विचार

बहुतले भूमिगत पार्किङका विकल्पहरू

राजधानी काठमाडौँको महानगर र टुँडिखेल बचाउ अभियानकर्ताहरूबीच केहीअगाडि भूमिगत पार्किङ सम्बन्धमा दोहोरी चलेको थियो। काठमाडौँको ऐतिहासिक भइसकेको खुला मञ्चमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले ३ तहको भूमिगत पार्किङ बनाउन सम्भाव्यता अध्ययन थालेपछि विरोध हुन थाल्यो। अकुपाइ टुँडिखेलले सम्पदा नासिने भयो भनेर विरोध ग¥यो। खुला मञ्च, भूमिगत जल भण्डारको पुनर्भरणको स्रोत, महाङ्काल, दुई माजु, गुरू मापा जस्ता सांस्कृतिक सम्पदा भएको स्थल भएकाले खुलै राख्नुपर्ने भन्ने यो अभियानको माग रहेको पाइन्छ। प्राकृतिक, सांस्कृतिक, पुरातात्विक, धार्मिक र राजनीतिक अपनत्व रहेको स्थललाई खुला छाड्नुपर्ने माग रहेको पाइन्छ।  

काठमाडौँ महानगरपालिकाले पनि कुनै योजना अगाडि सार्दा अध्ययन गरेर जनसमर्थन लिनुपर्दछ। टुकुचाको जयनेपाल चित्रघर क्षेत्रको भूमिगत भागमा विवाद आयो। वाग्मती सभ्यता विकाससम्बन्धी कार्यालयले सुकुमबासी हटाउने निर्णय गरेको थियो। संघीय सरकारले गठन गरेको संस्थाले संघीय सरकारसँग नै सुकुमबासी हटाउने काममा सहयोग लिनुपर्ने थियो, महानगरसँग होइन। महानगरले पनि त्यस्ता विवादित काममा होमिनुअगाडि गहिरिएर सोच्नु र अध्ययन गर्नुपर्छ।  

अहिले खुलामञ्चको भागमा भूमिगत बनाइने पार्किङको सम्बन्धमा पनि सबै अध्ययन गरेर, सरोकारवालाको सहमति लिएर मात्र निर्माण थालिने प्रत्याभूति दिएको भए विवाद आउने थिएन। विवाद आउँदैमा काम छाड्नु पनि हुँदैन।  

भक्तपुरबाट काठमाडौँ जाने पुरानो बाटोको सिनामंगलमा भेटिएको ढुंगेधारा पुरातन हो। त्यहाँको पाटी पनि पूर्वबाट राजधानी आउने ढाक्रेहरूलाई बास बस्न राणा कालमै बनाइएको हो। काठमाडौँ भक्तपुर बस नचल्दै ५५–६० वर्षअगाडि लरी, ट्रक चल्दा त्यो उकालो र धारामा पानी पिउने तथा गाडीको रेडिएटरमा पानी राख्ने थलोका रूपमा मैले देखेको थिएँ। पुराना गाडीमा ठाउँ–ठाउँमा पानी थप्नुपथ्र्याे। तसर्थ त्यो पाटी र ढुङ्गेधारा ऐतिहासिक हो, पुराताŒिवक भने होइन। त्यहाँ कुनै देवालय आदि थिएन। महानगरले पुरातात्विक आदि भन्नु भन्दा सम्बन्धित विज्ञलाई बोल्न लगाउनु उचित हुन्छ। विवादमा मुछिनु उचित होइन।  

अहिले खुलामञ्चको भागमा भूमिगत बनाइने पार्किङको सम्बन्धमा पनि सबै अध्ययन गरेर, सरोकारवालाको सहमति लिएर मात्र निर्माण थालिने प्रत्याभूति दिएको भए विवाद आउने थिएन। विवाद आउँदैमा काम छाड्नु पनि हुँदैन।  

२००९ सालतिर काठमाडौँको टुँडिखेलमा ५२ प्रतिशत खुला क्षेत्र रहेकामा घट्दै गएर २०७४ मा १४ प्रतिशतमा खुम्चन पुगेको भनिन्छ। मैले देख्दा रानीपोखरी दक्षिण बाह्रहाते गणेशथानको सडक दक्षिणदेखि रंगशालाको उत्तरको पर्खालको डिलसम्म एउटै टुँडिखेल थियो। सेनाका जवानले बाटो छेक्न पालो बसेका हुन्थे। टुँडिखेलमा सैनिकहरू साँझ बिहान कवाज खेल्थे, तालिम चल्थ्यो। त्यस्तै साँझ–बिहान नागरिकहरूको खेलकूद र प्रातः भ्रमण चलिरहन्थ्यो। २०१७ फागुनमा बेलायतकी महारानी एलिजावेथ द्वितिया नेपाल भ्रमणमा आउँदासम्म टुँडिखेलमा बार लागेको थिएन। एउटै टुँडिखेल थियो। टुँडिखेलको माझमा रहेको खरीको बोटमा भव्य कलात्मक स्वागत मञ्च बनाइएको थियो। सैनिक परेडलगायतबाट सम्मान गरिएको थियो।  

