विचार

हैजाप्रति सावधानी

विकसितमुलुकमा हैजाका किटाणु भेटिनु सार्वजनिकलज्जाको विषयहो। राजधानीजस्तो ठाउँमा अहिलेको युगमापनि हैजाका किटाणु छन् भन्ने थाहाहुँदाआश्चर्य मानिन्छ। काठमाडौं उपत्यकामा ८४ वर्षदेखि निरन्तर हैजाका बिरामी भेटिएको तथ्य छ, जुनवर्ष शुक्रराज ट्रपिकल अस्पताल खुलेको थियो। हैजाकालागि नेपालकतिसम्मबदनाम छ भने हैटीमा यसको संक्रमण हुँदा समेत नेपालको बदनामभयो। त्यो बेलानेपाल सरकारले आरोपको प्रतिरक्षासम्मगर्न सकेन। जाजरकोटमापाँचवर्षअघि हैजाले करिब ४ सय मानिसको ज्यानलिएको थियो। स्वास्थ्य क्षेत्रको त्यो कलंक वर्षौंसम्म मेटिन सकेको छैन।हैजाले त्यतिकामानिसको जीवनलिँदाचार महिनासम्म 'अज्ञात रोग'का रुपमा चित्रण गरिएको थियो। हरेक वर्षजसो उपत्यकालगायत देशकाविभिन्न ठाउँमा वर्षायाममा हैजा फैलन्छ। कहिलेकाहीँ त त्यसलेप्रकोपकै रूप लिएर सर्वसाधारणलाई हैरानपनिपार्दैआएको छ।

यसपटक उपत्यकामाअसारमध्येदेखि देखापरेको यो संक्रमणले हालसम्मकरिब डेढ सयजनालाई असर पारेको छ। यो संख्या बढ्न सक्ने अस्पताल तथाचिकित्सकअनुमानगरिरहेका छन्।बिरामीमध्ये सबैभन्दा बढी १५ देखि ३५ वर्ष उमेरभित्रका छन्। यो कामकाजीतथाअध्ययनगर्नेवानिकै व्यस्त रहने वर्ग हो। प्रायः घरबाहिर खानेकुरा खाने उमेर समूहपनियही नै हो। खराबतथाप्रदूषितपानी र फोहोर खानेकुराकाकारण यो रोग लाग्छ। पानीमात्रै शुद्ध पिउन सक्दापनि यो रोग लाग्ने सम्भावनाकम हुन्छ। हैजाका बिरामी बढ्न थालेपछि सम्बद्ध क्षेत्रमायसको कारणको खोजीस्वरूपविशेष नमूना परीक्षण गर्दा ट्यांकर, जार तथा ढुंगेधाराको पानीमा हैजाका किटाणु भेटिएको छ। उपत्यकामापानीकामूलस्रोत भनेका यिनै हुन्।अब यो स्रोतमै हैजाका किटाणु फेला परिसकेपछि संक्रमण फैलने आशंका बढ्ने नै भयो। समयमाउपचार हुन सक्दा यो रोगले खासै असर गर्दैन, केहीदिनमै बिरामीतन्दुरुस्त हुन्छ  र नियमितकाममाफर्कन सक्छ।

