नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा एक कार्यक्रमलाई सम्बोधन गर्दै पाकिस्तानमा जस्तै प्रतिशोधको राजनीति नगर्न सरकारलाई सुझाव दिएका छन्। उनले कुन सन्दर्भमा र किन यो कुरा उठाए, यो बहसकै विषय हुनसक्ला वा जवाफमा ‘बुझ्नेलाई यो कुरा गहिरो छ, नबुझ्नेलाई घरछेउमै पहिरो छ’ भन्न पनि सकिएला।
सन् १९४७ मा एक स्वतन्त्र मुस्लिम गणराज्यका रूपमा स्थापना भएदेखि नै पाकिस्तानको राजनीति निकै उतारचढावबाट गुज्रँदै आइरहेको कुरा कसैबाट लुकेको छैन। ब्रिटिस साम्राज्यका अन्तिम भाइस्राय लुइस माउन्टबेटेनले भारत स्वतन्त्र हुने समय भारतीय स्वतन्त्रता सेनानीहरूसितको सहमतिमा मुस्लिम गणराज्य पाकिस्तान स्थापना गरिदिए।
पाकिस्तानका पहिलो गभर्नर जनरल मोहम्मद अलि जिन्नादेखि हालसालै भ्रष्टाचारको अभियोगमा तीन वर्षको काराबास सजाय भोग्दै गरेका पूर्वप्रधानमन्त्री इमरान खानसम्मले भोगेको पाकिस्तानी राजनीतिको उतारचढाव विश्वसामु छर्लङ्गै छ। पाकिस्तानी राजनीतिक अभ्यासका क्रममा भएका केही महत्वपूर्ण र सान्दर्भिक घटना यहाँ उल्लेख गर्न चाहेँ।
जिन्ना भारतको स्वतन्त्रता आन्दोलनका एक महत्वपूर्ण पात्र थिए त्यसकारण उनलाई पाकिस्तान स्थापना भएपछि राज्यको शीर्षस्थ पदमा स्थापित गरियो भने लियाकत अली खान पहिलो प्रधानमन्त्री बनेका थिए।
सन् १९४७ मा एक स्वतन्त्र मुस्लिम गणराज्यका रूपमा स्थापना भएदेखि नै पाकिस्तानको राजनीति निकै उतारचढावबाट गुज्रँदै आइरहेको कुरा कसैबाट लुकेको छैन।
सन् १९४८ मा जिन्नाको मृत्यु भयो। उनको स्थानमा ख्वाजा नजिमुद्दीन गभर्नर जनरल बनाइए। सन् १९५१ मा प्रधानमन्त्री लियाकत अलि खानको हत्या भयो। त्यसपश्चात पाकिस्तानमा पटक–पटक संविधान, संसद् र सरकारहरू निलम्बन हुने, अपदस्त वा बर्खास्त गरिने क्रम निरन्तर चलिआएको छ।
पटक–पटक जंगी कानुन र सैनिक शासन लागु गरियो। प्रजातान्त्रिक आन्दोलनहरूबाट प्रजातन्त्र पुनस्र्थापित हुने, आमचुनाव हुने, सरकार अपदस्त हुने खेल निरन्तर चलिरहेको छ। राजनीतिक अस्थिरता, तरलता, आन्तरिक कलह, हत्या–हिंसा, मानव अधिकारको उल्लंघन, आर्थिक अनियमितता जस्ता घटनाको अधिकतम मारमा परेको स्पष्टरूपमा देख्न सकिन्छ, त्यहाँको राजनीतिक इतिहास केलाउँदा। यस्तैयस्तै घटनाबीच प्रधानमन्त्री जुल्फिकर अली भुट्टोविरुद्ध सन् १९७७ मा सेना प्रमुख-जनरल जियाउल हकले जंगी कानुन लागू गरी प्रधानमन्त्रीलाई अपदस्त गरे र पछि तिनै पूर्वप्रधानमन्त्री भुट्टोलाई मृत्युदण्ड दिइयो।
जनरल जियाले पाकिस्तानका राष्ट्रपतिको रूपमा करिब एघार वर्ष शासन गरे। सन् १९८८ को रहस्यमय हवाईजहाज दुर्घटनामा उनको निधन भयो। त्यसपछि भएको आमचुनावमा बिजयी बेनजिर भुट्टो (पूर्वप्रधानमन्त्री जुल्फिकर अलि भुट्टोकी छोरी) प्रधानमन्त्री बनिन्। उनी पनि प्रधानमन्त्री भएको करिब दुई वर्षको समयमै भ्रष्टाचारको अभियोगमा अपदस्त भइन्।
