विचार

अवकाश उमेरमा पुनर्विचार

सन् १९५० देखि २००० मा पुग्दा विश्वको सालाखाला आयु ४६ वर्षबाट बढेर ६६ वर्ष पुग्यो भने सन् २०५० मा मानिस औसतमा ७६ वर्ष बाँच्ने संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको प्रक्षेपण छ। 

पछिल्लो समय औसत उमेर मात्र बढेन बरु आयुर्विज्ञान क्षेत्रमा भएको अन्वेषणले घातक रोग लाग्दा र ८० वर्ष पुग्दासमेत मानिस शारीरिक तथा मानसिकरूपले सशक्त देखिन्छ भन्ने पुष्टि गरेको छ। दुई पटक मिर्गाैला फेरेकाले देशको कार्यकारी संहाल्ने हैसियतमा पुग्नु अनि आठ दशक पुग्न लागेका व्यक्तिमा संसारकै सबभन्दा शक्तिशाली मुलुक हाँक्ने सामथ्र्य देखिनुमा आयुर्विज्ञानको अहम् भूमिका छ। यसरी औषधि विज्ञानले आयुको सीमा धकेलेपछि ऊर्जावान समय थपिएको छ। मानिस लामो समयसम्म काम गर्न सक्ने हैसियतमा पुगेको छ।

आधुनिक औषधिमूलोको विकासपछि उमेरका कारण निवृत्तिभरण पाएपछि पनि व्यक्ति लामो समयसम्म बाँचेका छन्। यसरी व्यक्ति दीर्घजीवी हुँदा सरकारी कोषबाट निवृत्तिभरणका लागि ठूलो रकम खर्चिनुपर्ने बाध्यताको मारमा विपन्न र सम्पन्न देश सबै प्रभावित भएका छन्।

नेपाललगायत संसारका अधिकांश मुलुक उत्पादकत्वको हिसाबले दोहोरो चापमा परेका छन्। उज्ज्वल भविष्यका लागि युवामा देखिएको विदेशिने प्रकृति अनि सानो र सुखी परिवारको स्वप्न रटानले धेरै देशको जनसंख्या घट्दो छ। जन्म दर घट्ने अनि शताब्दी उमेर समूहको आयतन बढ्दै जाँदा दायित्व बोक्न सक्ने कर्मठ हातहरू घटे पनि खाने मुख समानान्तर देखिएका छन्। क्षितिजमा देखिएको यस्तो विपद् निराकरण गर्न धेरै देशले विभिन्न कार्यक्रम ल्याएका छन् । 

१८ देखि ६५ वर्षको उर्जावान समूह खुम्चँदै जाने क्रम रोक्न जापान, सिंगापुर, कोरिया, रसिया, इटालीलगायतका विकसित मुलुकले दम्पतीलाई धेरै बच्चा जन्माउन सरकारीतवरमै प्रोत्साहन रणनीति ल्याएका छन्। विगतमा एकभन्दा बढी बच्चा जन्माए सजाय भोग्नुपर्ने परिवार नियोजन नीति ल्याउने उत्तरको छिमेकी चीनले आफ्नो रणनीतिलाई १८० डिग्री परिवर्तन गरेको छ। अहिले नागरिकलाई बच्चा पाउन हौस्याउने थालेको छ।

आधा शताब्दी अघिसम्म अवकाशपछि व्यथाले थलिएर छोटो समयमै मानिस परलोक हुन्थे। तर पछिल्लो दुई दशकमा परिस्थिति फेरियो। निवृत्त भएपछि पनि व्यक्ति लामो समयसम्म मानसिकरूपले चनाखो अनि शारीरिक हिसाबले स्वस्थ जीवन व्यतीत गरेको पाइन्छ।

आकडा हेर्दा यसरी सन्तानोत्पादनलाई प्रश्रय दिने हिसाबले ल्याएका रणनीतिले खासै काम गरेको देखिएन। धेरै बच्चा जन्मँदा आफ्नो वृत्ति विकासमा ठेस लाग्ने सोचका कारण युवा/युवती त्यता आकर्षित हुन सकिराखेका छैनन्। त्यसो त विज्ञानले मानवीय श्रमलाई प्रतिस्थापन गर्न मान्छेको बदला कृत्रिम बुद्धिमत्ता अनि रोबोटको प्रयोगमार्फत थोरै जनसंख्याबाटै समस्या समाधान गर्न नखोजेको होइन तर समस्या सुल्झिएन।

आधुनिक औषधिमूलोको विकासपछि उमेरका कारण निवृत्तिभरण पाएपछि पनि व्यक्ति लामो समयसम्म बाँचेका छन्। यसरी व्यक्ति दीर्घजीवी हुँदा सरकारी कोषबाट निवृत्तिभरणका लागि ठूलो रकम खर्चिनुपर्ने बाध्यताको मारमा विपन्न र सम्पन्न देश सबै प्रभावित भएका छन्। संसारको सबैभन्दा धनी देश अमेरिकाको नागरिक सुरक्षण संस्था सोसल सेक्युरिटी प्रशासनले अहिलेको निवृत्तिभरण व्यवस्थालाई व्यापक परिवर्तन नगरे सन् २०३५ सम्ममा ज्येष्ठ व्यक्तिलाई प्रतिबद्धताअनुरूप भत्ता दिन नसक्ने जनाएको छ। 

