प्रदूषण मानवीय जीवनका लागि एउटा ठूलो समस्या बन्दै गएको छ। यसका धेरै कारण छन्। हावामा प्रदूषणको एउटा कारण प्राकृतिक रूपमा उड्ने धूलो मानिन्छ। कलकारखानाको परिचालन या जंगलको डढेलोबाट तमाम किसिमका हानिकारक कण हावामा दाखिल हुन्छन् जसले पर्यावरणमा प्रदूषण फैलिरहन्छ। जब जङ्गलमा आगो लाग्छ त्यसबाट वनजङ्गल डढेर खरानी हुन्छ र यही खरानी जब हावामा मिसिन्छ अनि प्रदूषण फैलिन्छ।
दोस्रो सबैभन्दा ठूलो कारण अवादी बढ्नु एवम् मानिसलाई खाने पिउने र आवतजावत गर्नका लागि साधन उपलब्ध गराउनु जसका कारण स्कुटर, कारहरू एवम् तिनको उपयोगमा वृद्धि हुनु, थर्मल प्लान्ट बढ्नु, कारहरूको गति बढ्नु प्राकृतिक पर्यावरणमा परिवर्तन हुनु हो। आवादी बढ्नाले प्रदूषण पनि धेरै द्रुत रूपमा बढ्दो छ। प्रदूषण चाहे पानीका कारणले होस् वा हावाको कारणले, यसले मानवीय स्वास्थ्यलाई बर्बाद गरेको छ। यस प्रदूषणका कारण कसैलाई क्यान्सर, कसैलाई चिनी वा हृदयरोग हुने गरेको छ।
वायु प्रदूषण एउटा यस्तो प्रदूषण हो जसका कारण दिन/प्रतिदिन मानवीय स्वास्थ्य बिग्रँदो छ अनि पर्यावरणमा पनि यसको नराम्रो प्रभाव पर्दोछ। यो प्रदूषण ओजोनको तहलाई पातलो गर्नमा मुख्य भूमिका निर्वाह गर्दछ जसका कारण जसै हामी घरबाहिर पाइला राख्छौँ, हामी अनुभूति गर्न सक्छौँ कि हावा कति हदसम्म प्रदूषित भइसकेको छ।
धुवाँको मुस्लोलाई हामी, बसहरू, स्कुटरहरू, कारहरूएवम् कलकारखानाहरूको चिम्नीबाट निस्किराखेको सजिलै देख्न सक्छौँ। थर्मल पावर प्लान्टसहरूबाट निस्किने फ्लाइ ऐस हावामा फैलिने खरानीका कारण कसरी हावालाई प्रदूषित गरिराखेको छ, यिनले कसरी प्रदूषण बढाइराखेका छन्, चुरोटको धुवाँले पानी, हावालाई प्रदूषित गर्न पछि पर्दैन। वायुलाई प्रदूषित गर्नेखाले प्रदूषक बढी हुन्छन्। त्यहाँ आँखा पोल्ने, छातीदुख्ने एवम् खोकी लाग्ने सामान्य मानिन्छ। केही मानिस यसलाई अनुभूति गर्दछन् भने केहीले गर्दैनन्।
यसका कारण सास फुल्न थाल्छ। अन्जायना (एक हृदयरोग) वा अश्यमा (फोक्सोको एक रोग) वा अचानक स्वस्थ्य अवस्था बिग्रनु पनि वायु प्रदूषणको संकेत मानिन्छ। जसै जसै वायुमा प्रदूषण निखिँ्रदै जान्छ, स्वास्थ्य पनि ठीक हुँदै जान्छ। केही मनिस निकै कमलोखाले हुन्छन् जसमाथि वायु प्रदूषणको प्रभाव धेरै छिटो र कडाखाले हुन्छ भने केही मानिसमा ढिलो देखिन्छ। केटाकेटीहरू बूढापाकाहरू भन्दा बढी नाजुक हुन्छन्। यसैले तिनमा वायु प्रदूषणको प्रभाव अधिक पर्छ एवम् बिरामी पर्छन्। बढी वायु प्रदूषण भएका बेला बालबालिकालाई घरभित्र राख्नु बुद्धिमानी हुन्छ जसले गर्दा वायु प्रदूषणबाट बचाउन सकियोस्।
वायु प्रदूषण एवम् यसका आधार
कार्वन मनोअक्साइड
यो एउटा अधकल्चो कार्वन हो जुन पेट्रोल, डिजेल इन्धन एवम् काठदाउरा बाल्दा उत्पन्न हुन्छ। यो सिगरेटबाट पनि उत्पन्न हुन्छ। यसले शरीरमा अक्सिजनको कमी गराउँछ जसले गर्दा हामी निद्रामा अप्ठ्यारो अनुभूति गर्छौ।
कार्बनडाइअक्साइड
यो एक प्रकारको हरित गृह ग्यास हो। जुन कोइला, तेल एवम् प्राकृतिक ग्यास जलाउनाले कार्बनडाइअक्साइड ग्यास उत्पादन हुन्छ।
क्लोरोफ्लोरो कार्बन
यो ओजोन नष्ट गर्नेखाले एक प्रकारको रसायन हो। जब यसलाई एयर कन्डिसिनिङ एवम् रेफ्रिजेरेटरका लागि उपयोग गरिन्छ तब यसका करण हावामा मिसिएर हाम्रो वायुमण्डलको समताप मण्डलसम्म पुग्छ र अन्य ग्याससँग मिसिएर ओजोन तहलाई क्षति पुर्याउने गर्छ। यही ओजोन तह जसले जमिनमा जीवजन्तुहरू एवम् वनस्पतिहरूलाई सूर्यको नोक्सानबाट पुर्याउने परावैजनी किरणहरूबाट बचाउँछ। यही कारणले होला क्लोरोफ्लोरो कार्बन मानव एवम् अन्य जैविक जगत्का लागि धेरै घातक मानिन्छ।
