अन्तर्राष्ट्रिय

पाकिस्तानका विदेश मन्त्रीलाई कोराना सङ्क्रमण

पाकिस्तानका विदेश मन्त्री शाह मोहम्मद कुुरेशीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ।  उनलाई लक्षणका आधारमा परीक्षण गर्दा शुक्रबार कोरोनाभाइरस देखिएको अधिकारीहरुले जानकारी दिएका छन्।

कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपनि विदेश मन्त्री कुरेशीले अलग्गै बसेर घरबाटै आफ्नो काम गर्नुहुने भएको छ। शुरुमा मलाई ज्वरो देखियो, त्यसपछि म छुट्टै बसेर कोरोना परीक्षण गराएँ, नतिजामा सङ्क्रमण देखियो, म अब सेल्फ क्वारेन्टाइनमै बस्छु र म यहीँबाटै काम पनि गर्छु, उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।  

पछिल्लो विवरण अनुसार पाकिस्तानमा दुई लाख २३ हजार ७२८ जना कोरोनाभाइरसबाट सङ्क्रमण भएका छन् भने चार हजार ५९२ जनाको मृत्यु भएको छ।  विश्वभरी सङ्क्रमणहरुको सङ्ख्याका आधारमा पाकिस्तान १२ औँ अग्रस्थानमा पर्दछ।  

प्रकाशित: २० असार २०७७ १०:३५ शनिबार

कोराना सङ्क्रमण