खासै मेहनतबिना कुवाबाट निस्कने खनिज तेल बेची पैसा कमाउने साउदी अरबको ४७ वर्षमै रिटायर हुने प्रावधानलाई अपवाद मान्ने हो भने संसारका अधिकांश देशले निवृत्त उमेरको सीमाले ६० वर्ष नाघेको देखिन्छ। जस्तो कि जापान, न्युजिल्यान्ड र क्यानडामा निवृत्तिभरण पाउनका लागि ६५ वर्ष पुग्नुपर्ने कानुनी प्रावधान देखिन्छ

त्यस्तै सरकारी कर्मचारीलाई दिनुपर्ने पेन्सन अनि ज्येष्ठ नागरिक भत्ताले नेपालको बजेट सन्तुलनलाई चुनौती दिएको यथार्थ जगजाहेर छ। शताब्दी ज्येष्ठ नागरिकको आयतन बढ्दै जाँदा वृद्ध भत्ताको व्ययभार दिनानुदिन बढेको छ। समष्टिगतरूपमा गरिब तथा धनी जे भए पनि पेन्सन र भत्ताको आर्थिक मारको अछूतो देश पाउन कठिन छ। पेन्सन तथा वृद्ध भत्तामा खर्चिने रकम र विकास गर्ने लगानी एकै सरकारी कोषबाट आउने भएपछि निवृत्तिभरणमा गर्नुपर्ने विनियोजन उकासिँदा निर्माण कार्यको बजेट कटौती गर्नुपर्छ, संरचना धराशायी हुन्छन्। तसर्थ पेन्सन रकमको प्रभावकारी र वैज्ञानिक उपयोग संसारको आवश्यकता हो।

देशका लागि जवानी समर्पण गरेका कर्मचारीदेखि ऊर्जावान समय समाजका विभिन्न क्षेत्रमा लगानी गरेका नागरिकले जीवनको उत्तरार्धमा कसरी बाँच्ने भन्ने चिन्ता गर्नु नपरोस् भन्नका लागि निवृत्तिभरण अथवा भत्ताको व्यवस्था गरिन्छ। नेपालमा बुढेसकालमा कसरी बाँच्ने भन्ने चिन्ताले खराब काम गर्न बाध्य नहोउन् भन्नका लागि व्यवस्था भएको पेन्सनले राष्ट्रसेवकलाई कति इमानदार बनायो, त्यो बेग्लै अध्ययनको विषय बन्न सक्ला तर पेन्सन पट्टाले पूर्वकर्मचारीलाई सामाजिक सुरक्षा भने दिएको छ।

एकातिर संसारभरि नै मानिसको औसत आयु बढेको छ भने औषधि विज्ञानको चमत्कारले अर्कोतिर लामो समयसम्म व्यक्ति मानसिक तथा शारीरिकरूपले स्वस्थ जीवन व्यतीत गर्न सक्ने भएका छन्। आधा शताब्दी अघिसम्म अवकाशपछि व्यथाले थलिएर छोटो समयमै मानिस परलोक हुन्थे। तर पछिल्लो दुई दशकमा परिस्थिति फेरियो। निवृत्त भएपछि पनि व्यक्ति लामो समयसम्म मानसिकरूपले चनाखो अनि शारीरिक हिसाबले स्वस्थ जीवन व्यतीत गरेको पाइन्छ।

उमेर र मानिसको स्वास्थ्यबीचको अन्तर्संबन्ध स्थापनाका दिशामा प्रकाशित उक्त दुई अध्ययनलाई ध्यान दिँदा मानवीय ऊर्जा ६० वर्ष र ७५ वर्ष पुगेपछि पृथक मोडमा पुग्छ भने उक्त म्याजिक नम्बरको औषत उमेरलाई आधार मानेर नेपालले पनि नर्वेले झैँ निवृत्त उमेर ६७ वर्ष कायम गर्नु वैज्ञानिक देखिन्छ।

बदलिँदो परिस्थितिमा वर्षाैंको अनुभवी कर्मचारीलाई क्षमताका अतिरिक्त केबल उमेरको कसीमा घोटिन नसक्ने भन्दै अवकाश दिनुभन्दा नागरिकको ऊर्जावान समयलाई कसरी सदुपयोग गर्ने भन्ने सोच आएको छ। निवृत्त हुने उमेर बढाउँदा पेन्सन कोषको व्ययभार कम हुने, कर्मठ जनशक्तिको अभाव पूर्ति गर्न सकिने अनि व्यक्तिको क्षमताको सम्मान भइ तेहोरो फाइदा हुने देखियो। अब वैज्ञानिक विश्लेषणले कति वर्षमा कर्मचारीलाई अवकाशमा पठाउन उचित होला त ? त्यता हेरौँ :  

