अन्तर्राष्ट्रिय

ग्रेटा थमबर्गद्वारा पुरस्कार अस्वीकार

स्टकहोम- स्वीडेनकी जलवायु अभियन्ता ग्रेटा थमबर्गले एउटा पर्यावरण सम्बन्धी पुरस्कार लिन अस्वीकार गरेकी छिन्। पुरस्कार अस्वीकार गर्दै उनले सत्तामा बसेकाहरुलाई विज्ञानको अनुशरण गर्न आग्रह गरेकी छन्।

अन्तर संसदीय सहयोगका लागि क्षेत्रीय संस्था नार्डिक परिषदले स्वीडेनको स्टकहोममा आयोजना गरेको एक कार्यक्रमले थमबर्गलाई 'नर्डिक परिषद पर्यावरण पुरस्कार–२०१९'ले सम्मान दिने निर्णय गरेको थियो। पुरस्कारको राशि ५२ हजार ओमेरिकी डलर रहेको छ।

युवा जलवायु अभियन्ता १६ वर्षीया थमबर्गको 'फ्राइडे फर फ्युचर'अभियानका पक्षमा लाखौं मानिसले सर्मथन जनाइसकेका छन्।

सन् २०१८ अगस्टबाट उनले हरेक शुक्रबार स्वीडेनको संसद अगाडी पर्यावरणको संरक्षणका लागि धर्ना दिन सुरु गरेकी थिइन्।

'जलवायु अभियानलाई पुरस्कारको आवश्यकता छैन। सत्तामा बसेका मानिसहरुले वर्तमानमा उपलब्ध विज्ञानको सर्वश्रेष्ठ अनुसरण गरेर जलवायु संरक्षण गर्न आवश्यक छ', उनले आफ्नो इन्स्ट्राग्राममा लेखेकी छिन्।

उनले यो सम्मान दिएकोमा नार्डिक परिषदप्रति आभार व्यक्त गर्दै, जलवायु सम्बन्धी मुद्दामा आफ्नो धारणमा स्थीर रहन नसकेकोमा नार्डिक परिषदलाई आलोचना गरेकी छिन्।

प्रकाशित: १४ कार्तिक २०७६ ०७:५१ बिहीबार

पुरस्कार पर्यावरण