अन्तर्राष्ट्रिय

अमेरिकामा फेरी अर्को गोलीकाण्ड, तीन जनाको मृत्यु

अमेरिकामा फेरी अर्को गोलीकाण्ड भएको छ। यहाँको ओक्लाहमाको एक अस्पताल क्याम्पसमा भएको हमलामा तीन जनाको मृत्यु भएको छ।

बुधबार ओक्लाहमाको एक अस्पताल क्याम्पसमा गोली प्रहार भएको थियो। एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका थिए। सो गोली प्रहारमा परी तीन व्यक्तिको ज्यान गएको यहाँका अधिकारीले जनाएका छन्।

सो अस्पतालको नातालि मेडिकल भवनमा एकजना व्यक्तिले गोली चलाएको थियो। सेन्ट फ्रान्सिस् अस्पताल क्याम्पसमा बुधबार गोली चलेको तुल्सा प्रहरी विभागले जनाएको छ।

सो विभागका अनुसार गोली चलाउने व्यक्तिको पनि ज्यान गएको छ। केही दिन अघिमात्र पनि अमेरिकाको टेक्सास राज्यको एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा परेर २१ जनाको ज्यान गएको थियो। 

प्रकाशित: १९ जेष्ठ २०७९ ०६:२३ बिहीबार

अमेरिका गोलीकाण्ड सेन्ट फ्रान्सिस् अस्पताल क्याम्पस