सिसा, डिजेल, पेट्रोल, ब्याट्री पेन्ट एवम् हेयर डाइमा पाइन्छ। सिसाले खासगरी बालबालिकाहरूलाई प्रभावित गर्छ। यसबाट मस्तिष्क एवम् पाचनक्रिया खराब हुने गर्दछ। यसको दुष्प्रभावले क्यान्सर पनि हुन सक्छ।
ओजोन तह वायुमण्डलमा समताप मण्डलको सबैभन्दा माथिल्लो तह मानिन्छ। यो एउटा विशेष एवम् महत्वपूर्ण ग्यास मानिन्छ। यसको काम सूर्यलाई हानि पुर्याउने परावैजनी किरणहरूलाई भूमिको सतहमा पुग्नबाट रोक्नु मानिन्छ। फेरि पनि जमिनी सतह धेरै दूषित छ एवम् जहरिलो पानी कलकारखानाहरूबाट ओजोन ठूलो मात्रामा निस्कन्छ। यसले गर्दा आँखामा पानी आउँछ, पोल्छ पनि।
नाइट्रोजन अक्साइड
यसका कारणले धमिलो एवम् अम्लीय वर्षा हुने गर्दछ। यो ग्यास पेट्रोल, डिजेल एवम् कोइला बाल्दा निस्कन्छ। यसबाट बालबालिकाहरूलाई धेरैखाले रोगव्याधि हुन्छन् जुन जाडो मौसममा देखिन्छ।
निलम्बित अभिकणीय पदार्थ
यो हावामा ठोस धुवाँधुलोको कणका रूपमा हुन्छ जुन एउटा खास समयसम्म रहिरहन्छ। जसका कारण फोक्सोलाई नोक्सानी पुर्याउँछ एवम् सास फेर्न गाह्रो हुन्छ।
सल्फरडाइअक्साइड
जब कोइलालाई थर्मलप्लान्टमा जलाइन्छ त्यसबाट जुन ग्यास निस्किन्छ त्यही हो सल्फरडाइ अक्साइड। धातुलाई गलाउन एवम् कागजलाई तयार गर्दा निस्कने ग्यासहरूमा पनि सल्फर अक्साइड हुन्छ। यो ग्यास तुवाँलो उत्पन्न गराउन एवम् अम्लीय वर्ष गराउन अति सहयोगी मानिन्छ। सल्फरडाइअक्साइडका कारण फोक्सोजन्य रोग व्याधि लाग्ने खतरा बढेर जान्छ।
वायु प्रदूषणबाट कसरी बच्ने?
सरकारले यस्तो नीति बनाओस् जसले कर्मचारी घरमै बसी काम गरुन्, एक सप्ताहमा एक दिनमा कार्यालय आउन्। अहिले सूचना प्रविधि आउनाले यो सम्भव पनि छ। धेरैधेरै साइकल प्रयोग गरौँ। सार्वजनिक परिबहन सेवा उपयोग गरौँ। बालबालिकालाई निजी कारमा राखी स्कुल पुर्याउनुको साटो स्कुल पारबहन सेवामा जान प्रोत्साहित गरौँ। आफ्नो घर/परिवारबीच कारपुल बनाउने अनि बाहिर कामले निस्कन पूरै एउटै सवारी साधन प्रयोग गर्ने। यसबाट इन्धनको खपत कम हुनेछ एवम् प्रदूषण पनि कम हुनेछ। आफ्नो घर वरिपरिका बोटबिरुवाको हेरचाह राम्रेसित गर्ने। आवश्यक नपरेका बेला बिजुली बत्ती नबाल्ने, कुलर, पंखा, एयर कन्डिसनरहरू आवश्यक परेमात्र चलाउने अन्यथा बन्द राख्ने। घरको आँगन करेसाबारीमा भएका झारपात सुकेका छन् भने नबाल्नुहोस् बरु कम्पोस्ट मल बनाउनु बेस। आफ्नो सवारी साधनको प्रदूषण परीक्षण प्रत्येक तीन महिनामा गर्ने। केबल सिसामुक्त पेट्रोलमात्र प्रयोग गर्ने। बाहिरको दाँजोमा घरभित्र प्रदूषण कम हुने गर्दछ त्यसैले जब प्रदूषण बढी हुने बेला घरमा नै बस्नूस्।
यस्तो भयो भने लकडाउन घोषणा गर्नु नै पर्ने भन्ने छैन। किनकि हिजो बचेका थियौँ र पो आज छौँ। आज बचे न भोलि रहौँला नत्र भोलि कसले पो देखेको छ र बाँचौँला। त्यसैले पर्यावरणमा प्रदूषण हुने सबैखाले प्रदूषण न्यूनीकरण एवम् नियन्त्रण कार्यमा हामी आफैँ पनि सक्रिय सहभागी होऔँ, अरूलाई पनि अभिप्रेरित गरौँ। सरकारी निकायको काम त त्यही एउटा विज्ञापन निकाल्नु अनि सचेतनाका लागि वर्षदिनमा वातावरण दिवस मनाउन प्रभातफेरी निकाल्नुसम्म त हो।
प्रकाशित: १८ पुस २०७९ ००:२० सोमबार