अन्तर्राष्ट्रिय

भारतमा कोरोना संक्रमितको संख्या घट्दै

कोरोना कहरको दोस्रो लहरमा सबैभन्दा बढी प्रभावित भएको भारतको राजधानी दिल्ली र मुम्बईमा पछिल्लो केही सातायता सुधार भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। हालसम्म भारतमा २ करोड ६७ लाख कोरोना संक्रमित भईसकेका छन्। मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ।  

भारतमा नयाँ भेरियन्ट देखिएसंगै संक्रमित र मृतकको संख्यामा ह्वात्तै बृद्धि भएको थियो। सबैभन्दा प्रभावित शहरमध्ये दिल्ली र मुबईमा भने संक्रमित र मृतकको संख्यामा भने केही सुधार भएको हो। भारतमा रहेको मृतकको र संक्रमितको संख्या विश्वकै सर्वाधिक हो। सबैभन्दा बढी जनसंख्या रहेको दिल्ली र मुम्बई जस्ता शहरमा स्रक्रमितको संख्यामा कमी भएपछि दोस्रो लहरबाटै केहि राहत भएको देखिन्छ।  

पछिल्लो १० दिनमा भारतको संक्रमितको संख्या दश लाखले घटेको भारतीय सञ्चारा माध्यमले जनाएको छ। पछिल्ला साताहरुमा दैनिकी ४ लाख संक्रमित भइरहेका थिए। दैनिकी ४ हजार बढीका मृत्यु समेत भईरहेको थियो। केही दिन यता भने संक्रमितको संख्या घटेर करिब २ लाख पचास हजार रहेसगैँ ज्यान गुमाएको संख्यामा केही सुधार भएको जनाएको छ। दिल्ली र मुंबईमा सुधार देखिएता पनि दक्षिण भारतमा भने स्थितिमा सुधार भएको देखिदैँन। 

प्रकाशित: १० जेष्ठ २०७८ ०८:०२ सोमबार

भारतमा संक्रमितको संख्या घट्दै