पछि टुँडिखेललाई काटकुट पार्न थालियो। रत्नपार्क, खुलामञ्च र सैनिक मञ्च बनाइयो। गोश्वारा हुलाकदेखि भद्रकालीसम्म सहिद गेटको सडक खोलियो। भृकुटी मण्डपको जग्गा अधिग्रहण र निर्माण, टुँडिखेल र वरिपरि सडक निर्माण, बालाजु बाइसधाराको पार्क निर्माण आदि धेरै नवनिर्माणका काम त्यतिबेला उपत्यका निर्माण समितिका अध्यक्ष काले बाजे भनिने मुख्य अञ्चलाधीश विष्णुमणि आचार्यले गराएका हुन्।  

टुँडिखेलको दक्षिणतिरको भाग नेपाली जंगी अड्डाले बिस्तारै बिस्तारै कब्जामा लियो। त्यही टुँडिखेलको भागमा सेनाले छुट्टै रंगशाला बनायो। रंगशालामा फुटबल हेर्न र २०.२१ सालतिर दाह्रा सिंहको कुस्ती हेर्न टुँडिखेलको माथि डिलबाट पछिसम्म प्रवेश ढोका थियो। रंगशालाको पूर्वपट्टि तोपखाना थियो। अहिलेको सैनिक मुख्यालयको पश्चिम डिलबाट १२ बजेको तोप हानिन्थ्यो। राणाकालमा त बिहान बेलुकी तोप चलाइन्थ्यो। बेलुकी १० बजेतिर तोप चलेपछि आवतजावत गर्न मनाही थियो भने बिहान तोप चलेपछि खुला हुन्थ्यो।  

काठमाडौंँ उपत्यका देशको राजधानी हो। यहाँको ट्राफिक व्यवस्थापनलगायत पार्किङ व्यवस्थापन काठमाडौँं महानगरपालिकाको मात्र सरोकारको प्रश्न हुन सक्तैन। संघीय सरकारले हेर्नु र व्यवस्थापन गर्नुपर्छ।  

अहिलेको विवाद भनेको काठमाडौँको मूल सहरको ट्राफिक व्यवस्थापन गर्न खुलामञ्चमुनि भूमिगतरूपमा ३ तले ५ हजार सवारी अटाउने पार्किङ स्थल निर्माण गर्न सम्भाव्यता अध्ययन गराउन लागेको सम्बन्धमा हो। खुला मञ्च वा टुँडिखेल नगरपालिकाको जग्गा होइन। सार्वजनिक जग्गा हो। यहाँ विभिन्न चाडपर्वमा विभिन्न देवदेवीको पूजा आराधना गरिन्छ। टुँडिखेल वा खुलामञ्च भित्रभित्रबाट ढल पनि गएको हुन सक्छ। त्यो खोज अनुसन्धान, अभिलेखबाट थाहा हुनेछ। रानीपोखरीको वर्षामा बढी भएको पानी जाने ढल २०३४ सालमा काठमाडौंँ नगर विकास समितिले बाह्रहाते गणेशको पूर्वतिरबाट निकालेर रत्नपार्कको अर्को ढलमा मिसाएको छ। सो काममा म पनि संलग्न थिएँ। त्यतिबेलाका प्रोजेक्ट इन्जार्च इन्जिनियर हेमन्त अज्र्याल जिउँदै हुनुहुन्छ।  

टुँडिखेलको दक्षिणतिरको भाग नेपाली जंगी अड्डाले बिस्तारै बिस्तारै कब्जामा लियो। त्यही टुँडिखेलको भागमा सेनाले छुट्टै रंगशाला बनायो। रंगशालामा फुटबल हेर्न र २०.२१ सालतिर दाह्रा सिंहको कुस्ती हेर्न टुँडिखेलको माथि डिलबाट पछिसम्म प्रवेश ढोका थियो।

