अन्तर्राष्ट्रिय

उत्तरी भारतमा विवाह समारोह हेरिरहेका १४ जनाको मृत्यु

तस्बिर: एएनआई

उत्तरी भारतमा एक विवाह समारोहको क्रममा दुर्घटनावश इनारमा खसेर १३ महिला र एक बालिकाको मृत्यु भएको प्रहरीले बिहीबार जनाएको छ। उत्तर प्रदेश राज्यको कुशीनगरमा रहेका वरिष्ठ प्रहरी अधिकारी अखिल कुमारले भने, पीडितहरू बुधबार इनार छोप्ने फलामको स्ल्याबमा बसिरहेका थिए।

जिल्ला अधिकारी एस राजलिंगमले इनार पुरानो भएकाले किनारको ढकनीले बस्नेहरुको तौल खप्न नसकेपछि पीडितहरू तल खसेका र भग्नावशेषमुनि दबिएका बताएका छन्। गाउँमा विवाह समारोहमा सहभागी हुन महिला र बालबालिका भेला भएका थिए।

प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनालाई ‘हृदयविदारक’ भएको बताएका छन्। स्थानीय प्रशासन सहयोगमा संलग्न रहेको उनले ट्वीटमार्फत बताएका छन्। भारतीय विवाहहरू प्रायः ठूलो संख्यामा पाहुनाहरू आउने र धेरै दिनसम्म चल्ने भव्य समारोहको रुपमा मानिन्छ। सन् २०१७  मा उत्तरपश्चिमी राज्य राजस्थानमा एक विवाह समारोह भईरहेको अवस्थामा आएको आँधीबेहरीको क्रममा पर्खाल भत्किँदा २४ व्यक्तिको मृत्यु भएको थियो। 

प्रकाशित: ५ फाल्गुन २०७८ १०:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App