अन्तर्राष्ट्रिय

दिल्लीमा कोरोना संक्रमित युवाले गरे अस्पतालमै आत्महत्या

नयाँ दिल्ली – दिल्लीको सफरजंग अस्पतालमा कोरोना भाइरस(कोविड–१९)संक्रमित एक जनाले आत्महत्या गरेका छन्। हालै अस्ट्रेलियाबाट फर्केका ३५ वर्षीय युवकले अस्पतालको सातौ तलाबाट हाम फालेर आत्महत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

समाचारमा जनाइएअनुसार उनलाई बुधबार राति नै आईजीआई विमानस्थलबाट शंकास्पद बिरामीको रुपमा अस्पताल भर्ना गरिएको थियो।  चीनको वुहानबाट सुरु भएको भाइरसको संक्रमण हाल विश्वभर महामारीको रुपमा फैलिरहेको छ। भारतमा मात्रै हालसम्म १५९ जनामा यसको संक्रमण देखिएको छ भने तीन जनाको मृत्यु भैसकेको छ। विश्वभर हालसम्म यसको संक्रमणबाट ८ हजार ९ सय बढीको मृत्यु भैसकेको छ।

प्रकाशित: ६ चैत्र २०७६ ०३:४८ बिहीबार

कोविड–१९ कोरोना_भाइरस आत्महत्या