अन्तर्राष्ट्रिय

अब सार्वजनिक स्थानमा किस गरे सिधै जेल ! अश्लील शब्द बोल्नेले पनि छुट नपाउने

नयाँदिल्ली– तपाईहरुले आफ्नो प्रेमिका वा प्रेमीलाई अब सार्वजनिक स्थानमा किस अर्थात चुम्बन गर्नुभयो भने जेल सजाय हुन सक्छ। यो नियम भारतको हो। भारतीय दण्ड संहिता आइपीसीको धारा २९४ अन्तर्गत कुनै पुरुष वा महिलाले सार्वजनिक स्थानमा कुनै पनि प्रकारको अश्लील कार्य गरेमा प्रहरीले नियनत्रणमा लिएर कारवाही गर्ने छ। अश्लील गतिविधी अन्तर्गत किसलाई पनि समावेश गरिएको छ। 

जसअन्तर्गत मेट्रो, रेल्वे स्टेशन, बजार, स्कुल, पार्क लगायत कुनै पनि सार्वजनिक स्थानमा आफ्नो प्रेमिका÷प्रेमी वा पति÷पत्नीलाई किस गरेमा प्रहरीले अश्लील गतिविधि गरेको अभियोगमा गिरफ्तार गर्न सक्छ। यस्तो विषयमा प्रहरीलाई आइपीसी धारा २९४ अन्तर्गत अधिकार दिइएको छ। 

अधिवक्ताद्वय मार्कंडेय पन्त र राजेश शर्माले सार्वजनिक स्थानमा किस गर्नेमाथि प्रहरीले एक्सन लिने कानुन आधार भएको बताए। ‘यदि सार्वजनिक स्थानमा कार रोकेर कारभित्र किस गरेभने पनि प्रहरीले नियन्त्रणमा लिएर कारवाही गर्न सक्छ’, उनीहरुले भने। 

अधिवक्ताका अनुसार आइपीसी धारा २९४ अन्तर्गत अश्लील कार्य गर्नेलाई तीन महिना जेल सजाय तथा जरिवाना हुनसक्छ। साथै सार्वजनिक स्थानमा अश्लील गीत गाउने तथा अश्लील शब्द प्रयोग गर्नेमाथि पनि आइपीसी धारा २९४ अन्तर्गत नै प्रहरीले कारवाही गर्न सक्छ। 

प्रकाशित: १२ श्रावण २०७६ ११:१५ आइतबार

किस सार्वजनिक_स्थान जेल अश्लील_गतिविधी