जिन्ना भारतको स्वतन्त्रता आन्दोलनका एक महत्वपूर्ण पात्र थिए त्यसकारण उनलाई पाकिस्तान स्थापना भएपछि राज्यको शीर्षस्थ पदमा स्थापित गरियो भने लियाकत अली खान पहिलो प्रधानमन्त्री बनेका थिए।
तत्कालीन राष्ट्रपतिले संकटकाल घोषणा गरे। सन् १९९० अक्टोबरमा सम्पन्न आमचुनावमा विभिन्न विवादका बाबजुद नवाज शरिफ प्रधानमन्त्री चुनिए। सन् १९९३ अप्रिलमा राष्ट्रपति गुलाम इसाक खानले प्रधानमन्त्री शरिफलाई बर्खास्त गरे। सर्वोच्च अदालतले १९९३ मेमा शरिफलाई पुनर्स्थापित गर्ने निर्णय गर्यो। त्यसपछि १९९३ अक्टोबरमा सम्पन्न चुनावमा पुनः बेनजिर भुट्टोको उदय भयो र उनी फेरि प्रधानमन्त्री बनिन्।
तर राजनीतिक अस्थिरता कायमै थियो विभिन्न समय र स्थानमा भइरहने राजनीतिक दंगा हिंसाका घटनामा सयौँको संख्यामा पाकिस्तानीले ज्यान गुमाइरहेका थिए। राष्ट्रपति अहमद लेघारीले सन् १९९६ नोभेम्बरमा प्रधानमन्त्री भुट्टोलाई बर्खास्त गरे। सन् १९९७ फेब्रुअरीमा आमचुनाव भयो। र, नवाज शरिफ पुनः प्रधानमन्त्री बने। यो अवधिमा पनि विभिन्न जातीय हिंसा, राजनीतिक दंगा, आतंकवादी हमलाहरू हुने क्रम जारी थियो जसमा कैयौँ निर्दोष जनताले अनाहकमा ज्यान गुमाउनुपर्यो।
तत्कालीन राष्ट्रपतिले संकटकाल घोषणा गरे। सन् १९९० अक्टोबरमा सम्पन्न आमचुनावमा विभिन्न विवादका बाबजुद नवाज शरिफ प्रधानमन्त्री चुनिए। सन् १९९३ अप्रिलमा राष्ट्रपति गुलाम इसाक खानले प्रधानमन्त्री शरिफलाई बर्खास्त गरे।
सन् १९९९ को अक्टोबरमा जनरल परवेज मुसर्रफद्वारा गरिएको सैन्य ‘कु’मा शरिफ पुनः पदच्युत गरिए र संसद् भंग गरियो।
सन् २००७ डिसेम्बर २७ मा भूतपूर्व प्रधानमन्त्री बेनाजिर भुट्टोमाथि एक र्यालीमा आत्मघाती बम हमला भयो र उनी मारिइन्। स्मरण रहोस्, सन् १९९९ जनवरीमा तत्कालीन प्रधानमन्त्री शरिफविरुद्ध पनि हत्या प्रयास भएको थियो। सन् २००८ अगष्टमा राष्ट्रपति मुसर्रफले राजीनामा दिए र पाकिस्तानी सिनेटका अध्यक्ष मोहम्मद मियाँ सुमरोलाई नयाँ राष्ट्रपति बनाइयो। सन् २००८ सेप्टेम्बरमा आसिफ अलि जर्दारी (बेनजीर भुट्टोका पति) लाई पाकिस्तानी इलेक्टोरल कलेजको मतदानद्वारा राष्ट्रपति निर्वाचित गरियो। यहाँसम्म आइपुग्दा पाकिस्तानमा आतंककारी गतिविधि र हमलाहरू अत्यधिक मात्रामा वृद्धि भइसकेको थियो र हजारौंले ज्यान गुमाइसकेका थिए।
पाकिस्तानले भोगिरहेको राजनीतिक इतिहासको यो वास्तविकताबीच एमाले अध्यक्ष ओलीको भनाइ हतारको अभिव्यक्ति पनि भन्न सकिन्छ। तर, नेपाली राजनीतिमा अहिलेको पुष्पकमल दाहाल नेतृत्वको सरकारको भष्ट्राचार लगायतका प्रकरण छानविनमा ‘अन्य पार्टीका नेताहरूलाई सिध्याउने कुत्सित खेल’मा लागेको भनि जसै कतिपय दलहरूले नै आरोप लगाइरहेका छन्, यसबाट हामी पनि कतै पाकिस्तानजस्तै बदला र प्रतिशोधको राजनीतिमा आफ्नो हात सेक्ने प्रपञ्च त गरिरहेका छैनौं भन्ने शंकालाई बल दिइरहेको छ। अहिलेका लागि ओलीको संकेत यही हुनसक्छ, जुन घातक र भयावह छ।
प्रकाशित: ३ भाद्र २०८० ००:२४ आइतबार