हरेक वर्ष अक्टोबर १ लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाइन्छ। विश्वभरि ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार, भेदभाव, उपेक्षा र अन्यायलाई अन्त्य गर्न जनतामा चेतना जगाउने उद्देश्यले यो दिवस मनाइन्छ।
७५ वर्षअघि संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र पारित गरेको थियो जुन मानव अधिकारको इतिहासको एउटा महत्वपूर्ण दस्ताबेज हो। यो दिवस मनाउनुपछाडिको उद्देश्य भनेको ज्येष्ठ नागरिकप्रतिको सामाजिक व्यवहार सुधार गर्नु हो।
विभिन्न कानुनी, सांस्कृतिक र भाषिक पृष्ठभूमि भएका विश्वभरका प्रतिनिधिहरूद्वारा लिखित, यो विश्वव्यापी रूपमा संरक्षित हुने आधारभूत मानव अधिकारहरूलाई स्पष्ट पार्ने पहिलो दस्ताबेज हो। यो कोसेढुंगाको मान्यता र ज्येष्ठ नागरिकसहित सबै व्यक्तिले आफ्नो मानव अधिकार र मौलिक स्वतन्त्रताको पूर्ण उपभोग गर्ने सुनिश्चितता गर्ने वाचा पूरा गर्ने भविष्यको खोजीमा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन केन्द्रित हुनेछ।
वृद्धवृद्धा हाम्रो समाजको महत्वपूर्ण स्तम्भ हुन्। तर परिस्थिति शान्त भएपछि धेरैपटक उनीहरूलाई समाजमा अनावश्यक मानिन्छ।
तपाईको समाजमा स्रोतका रूपमा काम गर्ने व्यक्ति अचानक समाजमा बोझ बन्न पुग्छ। भारतीय परिदृश्यमा वृद्धवृद्धाहरूका सामु धेरै चुनौती छन् जुन सबै प्रकारका सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा देखिन्छन्।
अहिले ग्रामीण क्षेत्रमा वृद्धवृद्धाको अवस्था बिग्रनुको प्रमुख कारण बसाइँसराइ हो। ग्रामीण क्षेत्रले ठूलो मात्रामा रोजगारी सिर्जना गर्न नसक्दा अधिकांश युवा रोजगारीको खोजीमा ठूला सहरतिर पलायन हुने गरेका छन्। फलस्वरूप, तिनीहरूका वृद्ध आमाबाबु प्रायः एक्लै छोडिन्छन्। यससँग जोडिएको अर्को पक्ष के हो भने धेरैपटक बालबालिकाले आफ्ना वृद्ध आमाबुबालाई सँगै बस्न र राम्रो हेरचाह गर्नका लागि सहरमा ल्याइदिन्छन्।
एक हिसाबले यो कुरा सही लागे पनि ग्रामीण परिवेशमा बस्ने यी मानिस सहरी परिवेशमा छाँटकाँट गर्न नसकेर बिस्तारै मानसिक असहजताको सिकार बन्न थालेका छन्। तिनीहरू सहरमा आउँछन् तर तिनीहरूसँग बोल्ने कोही छैन। यसरी जीवनमा अचानक आएको एक्लोपन पनि ठूलो समस्या हो।
सरकारको दृष्टिकोणबाट कुरा गर्ने हो भने सरकारले ज्येष्ठ नागरिकलाई केन्द्रमा राखेर कुनै प्रमुख नीति बनाएको देखिँदैन। अहिले सरकारी योजनाको केन्द्रमा युवा र महिला छन् तर वृद्धवृद्धालाई यो मामिलामा अझै पनि किनारामा राखिएको छ। उनीहरूलाई योजनाको केन्द्रमा ल्याएर उनीहरूअनुसार योजना नबनाएसम्म उनीहरूका समस्याको अन्त्य हुँदैन।
वृद्धवृद्धालाई आर्थिक रूपमा बलियो बनाउन सरकारले दिने वृद्धावस्था निवृत्तिभरण सहयोगको रकम उँटको मुखमा थोपा जस्तै हो।
आफ्नो सम्पूर्ण जीवन सरकारका लागि समर्पित गरेका व्यक्तिहरू सेवा निवृत्त हुँदा उनीहरूसँग आर्थिक सहयोगका रूपमा पेन्सनको कुनै ग्यारेन्टी हुँदैन। यस्तो अवस्थामा बुढेसकालमा ती व्यक्तिहरूमाथि आर्थिक निर्भरताको बाध्यता एकाएक देखापर्छ।
शारीरिक रूपमा कमजोर भएका वृद्धवृद्धाहरू एक्लै बस्दा कहिलेकाहीँ चोरी, डकैतीको सिकार हुने गरेका छन्। सभ्य समाजका रूपमा हामीले उनीहरूलाई सुरक्षा दिन सकेका छैनौँ। यस्ता घटना दिनहुँ ठूला सहरमा भइरहेका छन्। वृद्ध र वर्तमान पुस्ताबीचको वैचारिक खाडल पनि समस्याका रूपमा देखापरेको छ। दुवैको आ–आफ्नै सोच्ने शैली छ। यस्तो अवस्थामा कैयौँपटक यस्ता व्यक्तिलाई आफ्नो परिवारले बेवास्ता गरेको महसुस गर्छ। यस्ता संवेदनशील विषयमा हामीले गम्भीर भएर सोच्नुपर्छ र समाधान खोज्नुपर्छ।
देशमा वृद्धाश्रम निरन्तर बढ्दै गएका छन्। पहिले हाम्रो समाजमा वृद्धाश्रमलाई निकै नकारात्मकरूपमा हेरिन्थ्यो र यस्ता निकाय खोल्दा छोराछोरीहरू आफ्नो जिम्मेवारीबाट पलायन हुने विश्वास थियो तर त्यतिबेला वृद्धहरूप्रति त्यस्तो संवेदनशीलता थिएन।
भूमण्डलीकरणपछि सहरी मध्यमवर्गका डरलाग्दा चाहनाहरू अझ प्रष्ट भएका छन्। समस्या बढ्दै गएपछि विस्तारै वृद्धाश्रमको स्वीकृति पनि बढ्दै गयो। यसले गर्दा पनि ज्येष्ठ नागरिकलाई हेरिने र गरिने दृष्टिकोणमा फरकपन आएको सहजै महसुस गर्न सकिन्छ।
प्रकाशित: १४ आश्विन २०८० ००:२३ आइतबार