अन्तर्राष्ट्रिय

‘ब्रेक्जिट जनमत संग्रहमा म तटस्थ बस्छु’

लन्डन – बेलायतको प्रमुख विपक्षी दल लेबर पार्टीका नेता जेरेमी कोर्बिनले ब्रेक्जिट(युरोपेली संघबाट बेलायतको बहिर्गमन) सम्बन्धी कुनै पनि प्रकारको जनमत संग्रहमा आफू तटस्थ बस्ने बताएका छन्।

लेबर पार्टी शक्तिमा आए भविष्यमा हुने ब्रेक्जिटसम्बन्धी कुनै पनि प्रकारको जनमत संग्रहमा आफू तटस्थ रहने नेता कोर्बिनको भनाइ छ। बिबिसीको एउटा कार्यक्रममा बोल्दै नेता कोर्बिनले युरोपेली संघ छोड्ने वा रहनेबारे कुनै पनि प्रकारको चुनावी अभियानमा नलाग्ने बताएका हुन्। उनले आफू बेलायको प्रधानमन्त्रीका रूपमा काम गर्न पाउँदा पनि यस विषयमा कुनै अभियानमा नलाग्ने र जनताको मत नै अन्तिम हुने जिकिरसमेत गरेका छन्।

ब्रेक्जिटको विषयमा आफू तटस्थ बस्ने जबाफ विपक्षी नेता कोर्बिनले दिएको विषयमा बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले उनी मात्रै यस्तो महŒवपूर्ण विषयमा कसरी ‘फरक’ रहन सक्छन् भनेर प्रश्न गरेको बिबिसीले उल्लेख गरेको छ। उनले नेता कोर्बिनलाई कसरी विश्वास गन सकिन्छ भनेर आफूले आफैंलाई प्रश्न सोध्नसमेत आग्रह गरेका छन्।

बेलायतमा समयअगावै निर्वाचनको मिति डिसेम्बर १२ नजिकिँदै गर्दा बिबिसीले विभिन्न चारवटा दलका नेतालाई दर्शकको प्रश्न सोधेकोमा विपक्षी नेता कोर्बिनको यस्तो जबाफ आएको थियो। त्यसैगरी प्रश्न सोधिएका चारजना नेतामध्ये प्रधानमन्त्री जोनसन चौथो नेता हुन्। उनले विपक्षी नेता कोर्बिनले कार्यक्रममै दिएको जबाफबारे प्रतिप्रश्न गरेका थिए।

बिबिसीको कार्यक्रममा लेबर पार्टीका नेता कोर्बिन र प्रधानमन्त्री जोनसनसहित एसएनपी दलका निकोला स्टरगेन र लिबरल डेमोक्र्याट जो स्विनसन पनि सहभागी थिए। बिबिसीले के राजनीति दलका नेताले सत्यतामाथि भर पर्नुपर्छ भन्ने प्रश्नको जबाफ दिँदै प्रधानमन्त्री जोनसले ‘यो एकदमै महŒवपूर्ण’ रहेको प्रतिक्रिया दिएका थिए। शुक्रबार साँझ प्रसारित सो कार्यक्रममा चारैजना नेता बेग्लाबेग्लै प्रस्तुत भएका थिए र दर्शकले सोधेका मिश्रित खालका प्रश्नको जबाफ दिएका थिए।

 

प्रकाशित: ८ मंसिर २०७६ ०४:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App