अन्तर्राष्ट्रिय

इराकी प्रदर्शनः चार महिनाको अवधिमा ५३६ जनाको मृत्यु

बगदाद – इराकको स्वतन्त्र मानव अधिकार आयोगले सरकार विरोधी प्रदर्शनका क्रममा चार महिनाको अवधिमा ५३६ जनाको मृत्यु भएको जनाएको छ। सोमबार सार्वजनिक पछिल्लो प्रतिवेदनमा हिंसात्मक प्रदर्शनमा २३ हजार ५४५ जना घाइते भएका छन्।

मृत्यु भएकाहरुमा ५१९ जना सर्वसाधारण र १७ जना सुरक्षाकर्मी रहेका छन्। आयोगका अनुसार घाइते भएकामध्ये २० हजार २६ जना प्रदर्शनकारी र ३ हजार ५१९ जना सुरक्षाकर्मी रहेका छन्।

आयोगका सदस्य अलि अल–बैयातीले गत वर्ष अक्टोबरदेखि जनवरी ३० को चार महिनाको अवधिमा २ हजार ७१३ जनालाई सुरक्षाकर्मीले गिरफ्तार गरेको बताए। पक्राउ परेकामध्ये हाल ३२८ जना थुनामा रहेका र बाँकीलाई मुक्त गरिएको सरकारले जनाएको छ।

सरकारको विरोधमा राजधानी बग्दाद र अरु शहरमा गत वर्ष सन् २०१९ को अक्टोबरदेखि व्यापक प्रदर्शन जारी रहेको छ। प्रदर्शनकारीहरुले शासनमा व्यापक सुधार गर्नुपर्ने, भ्रष्टाचार अन्त्य गर्नुपर्ने तथा रोजगारी सिर्जना गर्नुपर्ने माग गरिरहेका छन्। रासस

प्रकाशित: २० माघ २०७६ १०:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App