भूमिगत पार्किङबाट खुलामञ्चको भूमिगत भाग मात्र कब्जा हुने हो कि अहिलेको सतहको खुला भाग पनि कब्जा हुने हो? खुलामञ्च अहिलेकै अवस्थामा खुला रहने हो होइन? यी कुरा प्रष्ट हुनुपर्छ। जमिनमुनि भूमिगत पार्किङ बनाउँदा सतहको खुला भागलाई केही असर गर्दैन र अन्य भूमिगत ढललगायत कुनै संरचनालाई नोक्सान पार्दैन भने प्रस्तावित योजनालाई अन्यथा भन्न सकिने हुँदैन। सिर्फभित्र जान र निस्कनका लागि वीर अस्पतालको पूर्व सैनिक मञ्च जाने पश्चिमी प्रवेशद्वारको उत्तरपट्टि र पूर्वतर्फ विद्युत् प्राधिकरणको सडक पश्चिमतर्फ प्रवेश र बाहिर निस्कनका लागि केही जग्गा प्रयोग हुन सक्छ। त्यतिले मात्र त खुलामञ्चलाई असर पर्ने देखिँदैन।  

साँच्चै काठमाडौं महानगरले कुनै राम्रो योजना ल्याउन लागेको हो भने मेयर बालेन्द्र साह वा उपमेयर सुनीता  

डङ्गोलको व्यक्तिगत योजना पनि त हुँदैन। यो योजना सार्वजनिक हुन्छ। यस्तो काम हो भने त सबैको अपनत्व हुनुपर्छ।  

अहिलेसम्म कुन कुन स्थानमा भूमिगत पार्किङस्थल छन् भन्ने कुरा महानगरपालिकाले नगरबासीलाई सूचना गर्नुपर्छ। अनि जहाँ जहाँ भूमिगत पार्किङ छ, त्यहाँ त्यहाँ साइनबोर्ड टाँगेर यतिवटा सवारी पार्किङ गर्न सकिन्छ भन्ने सूचना दिनुपर्छ। काठमाडौँको पार्किङ समस्या समाधान गर्ने हो भने खुलामञ्चको मुनि वा अन्य निम्न स्थानमा पनि बहुतले भूमिगत पार्किङ बनाउन सकिन्छ ः  

१. खुलामञ्चको उत्तरतर्फ रहेको रत्नपार्ककै मुनि भूमिगत पार्किङ बनाउने। पूर्व पश्चिम दुवैतिरबाट आवत जावत गर्न मार्ग दिने।  

२. मूल टुँडिखेलको दक्षिणतर्फ सहिदगेटको उत्तरतर्फको भागमा पनि वैदेशिक हुलाकदेखि भद्रकालीको उत्तर पश्चिम कुनासम्म भूमिगत पार्किङ बनाउने।  

३. सहिद गेटको दक्षिणतर्फ रंगशालाको पर्खालसम्म सेनाको कब्जामा रहेको टुँडिखेलको भागमा भूमिगत पार्किङ बनाउने।  

४. लैनचौरको नेपाल स्काउटको जमिनमा भूमिगत पार्किङ बनाउने, स्काउटले बहुतले भवन बनाउने हो भने पनि भूमिगत २–३ तले पार्किङ बनाउने।  

५. प्रदर्शनीस्थलको दक्षिणतर्फ को छापे्र वा खासा बजार रहेको स्थानमा भूमिगत पार्किङ बनाउने।  

६. नारायणहिटी दरबारको दक्षिण ढोकाको पश्चिमतिर रहेको दरबारकै खाली जग्गाको मुनि भूमिगत पार्किङ बनाउने।  

७. नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको दक्षिण पश्चिमको खाली जग्गाको मुनि भूमिगत पार्किङ बनाउने।  

यसरी सरकारी र सार्वजनिक खाली जग्गामा र अन्य नगरपालिका क्षेत्रमा समेत बहुतले भूमिगत पार्किङ आवश्यकतानुसार योजनाबद्धरूपमा बनाउन सकिन्छ। जसका लागि नेपाल सरकार र सम्बन्धित नगरपालिकाको पहल हुनुपर्छ। राजधानीका लागि नेपाल सरकारले योजनाबद्धरूपमा काठमाडौँ, ललितपुर र भक्तपुर तथा अन्य नगरमा योजनाबद्धरूपमा लक्ष्य राखेर लगानी गर्नुपर्छ। महानगर र नगरपालिकाले मात्र गर्न सम्भव देखिँदैन। सबै क्षेत्र मिलेर समन्वयात्मकरूपमा काम गरे असम्भव केही छैन।  

त्यसैले खुलामञ्च मात्र नभनौँ, अन्य सम्भावित स्थलमा पनि नेपाल सरकार, महानगर र अकुपाइ टुँडिखेल, सम्पदापे्रमी सबै मिलेर उचित स्थान रोज्न र काम गर्न÷गराउन ढिलो नगरौँ।  

(पूर्वअध्यक्ष, विशेष अदालत)  

gauribkarki@gmail.com

प्रकाशित: १ वैशाख २०८० ००:४१ शुक्रबार