अन्तर्राष्ट्रिय

लद्दाख झडपपछि बोलचालसमेत नगरेका मोदी र सी पहिलोपटक आमनेसामने हुँदै

फाइल तस्बिर : भारतका प्रधानमन्त्री मोदी र चीनका राष्ट्रपति सी

पछिल्लो समय सीमा क्षेत्र लद्दाखमा दुई देशबीच तनाव सुरु भएयता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले र चीनका राष्ट्रपति सी चिनफिङ पहिलोपटक आमनेसामाने हुँदै छन्।  

भारतको अंग्रेजी अखबार इन्डियन एक्सप्रेसका अनुसार आउने नोभेम्बर १७ मा हुने ब्रिक्स भिडिओ कन्फ्रेन्समा दुवै नेता सहभागी हुने भएका हुन्।

रुसले सोमबार ब्रजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाबीच १२औं ब्रिक्स सम्मेलन भर्चुअल माध्यमबाट हुने घोषणा गरेको हो।  

पछिल्ला ६ वर्षमा कम्तीमा १८ पटक भेट गरेका मोदी र सीबीच सीमा विवाद भएयता बाेलचालसमेत भएको छैन।  

नोभेम्बर १७ अगाडि यी दुई नेताबीच कुनै बैठक वा फोनवार्ता हुने कुनै कार्यक्रम तोकिएको छैन।

स्रोतलाई उधृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ– ‘तर उनीहरूबीच संवाद हुँदैन भन्न सकिन्न।’

 

यो पनि पढ्नुहोस्

भारतीय वायुसेना प्रमुखको चेतावनी : चीनले निहुँ खोज्यो भने गतिलो जवाफ पाउनेछ

 

प्रकाशित: २० आश्विन २०७७ ०९:२७ मंगलबार

चीन-भारत