अन्तर्राष्ट्रिय

भारतमा कोरोना संक्रमित नेताको शव जबर्जस्ती लगेर दाहसंस्कार, सयौं सहभागी

तस्बिरहरू : बिबिसी हिन्दीबाट

कोरोना संक्रमित भारतीय जनता पार्टी (भाजपा) का नेता सतिश सिंहको अन्तिम संस्कारमा सयौं सहभागी भएपछि भारतको धनबादमा तनाव भएको छ । 

नियमअनुसार कोरोना संक्रमित मानिसको दाहसंस्कार  प्रशासनको निगरानीमा गर्नुपर्थ्याे । तर भाजपा समर्थकको समूहले धनबाद-बोकारो मुख्य सडक नै अवरुद्ध पार्दै दबाब दिएपछि प्रशासनका अधिकारी नेता सिंहको शव परिवारलाई बुझाउन बाध्य भएका हुन् । 

त्यसपछि दर्जनौं गाडीमा जुलुसहित उनको शव यात्रा निकालियो । जसमा भाजपाका विधायक राज सिन्हासहित कैयौं नेता सहभागी भएका थिए ।   दाहसंस्कार स्थलभित्र भने २० जनालाई मात्र जान दिइएको थियो तर बाहिर ठूलो भीड थियो ।  

प्रत्यक्षदर्शीका अनुसार सुरक्षाका लागि शव प्याक पनि गरिएको थिएन । यस्तै दाहसंस्कार पनि सामान्य तरिकाले गरिएको थियो । जसबाट संक्रमणको खतरा बढेको छ । अब शवयात्रामा सहभागी सबैको पहिचान गर्ने प्रयास भइरहेको छ, कोरोना जाँचका लागि ।

धनबादका डीसी उमाशंकर सिंहले सञ्चारमाध्यमसँग कुरा गर्दै यो एक ठूलो गल्ती भएको प्रतिक्रिया दिएका छन् । यस घटना अनुसन्धानका लागि एक वरिष्ठ अधिकारीलाई दिइएको छ । अन्तिम संस्कार प्रोटोकलका आधारमा हुनुपर्ने थियो ।  

स्मरणीय छ, भाजपा नेता सतिश सिंहलाई अपराधीले गोली हानी हत्या गरेका थिए । प्रशासनले नियतवश कोरोना पोजिटिभको गलत रिपोर्ट दिएको भाजपाको आरोप छ ।  बिबिसी हिन्दीबाट

प्रकाशित: ५ भाद्र २०७७ १२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App