार्इ बाह्रौ बुँदामा र समयानुकुल जरूरी वन्न पुगेका केहि शुभेच्छुक र सामाजीक संस्थाको गठन सम्वन्धि आवधारणालार्इ र तेह्रौ बुँदामा प्रस्तुत गरेको छु ।मलार्इ लाग्छ प्रयाप्त छलफल र बहस पश्चात महासमितिको वैठक सँगसँगै यीनको कार्यान्वयनको यात्राले कांग्रेसको संगठनलार्इ जीवन्त तुल्याउनेछ ।

अन्त्यमाः लामो राजनैतिक यात्रामा हिडेको नेपाली कांग्रेस पार्टी न त विजयको क्षण ढुक्कले न पराजयको क्षण बेचैनीले निदाउन स्वतन्त्र छ । कांग्रेस थियो र छ त्यसैले स्वाधिनता, समावेशीता, शान्ती स्थापना, लोकतान्त्रीक गणतन्त्र, नयाँ संविधान आनि त्यसको कार्यान्वयनसम्मको यात्रा देशले पुरा गर्न सक्यो । हामीले थालेको समाजलार्इ गास्ने आभियान र समृद्धिको यात्रा आधुरै छ । त्यसैले नयाँ ढंगले जुटनु र नविन विश्वाशका साथ उठनुको आर्को विकल्प हामीसँग छैन । एकता र आन्तर विश्वासलार्इ जागृत गर्दै हामीले आबको यात्रा तय गर्नु छ । हामी बदलिन्छौ र कांग्रेस बदल्नेछौ भन्ने हाम्रो संकल्प र बिकल्पको आर्को कुनै बिकल्प छैन ।

प्रकाशित: १२ वैशाख २०७५ १३:०१ बुधबार

विश्वप्रकाशको नजरमा कांग्रेस हार्नुका अान्तरिक कारण पूर्णपाठ