विचार

कोरोनापछिको व्यापार

कोरोना–१९ पछिका पाँचौँसम्मका लहरले बन्दाबन्दीको अवस्थाबाट अर्थतन्त्र पूर्ववत् अवस्थामा फर्किँदै जानेछ। उक्त अवधिका बन्दाबन्दीका कारण देशमा खाद्यान्न, स्वास्थ्यसम्बन्धी, पानी एवम् हल्का कृषिबाहेकका ७० प्रतिशत उद्योग २०७७।७८ र आंशिकरूपमा त्यसपछि पनि ठप्प भएका देखिन्छ।

व्यापार घाटा उच्च, आयात, निर्यातमा ठूलो अन्तर रहँदै आएको छ। उद्योग क्षेत्र संकुचन हुँदै आएको छ। यो अवस्था सन् २०२३ सम्म कायम हुने ठूला देशले पनि आंकलन गरेका छन्। आन्तरिक उत्पादनमा कमी हुँदै आएकाले २०७९।८० र आउँदा वर्षमा यस्तो जारी रहने देखिएकाले अबका बजेट र कार्यक्रमले दिगोखालका निकासी वस्तु निर्यात गरेर व्यापार घाटा कम गर्ने प्रयास गरिँदै जान आवश्यक छ। निर्यात प्रबद्र्धनका लागि हरेक प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गरी बृहत् उत्पादन गर्न आवश्यक छ। तर ७५३ स्थानीय तहमा पालिकास्तरीय औद्योगिकग्राम स्थापना गरी औद्योगिक उत्पादन बृहत्रूपमा गर्न खाँचो छ। चीनको सेज र जापानको ओभिओपीमा गरिएको औद्योगिकीकरण प्रयास संसार प्रसिद्ध छ। दूरगामी सोच नभएर उत्पादन र ब्रान्डिङ गर्न नसक्दा दिगो निकासी प्रबद्र्धनका प्रयास विफल भए। ओभिओपीको धारणा देशमा २०६३।६४ मा सुरु भएको थियो। यसले ४३ जिल्ला ओगट्न सक्छ।

बैंक तथा वित्तीय संस्थाले ध्यान दिई उत्पादन लागत कम गर्ने, गुणस्तरीय उत्पादन र सरल तरिकाले सुपथ मूल्यमा सामान उपलब्ध गर्ने हो भने आन्तरिक बजेटका साथै निकासीमा समेत सकारात्मक प्रभाव पर्न सक्छ। २०७९।८० को पहिलो सात महिनाको अर्थतन्त्रको व्यापारिक चित्रणतर्फ नियाल्दा २०७९।८० को माघ महिनासम्म कुल वैदेशिक व्यापारमा २०.८४ प्रतिशतले कमी आइ यो सात महिनामा निर्यात सब भन्दा बढी २९.०३ प्रतिशतले घटेको छ। माघ २०७९ मसान्तसम्म आयातमा भने १९.९ प्रतिशतले कमी आएको छ। २०७९ माघसम्म देशले ८ खर्ब २५ अर्ब ७३ करोड रुपियाँ व्यापार घाटा बेहोरेको देखिन्छ। २०७९ माघ मसान्तसम्म पौने २ खर्बको इन्धन आयात भएको छ। २०७९ माघ मसान्तसम्म नेपालबाट सबै भन्दा धेरै १३ अर्ब ९२ करोड ६७ लाख बराबरको पाम तेल निर्यात भएको छ भने ८ अर्ब २७ करोडको सोयाबिन तेल निर्यात भएको छ। यस्तै रु. ४ अर्ब भन्दा बढीको अलैँची र २ अर्बभन्दा बढीको चिया निर्यात भएको छ।

आ.व.२०७९।८० को अघिल्लो सात महिनामा ९ खर्ब १९ अर्ब १६ करोडको वस्तु आयात हुँदा निर्यात भने ९३ अर्ब रु. ४३ करोडको छ। जसका कारण सवा आठ करोड खर्ब व्यापार घाटा हुन गएको छ। तथापि आ.व. २०७९।८० मा १८.७१ प्रतिशतले कमी आएको छ। २०७९ माघ मसान्तसम्म नेपालको कुल १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख बराबरको वैदेशिक व्यापार भएको छ। यस सात महिनामा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.७७ प्रतिशत र निर्यातको हिस्सा ९.२३ प्रतिशत मात्र भएको देखिन्छ।

माघ २०७९ मसान्तसम्म कारोबार भएको वैदेशिक व्यापारबाट रु. २ खर्ब १२ अर्ब १२ करोड ७४ लाख भन्सार राजस्व उठेको छ। २०७९।८० माघ मसान्तसम्म भारतबाट रु. ५ खर्ब ७० अर्ब ९६ करोड ९७ लाख बराबरका आयात भएको छ। तर ६६ अर्ब भन्दा बढीको सामान भारतमा नेपालबाट निर्यात भएको छ। भारतसँग मात्र नेपालको व्यापार घाटा ५ खर्ब ४ अर्ब ७४ करोडभन्दा बढीको रहेको छ।

