अन्तर्राष्ट्रिय

भारतीय सेनाले गस्ती गर्ने १० स्थान चिनियाँ सेनाकाे कब्जामा

भारत–चीन सीमा पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) अन्तर्गत भारतीय सेनाले गस्ती गर्ने कम्तीमा १० स्थान चीनका सेनाले कब्जा गरेको भारतको अंग्रेजी अखबार द हिन्दुले जनाएको छ।  

पेट्रोलिङ प्वइन्ट्स भनिने ती ठाउँमा चिनियाँ सेनाले भारतीय सेनालाई जान रोक लगाएको द हिन्दुमा प्रकाशित खबरमा उल्लेख छ।  

भारतका एक वरिष्ठ सैन्य अधिकारीका अनुसार उत्तर देपसाङदेखि दक्षिण पाङगोङ त्सो तालसम्म ती प्वइन्ट्स पर्छन्। जहाँ अपरिभाषित एलएसीको सीमा समाप्त हुन्छन् र भारतीय सेनाले आफ्नो बेस क्याम्प राखेर गस्ती गर्छन्।  

तर चिनियाँ सेनाले कब्जा गरेका कारण अप्रिलयता ९, १०, ११, १२, १२ ए, १३, १४, १५, १७, १७ ए प्वइन्ट्समा भारतीय सेना जान सकेका छैनन्।

यही विषयमा बिहीबार भारतका रक्षामन्त्री राजनाथ सिंहले राज्यसभालाई सम्बोधन गर्दै चिनियाँ सेनाले आफ्नो देशका सेनालाई गस्ती जान अवरोध गरेकै कारण झडपको स्थिति आएको बताएका थिए। उनले चिनियाँ सेनाले सीमा क्षेत्रका धेरै स्थानमा अतिक्रमण गरेको आरोप पनि लगाएका थिए।  

साथै रक्षामन्त्री सिंहले भारत चीनसँग कदापि नझुक्ने र जुनसुकै चुनौती सामना गर्न तयार रहेको चेतावनीसमेत दिएका थिए।

यो पनि पढ्नुहोस्

भारत–चीन तनाव : लद्दाखमा फेरि चल्याे दर्जनौं गोली

प्रकाशित: ३ आश्विन २०७७ ०८:४८ शनिबार

भारत-चीन सीमा विवाद