मुख्य समाचार

प्रधानमन्त्रीमा उम्मेदवारी नदिने एमालेको निर्णय

काठमाडौं–नेकपा एमालेले प्रधानमन्त्री पदमा उम्मेदवारी नदिने निर्णय गरेको छ। मंगलबार बसेको स्थायी कमिटीको बैठकले भर्खरै प्रधानमन्त्रीबाट राजीनामा दिएको दलले पुन उम्मेदवारी दिनु उचित नहुने निष्कर्ष निकाल्दै प्रधानमन्त्रीमा उम्मेदवारी नदिने निर्णय गरेको हो।

तर, एमालेले प्रधानमन्त्रीका उम्मेदवार प्ष्पकमल दाहालको विपक्षमा मतदान गर्ने निर्णय गरेको उपमहासचिव घनश्याम भुसालले जानकारी दिए।

यसअघि एमालेले दाहालका विरुद्ध उपाध्यक्ष बामदेव गौतम तथा संसदीय दलका उपनेता सुवाष नेम्वाङमध्ये एकजनालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने चर्चा थियो। तर अन्तिम अवस्थामा  बसेको स्थायी कमिटीको बैठकले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने निर्णय गरेको हो।

माओवादी अध्यक्ष दाहालले मंगलवार नै प्रधानमन्त्रीमा उम्मेदवारी दर्ता गराइसकेका छन्। बुधबार हुने प्रधानमन्त्रीको निर्वाचनमा  दाहाल प्रधानमन्त्री बन्ने निश्चित प्राय भएको छ।

 

प्रकाशित: १८ श्रावण २०७३ ०६:२८ मंगलबार

प्रधानमन्त्रीमा उम्मेदवारी नदिने एमालेको निर्णय