आर्थिक वर्ष २०७८।७९ मा नेपालमा १६४ देशबाट रु. १९ खर्ब २१ अर्ब भन्दा बढीको सामान आयात भएको छ। भारतबाट २०७८।७९ मा नेपालले रु. १२ खर्ब १५ करोड २७ लाख भन्दा बढीको सामान आयात गरेको थियो। रु. १२ खर्ब भन्दा बढीको सामान आयात हुँदा १ खर्ब ५५ अर्ब २२ करोड ३० लाख बराबरका सामान निर्यात भएको थियो। नेपालले भारतसँग मात्र २०७८।७९ मा रु. १० खर्ब ४४ अर्ब ९३ करोड ४ लाखभन्दा बढीको व्यापार घाटा बेहोरेको थियो।

भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ। २०७८।७९ मा चीनबाट रु. २ खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख बराबरको आयात भएकोमा रु. ८० करोड ८७ लाख ५४ हजार बराबरको मात्र सामान निर्यात हुँदा चीनसँग रु. २ खर्ब ७३ अर्ब ९७ करोड ४९ लाख बराबरको व्यापार घाटा भएको थियो। चीनसँगको आयातसंँगै निर्यात वृद्धि हुँदै आएको छ। २०७८।७९ मा नेपालले रु. २ खर्ब ३० करोड ९६ लाख बराबरको स्वदेशी कुल वस्तु निर्यात गरेको थियो। २०७७।७८ मा नेपालले रु. १ खर्ब ४१ अर्ब १२ करोड ४० लाखको निर्यात गरेको थियो। २०७७।७८ को तुलनामा २०७८।७९ मा आयात २४.७२ र निर्यात ४१.७४ प्रतिशतले वृद्धि भएको देखिन्छ।

आयातको तुलनामा न्यून मात्रामा निर्यात हुँदा नेपालको व्याापार घाटा वृद्धि भएको थियो। २०७७।७८ को तुलनामा २०७८।७९ मा २३ प्रतिशतले व्यापार घाटा वृद्धि भएको देखिन्छ। २०७८।७९ मा देशको व्यापार घाटा रु. १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख पुगेको थियो। आ.व. २०७७।७८ मा व्यापार घाटा रु. १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख बराबरको थियो। २०७८।७९ मा नेपालले २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो तर २०७७।७८ को तुलनामा २६.१५ प्रतिशतले बढी रहेको छ। २०७७।७८ मा नेपालले १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो।

कृषिप्रधान देशमा रु. २ खर्ब ५० करोडको खाद्यान्न आयात हुनु हीनताबोधको विषय भएको छ। २०७८।७९ मा वार्षिक बजेट भन्दा झण्डै रु. ३ खर्ब बढीको आयात, १७ खर्बको बढीको व्याापार घाटा रहेको देखिन्छ। एक वर्षको अवधिमा नेपालले १९ खर्ब २० अर्बको आयात गरेको देखिन्छ। २०७८।७९ को वार्षिक बजेट नै १६ खर्ब ३२ अर्बको थियो। २०७८। ७९ मा व्यापार घाटा १७ खर्ब २० अर्बको रहेको छ। २०७८।७९ मा नेपालको सबभन्दा बढी इन्धनको आयातमा खर्च भएको छ। एक वर्षको अवधिमा नेपालले रु. ३ खर्ब ८३ अर्बभन्दा बढीको इन्धन आयात गरेको छ। नेपालले इन्धनपछि सबभन्दा बढी खाद्यान्न, फलामजन्य सामग्री, इलेक्ट्रोनिक वस्तु आयात बढी गरेको छ।

व्यापार घाटा सब भन्दा बढी भारतसँग भएको छ। नेपालले भारतबाट १२ खर्ब १५ करोडको सामान आयात गरेको छ। भारतबाट १२ खर्बभन्दा बढी सामान आयात हुँदा केवल ५५ अर्ब २२ करोड बराबरको सामान मात्र भारतर्फ निर्यात भएको छ। भारतसँग मात्र १० खर्ब ४४ अर्ब ९३ करोड भन्दा बढीको व्यापार घाटा बेहोरेको छ। भारतपछि चीनसँग २ खर्ब ६३ अर्ब ९७ करोडको व्यापार घाटा रहेको छ। एक वर्षमा नेपालको २१ खर्ब २० अर्ब ४७ करोेडको वैदेशिक व्यापार रहेको छ। आ.व. २०७७।७८ मा नेपालले १६ खर्ब ८० अर्ब १७ करोडको वैदेशिक व्याापार गरेको थियो।

(लेखक निकासीमा विद्यावारिधि हुन्।)  

प्रकाशित: १ चैत्र २०७९ ००:२६ बुधबार

कोरोनापछिको व्यापार व्यापार घाटा उच्च आयात निर्यातमा ठूलो अन्तर