अन्तर्राष्ट्रिय

भारतका प्रधानन्यायाधीशमाथि यौन दुव्र्यवहारको आरोप

गत अक्टोबर महिनामा पदबहाली गर्ने क्रममा भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोई। फाइल तस्बिर: एजेन्सी

नयाँ दिल्ली - भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोईमाथि आफ्नै एक पूर्वसहयोगी (जुनियर असिस्टेन्ट) लाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ।   प्रधानन्यायाधीश गागोईले आफूविरूद्ध अदालतका पूर्वकर्मचारीले लगाएको आरोप ‘अविश्वसनीय’ रहेको र यो आफूलाई महत्वपूर्ण मुद्दाको सुनुवाई गर्न रोक लगाउने दुर्भावनाबाट प्रेरित अभिव्यक्ति मात्र भएको भन्दै आरोपको खण्डन गरेका छन्।

प्रधानन्यायाधीशमाथि यौन दुव्र्यवहारको आरोप लगाउने ३५ बर्षीय पूर्वसहयोगी ती महिलाले भारतको सर्वोच्च अदालतका सबै २२ जना न्यायाधीशलाई शुक्रबार पत्र लेखी आफूलाई गोगोईले सरकारी निवासस्थित कार्यालयमा गत बर्षको अक्टोबरमा दुई पटकसम्म यौन दुव्र्यवहारको प्रयास गरेको बताएकी छन्। यस क्रममा प्रधानन्यायाधीश गोगोईले आफूमाथि लागेको आरोप आधारहीन रहेको र यसको पछाडि कुनै ठूलो शक्तिको हात रहेको भन्दै आफ्नो बचाउ गरेको भारतीय सञ्चार माध्यमलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

प्रधानन्यायाधीश गोगोईले आफूमाथि लागेको यौन दुव्र्यवहारको आरोप अस्वीकार गर्दै न्यायपालिकाको स्वतन्त्रता खतरामा रहेको जिकिरसमेत गरेका छन्। उनले यो आरोप न्यायपालिकालाई अस्थिर बनाउनको लागि गरिएको एक षड्यन्त्र भएको भन्दै  यसका पछि ठूलो शक्ति लागेको हुनसक्ने शंका पनि व्यक्त गरेको एएफपीले उल्लेख गरेको छ।   

‘यस्तो अवस्थामा काम गर्नु प¥यो भने राम्रा मान्छे सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रूपमा काम गर्न कहिले आउँदैनन्,’ प्रधानन्यायाधीश गोगोईले बताए। साथै उनले आफूमाथि आरोप लगाउने ती महिला आपराधिक पृष्ठभूमि भएको बताएका छन्। ‘ती महिलालाई सर्वोच्चमा कसरी जागिर मिल्यो ? जबकी उसकोविरुद्ध आपराधिक मुद्दा छ। यसको पनि जाँच हुनुपर्छ,’ प्रधानन्यायाधीश गोगोईलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

पूर्व कर्मचारी ती महिलाले गोगोईले आफूमाथि यौन दुव्र्यवहार गरेको, अनावश्यक रूपमा छोएको, उनको प्रस्तावमा सहमत नभएपछि जागिरबाट हटाएको र आफ्नो परिवारलाई विभिन्न तरिकाले प्रताडित गरेको आरोप लगाएकी छन्। ती महिलाले आफूसहित प्रहरी अधिकारीसमेत रहेका आफ्ना पति र जेठाजुलाई पनि जागिरबाट निलम्बन गरिएको आरोपसमेत लगाएकी छन्।

‘उहाँले मलाई मेरो कम्मरमा समात्नुभयो र शरीरका सबै अंगमा हात लगाउनुुभयो र मलाई उहाँको शरीरतर्फ अँठ्याउनुभयो,’ ती महिलाले शुक्रबार सर्वोच्च अदालतका अन्य न्यायाधीशलाई लेखेको पत्र उद्धृत गर्दै एएफपीले जनाएको छ। ‘उहाँले मलाई पनि उहाँको शरीरमा अँगालो हाल्न भन्नुभयो। उहाँको भनाइ नमानेर मैले उम्कने प्रयास गर्दा चरप्प समातेर राख्नुभयो। उहाँको सो कदम यौन दुव्र्यवहारको प्रयास थियो,’ ती महिलाले लेखेको पत्रमा भनिएको छ।

प्रधानन्यायाधीशले यौन दुव्र्यवहार गरेको भन्ने आरोपबारे शनिबार न्यायाधीशहरुको एक विशेष बेन्चमा आपतकालीन सुनुवाई भएको छ।
यौन दुव्र्यहारको आरोपमाथि न्यायाधीश अरुण मिश्रा र संजिव खन्ना रहेको विशेष बेन्चमा सुनुवाई भएको बताइएको छ। सुनुवाईका क्रममा प्रधानन्यायाधीश गोगोईले आफूविरुद्धको आरोप अस्वीकार गरेका छन्। शनिबारको बेन्चले प्रधानन्यायाधीशमाथि लागेको आरोपबारेमा अन्य न्यायाधीशसहितको एक विशेष वेञ्चमा सुनुवाई हुने निर्णय गरेको एएफपीले जनाएको छ।

भारतमा सर्वोच्च अदालतलाई एक महŒवपूर्ण सार्वजनिक संस्थाका रूपमा हेरिन्छ। भारतको अति व्यस्तमध्येको एक संस्था सर्वोच्च अदालतले दैनिक सात सय वटासम्म कानुनी विषयबस्तु हेर्ने गरेको छ। ६४ वर्षीय गोगोई गत अक्टोबर महिनामा भारतको सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त भएका थिए। प्रधानन्यायाधीश नियुक्त हुँदा उनीबाट ठूलो अपेक्षा गरिएको थियो। प्रधानन्यायाधीश नियुक्त हुनुपूर्व गोगोई एक बौद्धिक र तुलनात्मक रूपमा स्वतन्त्र व्यक्तिका रूपमा चिनिन्थे किनभने उनले सार्वजनिक रूपमै अदालतमा रहेका समस्याबारे बोल्ने गरेका थिए। तर जब उनी प्रधानन्यायाधीश नियुक्त भए, तब उनलाई लिएर आश गरेका कैयौं निराश बने किनभने उनीमाथि प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारलाई खुसी बनाउन कैयौं निर्णय गरेको आरोप लाग्ने गरेको छ।

प्रकाशित: ८ वैशाख २०७६ ०३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App