दिल्ली - भारतमा विशाक्त मदिरा सेवनले एकै परिवारका ६ जनाको मृत्युभएको छ। उत्तर प्रदेशस्थित रामनगरको रागीगञ्जमा विशाक्त मदिरा सेवनका कारण उनीहरूको मृत्यु भएको हो।
ज्यान गुमाउने सबै पुरुष छन् । पारिवारिक श्रोतका अनुसार सबैले खाना खाइसकेपछि मदिरा सेवन गरेका थिए । मृतकहरुको शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ।
यस घटनाप्रति उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गर्दै छानबिनको आदेश दिएका छन् ।
प्रकाशित: १४ जेष्ठ २०७६ ०८:१३ मंगलबार