अन्तर्राष्ट्रिय

पाकिस्तानमा वकिलले गरे अस्पतालमा तोडफोड, तीनको मृत्यु

लाहोर- पाकिस्तानको लाहोरमा वकिलको एक समूहले अस्पतालमा तोडफोड गरेको छ। यस हमलामा केही विरामीको समेत मृत्यु भएको बीबीसीले जनाएको छ।

लाहोरको पंजाब इंस्टीट्यूट अफ कार्डियोलोजीका एक डाक्टरले एक वकिललाई आक्रमण गरेको भन्दै त्यसको वदला लिन वकिलको समूहले अस्पतालमा तोडफोड गरेको हो।

पंजावका स्वास्थ्यमन्त्री राशिदले हमलामा तीन जनाको मृत्यु भएको 'डन' पत्रिकालाई बताएका छन्। हमलामा संलग्न ४० वकिललाई प्रहरीले पक्राउ गरेको छ।

वकिलको समूहले सवारी साधनमा समेत आगजनी गरेको छ।

 

प्रकाशित: २६ मंसिर २०७६ ०५:२२ बिहीबार

वकिल तोडफोड अस्पताल