अन्तर्राष्ट्रिय

श्रीलङ्काको चर्चमा अझै विस्फोटको त्रास

काठमाडाैं– श्रीलङ्काको रोमन क्याथोलिक चर्चले आगामी आइतबारबाट पुनः आरम्भ गर्न लागेको आफ्नो सेवा रद्ध गरेको छ। फेरि बम आक्रमण हुने आङ्शकामा सो चर्चले आफ्नो सेवा रद्ध गरेको प्राप्त समाचारमा जनाइएको हो।

चर्चका प्रवक्ताले बिहीबार दिएको जानकारीअनुसार चर्चले प्राप्त गरेको एक सूचनाअनुसार चर्चमा सम्भावित दुई ओटा आक्रमण हुन लागेको थियो। त्यसपछि चर्चले आगामी मे ५ मा हुने गइरहेको सामूहिक भेला रद्ध गरेको छ। सुरक्षाबलको सल्लाहअनसुार आगामी आइतबबार कुनै पनि चर्चमा सामूहिक भेला नहुने चर्चका प्रवक्ताले एएफपी समाचार समितिलाई बताएका छन्।

श्रीलङ्कामा गत अप्रिल २१ मा तीन होटल र ती चर्चमा भएको आत्मघाती आक्रमणपछि चर्चले पुनः सर्वसाधारणको लागि आफ्नो सेवा शुरु गर्न लागेको थियो। गत अप्रिल २१ मा भएका ती आतङ्ककारी आक्रमणहरुमा परी कम्तीमा २ सय ५७ व्यक्तिको मृत्यु भएको थियो। सयौंको सङ्ख्यामा व्यक्तिहरु घाइते भएका थिए। सो आक्रमणमा परी कम्तीमा ४२ विदेशी नागरिकले समेत ज्यान गुमाएका थिए। रासस

प्रकाशित: १९ वैशाख २०७६ ११:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App