अन्तर्राष्ट्रिय

भारतमा महिला न्यायाधीश भेटिइन् सारीकाे पासाे लगाएकाे अवस्थामा मृत

भारतको छत्तीसगढ राज्यको मुंगेली जिल्ला एवं सत्र न्यायाधीश कान्ता मार्टिन झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।  

प्रहरीका अनुसार न्यायाधीश मार्टिन आइतबार सरकारी निवासभित्रै सारीको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएकी हुन्।  

दैनिक भास्करका अनुसार आत्महत्याको आशंका गरिए पनि उनले किन त्यसो गरिन् भन्ने प्रस्ट भएको छैन भने घटनास्थलमा सुसाइड नोट पनि भेटिएको छैन।  

मुंगेलीका एसपी अरविन्द कुजुरले ती न्यायाधीश एक्लै बस्ने गरेको र एक्लोपनाका कारण उनी डिप्रेसनमा रहेको प्रारम्भिक जानकारी पाइएको बताएका छन्।

आइतबार बिहान ९ बजे उनी बस्ने सरकारी निवासमा उनका भान्से पुगे, तब ढोका लगाइएको थियो। त्यसपछि ती भान्सेले घण्टी बजाए। धेरै बेर घण्टी बजाउँदा पनि ढाको नखोलिएपछि उनले फोन पनि गरे तर उठेन। त्यसपछि उनले वरपरका अदालतका अधिकारीलाई यसबारे जानकारी दिए।  

घटनाको खबर पाउनासाथ एसपी कुजुर प्रहरी टोली लिएर घटनास्थल पुगे र झ्यालबाट टर्च बालेर हरे। भित्र न्यायाधीश मार्टिन झुन्डिएको अवस्थामा देखिइन्। त्यसपछि प्रहरीले ढोका फोरेर उनको शव तल झारे।  

प्रहरीका अनुसार न्यायाधीश मार्टिनका पति डेढ वर्षअघि नै बितेका थिए। उनका दुई छोरा पनि एउटा रायपुर र अर्का दिल्लीमा बस्छन्। कान्ता मार्टिन २०१९ जुलाईदेखि मुंगेली जिल्लाको न्यायाधीश एवं सत्र न्यायाधीश बनेकी थिइन्।  

प्रकाशित: ३० कार्तिक २०७७ १५:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App