अन्तर्राष्ट्रिय

अमेरिकामा केही घण्टामै अर्काे गोलीकाण्ड, सुटरसहित ९ जनाको मृत्यु

काठमाडौं– संयुक्त राज्य अमेरिकाको टेक्सासमा गोलीकाण्ड भएको केही घण्टामै अर्काे राज्य ओहायोमा पनि अन्धाधुन्ध गोली प्रहार भएको छ। 

स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार ओहायोको डेटनस्थित एक बारको बाहिर अन्धाधुन्ध गोली प्रहार हुँदा सुटरसहित ९ जनाको मृत्यु भएको छ। १६ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 

यसअघि टेक्सासको एल पासोमा अन्धाधुन्ध गोली प्रहार हुँदा २० जनाको मृत्यु भएको थियो। यसको केही घण्टामै ओहायोमा गोलीकाण्ड दोहोरिएको हो। 

डेटन प्रहरी विभागले ट्वीटरमार्फत घटनाको पुष्टि परेको छ। 

प्रकाशित: १९ श्रावण २०७६ ०९:५३ आइतबार

गोलीकाण्ड टेक्सास ओहायो अमेरिका