अन्तर्राष्ट्रिय

पाकिस्तानले बुझायो भारतीय कैदीको सूची

इस्लामावाद- पाकिस्तानी सरकारले आफ्नो देशमा रहेका भारतीय कैदीहरूको नामावलीको सूची सोमबार भारतलाई बुझाएको छ।

इस्लामावादमा भारतको उच्च आयोगलाई बुझाइएको सूचीमा २६१ जनाको नामावली रहेको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ। मन्त्रालयद्वारा जारी वक्तव्यमा पाकिस्तान र भारतबीच सन् २००८ को मे २१ तारिखका दिन भएको सहमति अनुसार कैदीहरुको सूची बुझाइएको उल्लेख छ।

सो सहमतिमा दुवै देशले आफ्नो देशमा रहेका एक अर्का देशका कैदीहरूको नामावलीको सूची सम्वन्धित देशलाई बुझाउने उल्लेख गरिएको समाचारमा जनाइएको छ।

पाकिस्तानले बुझाएको कैदीको सूचीमा ५२ जना आम नागरिक र २०९ जना माझीहरु रहेको अधिकारीहरुले जनाएका छन्।

भारतीय सरकारले पनि भारतमा रहेका पाकिस्तानी कैदीहरुको सूची पाकिस्तानी उच्च आयोगलाई नयाँदिल्लीमा बुझाउने वक्तव्यमा उल्लेख गरिएको छ। सिन्ह्वा

प्रकाशित: १६ असार २०७६ १६:०० सोमबार

पाकिस्तान भारत कैदी_सूची