नेपालमा सरकारी ढुकुटीबाट सबैभन्दा बढी बजेट खर्च हुने क्षेत्रमध्ये  स्वास्थ्यपनि एक हो। तर, त्यसको सदुपयोग हुननसक्दाप्रभावकारी असर परेको छैन।स्वास्थ्यसम्बद्ध सरकारी निकायकाअनियमितता, ढिलासुस्तीतथा गैरजिम्मेवार व्यवहारबाट पनि सर्वसाधारण हैरान छन्। हैजाजस्ता संक्रमणकारी रोगबाट सर्वसाधारणलाई जोगाउनस्वास्थ्यबारे जनचेतनामाध्यानदिनु आवश्यक छ। हैजा रोग लागेका बिरामीमातीव्र जलवियोजनहुने हुनाले समयमाउपचार हुननसक्दाज्यानै जान सक्छ। राजधानीजस्तो तुलनात्मकरूपमा सुविधासम्पन्न स्थानमा त बर्सेनि हैजाले सयौँ मानिसलाई प्रभाव पार्छ भने दुर्गम भेगमायसको असर कस्तो होला! कतिपय गाउँठाउँमा त अहिले पनि हैजालाग्दापानीखानदिनु हुन्नभन्ने मान्यताकायमै छ।यसकारण पनि यो रोगबाट विरामीको मृत्युसमेत हुने गरेको छ। सहजउपचारको व्यवस्थानहुँदा हैजाकाकारण अकालमाज्यानगुमाउनु हाम्रो देशमा'नियमितआकस्मिकता'बनेको छ।

उपत्यकामापानीको अभाव चरम छ। दशकौँदेखि काकाकुलको नियतिभोग्दै आएका राजधानीबासीलाई अझै पनि मेलम्चीको पानीले लोभ्याइरहेको छ। राजनीतिका खेलाडीहरूलेमेलम्चीको पानीको सपनावितरण गरेर भोट माग्नथालेको पनिअब त अढाइ दशकभइसकेको छ। राजधानीबासीले त्यो पानी स्पर्श गर्न अझै पनिकम्तीमा एक वर्ष कुर्नुपर्ने सरकारी आश्वासन छ। जतिसक्दो चाँडो उक्तपानीप्रशोधन गरेर वितरण गर्न सक्दापानीजनित रोगको संक्रमण कमहुन्थ्यो। कतिपयउपभोक्ताले पैसा तिरेर जार तथा ट्यांकरको पानीप्रयोग गर्दै आएका छन्। तर, त्यहीपानीपनि असुरक्षितपाइनुले उपभोक्ता रनभुल्लमा परेका छन्।अबउपभोक्तालाई जार वा 'शुद्ध पिउने पानी'भनी लेखिएको ट्यांकरको पानी सीधाउपयोग नगर्न सचेत तपार्नुपर्छ नै साथमापानीलाई कसरी पिउनयोग्यबनाउन सकिन्छ भन्नेबारे पनि चेतना फैलाउनु आवश्यक देखिएको छ।

पानीव्यवसायमाथि सरकारले तत्कालकडा मापदण्ड बनाएर निरन्तर निगरानीगर्नुपर्ने आवश्यकता छ। बिक्रीगरिने पानीको गुणस्तरकालागि सरकारले अनुगमनलाई नियमिततथा कडा पार्नु जति जरुरी छ, त्यति नै होटेल तथा बाटाघाटामा बेच्न राखिने खानेकुराको गुणस्तर परीक्षण गरिनु पनिअत्यावश्यक छ। पानीउमालेर पिउने वाहातधोएर खाने गर्दामात्र हैजा नियन्त्रण हुने अवस्थाअब छैन। राम्रोसँग उमालेको पानीमात्रप्रयोग गर्ने, राम्ररी नपाकेकातथा नछोपिएकावाझिंगाभन्केकाखानेकुरा नखाने,खानेकुरा खाने भाँडा सफा र ओभानो पार्नेअनिखानेकुरा बनाउने व्यक्तिको सफाइजस्ताविषयमाचेतनामूलकजानकारी प्रभावकारी माध्यमबाट प्रसारित गर्न आवश्यक छ। नेपालले हैजाउन्मूलनगर्न सकेको दिननिश्चय नै यसको इज्जतहुनेछ। यस्तो अवस्थाले चरम पछौटेपनको संकेत मात्र गर्छ। स्वच्छता र सफाइमाध्यानदिन सकेमात्रअपेक्षित सफलताहासिलहुन सक्छ।

प्रकाशित: २३ भाद्र २०७३ ०४:२४ बिहीबार

हैजाप्रति सावधानी