मानिसको स्वास्थ्यवस्था र देशको उत्पादकत्वबीच सन्तुलन कायम गर्न संसारका धेरै देशले आफ्ना कर्मचारीको निवृत्त उमेरको सीमा बढाएका देखिन्छ। त्यसै क्रममा केही दिनअघि मात्र अर्को वर्षबाट लागु हुने गरी छिमेकी चीनले कडा परिश्रम गर्नुपर्ने क्षेत्रमा काम गर्ने श्रमिक महिलाको अवकास उमेर ५० बाट बडाएर ५५ कायम गरेको छ भने पुरुषको हकमा तीन वर्ष थप गरी ६३ कायम गरिएको छ। त्यसअतिरिक्त सालाखाला आयु र नागरिकको स्वास्थ्यवस्थालाई ध्यानमा राख्दै आगामी दिनमा आवधिक हिसाबले निवृत्त उमेर परिमार्जन गर्ने स्थितिमा चीन आइपुगेको छ।

खासै मेहनतबिना कुवाबाट निस्कने खनिज तेल बेची पैसा कमाउने साउदी अरबको ४७ वर्षमै रिटायर हुने प्रावधानलाई अपवाद मान्ने हो भने संसारका अधिकांश देशले निवृत्त उमेरको सीमाले ६० वर्ष नाघेको देखिन्छ। जस्तो कि जापान, न्युजिल्यान्ड र क्यानडामा निवृत्तिभरण पाउनका लागि ६५ वर्ष पुग्नुपर्ने कानुनी प्रावधान देखिन्छ। अमेरिकाले उक्त सीमा ६६ वर्ष कायम गरेको छ भने आइसल्यान्ड र नर्वेले त पेन्सन पाउनका लागि ६७ वसन्त पार गर्नैपर्ने प्रावधान राखे। यसरी अधिकांश देशले आफ्ना नागरिकका लागि निवृत्तिभरण पाउनका लागि झण्डै ६५ वर्ष उमेर पूरा गर्नुपर्छ भन्दै गर्दा नेपालले कर्मचारीलाई ५८ वर्षको उमेरमा भत्ताका लागि ग्राह्य ठान्नु कति जायज होला त ?

औसत आयु र स्वास्थ्य विज्ञानका आवधिक अन्वेषणका आधारमा निवृत्त उमेर परिमार्जन गर्न सके पेन्सन रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सकिनुका अतिरिक्त प्रशासकको अनुभव र ज्ञानलाई उपयोग गरी देशले थप लाभ लिन सक्थ्यो होला। 

उमेरको बढेसँगै मानिसको सक्रियता बिस्तारै घट्दै जाने ठानिएकामा उक्त भनाइ ठीक होइन भन्ने देखायो अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयका प्राध्यापक माइकल स्नाइडरको अनुसन्धान समूहले जर्नल नेचर एजिङमा गत महिना प्रकाशित गरेको आलेखले। मानवीय तन्तुहरू क्रमशः निकम्बा हुँदैनन् बरु मानिसको स्वास्थ्यले ४५ र ६० वर्षको हाराहारीमा दुईपटक ठूलै ओराली झर्ने देख्यो डा. स्नाइडरको रिसर्चले।

केही वर्षअघि प्रकाशित त्यस्तै प्रकृतिको एउटा फरक अध्ययनले ७५ वर्ष पुगेपछि अधिकांश व्यक्तिको स्वास्थ्य एक्कासि खस्कने कुराको बायोलोजिकल चिरफार गरेको थियो। उमेर र मानिसको स्वास्थ्यबीचको अन्तर्संबन्ध स्थापनाका दिशामा प्रकाशित उक्त दुई अध्ययनलाई ध्यान दिँदा मानवीय ऊर्जा ६० वर्ष र ७५ वर्ष पुगेपछि पृथक मोडमा पुग्छ भने उक्त म्याजिक नम्बरको औषत उमेरलाई आधार मानेर नेपालले पनि नर्वेले झैँ निवृत्त उमेर ६७ वर्ष कायम गर्नु वैज्ञानिक देखिन्छ।

औसत आयु र स्वास्थ्य विज्ञानका आवधिक अन्वेषणका आधारमा निवृत्त उमेर परिमार्जन गर्न सके पेन्सन रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सकिनुका अतिरिक्त प्रशासकको अनुभव र ज्ञानलाई उपयोग गरी देशले थप लाभ लिन सक्थ्यो होला। चार दशकअघि कायम भएको निवृत्त उमेरलाई वैज्ञानिक आकडाका आधारमा आवधिक बनाइ कर्मचारी संयन्त्रलाई चुस्त राख्न आवश्यक देखिएको छ।

 

– पोखरेल अमेरिकास्थित इन्फिनिटी ल्याबरेटोरिजका क्षेत्रीय निर्देशक हुन्।

प्रकाशित: १ आश्विन २०८१ ०९:५१ मंगलबार