अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन्। अफगान अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति घानीले विद्रोही संगठन तालिबानको धम्की पछि देश छाडेको बीबीसीले उल्लेख गरेको छ।
तालिबान लडाकु समूह राजधानी काबुलनजिकै पुगेका बेला यस्तो विवरण सार्वजनिक भएको हो। अफगान उपाराष्ट्रपति पनि भागेको हुनसक्ने बताइएको छ।
दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू तालिबान लडाकुहरूअघि झुकेको अवस्थामा गनीले राजीनामा दिनुपर्ने दबाबमा थियो।
प्रकाशित: ३१ श्रावण २०७८ १४:२८ आइतबार