केही दिनअघि दुई पत्रकार वा लोन र क्वा सोइ वुलाई अन्तर्राष्ट्रिय रिपोर्टिङतर्फ ‘पुलिट्जर’ पुरस्कार दिने घोषणा गरियो।
उनीहले म्यानमारको सेनाले अल्पसंख्यक रोहिंग्याहलाई गरेको दमन उदांगो पारिदिएका थिए।
लोन र वु, दुवै जना समाचार रोयटर्सका संवाददाता थिए।
२८ वर्षीय वु घटनाको तीन महिना अघिदेखि रोयटर्ससँग आबद्ध थिए। लोनचाहिँ २०१६ मै आबद्ध भइसकेका थिए।
म्यानमारको सेनाले रोहिंग्याहलाई अत्यधिक दमन गरिरहेको समय थियो, २०१७। त्यतिबेलै रोयटर्सले वुलाई स्थानीय पत्रकारको रूपमा अनुबन्ध गरेको थियो। त्यसअघि उनी विभिन्न पत्रिका तथा समाचार एजेन्सीमा काम गर्थे। लोनले पनि रोयटर्स आउनुअघि विभिन्न पत्रिकामा काम गरिसकेका थिए। सन् २०१४ मा ‘म्यानमार टाइम्स’ले उनलाई संवाददाताको रूपमा भित्र् याएको थियो।
वा लोन त ‘थर्ड स्टोरी प्रोजेक्ट’ को सहसंस्थापक समेत हुन्। यो संस्थाले बालबालिकाको निम्ति कथा लेख्ने तथा प्रकाशन गर्ने काम गर्छ। हिंसालाई निरुत्साहित गर्दै शान्ति प्रवद्र्धन गर्न यो संस्थाले महत्वपूर्ण भूमिका खेलेको छ।
थर्ड स्टोरी प्रोजेक्टले भर्खरै ‘जय जय द जर्नालिस्ट’ नामक पुस्तक निकालेको छ। लोनले जेलबाटै लेखेको कथा त्यो पुस्तकमा संग्रहित छन्।
लजालु युवक वा लोन अहिले ३२ वर्ष पुगिसकेका छन्। आफ्नो जन्मदिन पनि उनले जेलमै मनाए। मनाउनु पनि के र, पढेरै समय बिताए।
दुवै पत्रकार २०१७ डिसेम्बरदेखि जेलमा छन्। समाचार लेखेकै कारण उनीहरूलाई राज्यले जेलमा थुनेको हो।
१० जना रोहिंग्यालाई बुद्ध धर्मावलम्बी गाउँले र म्यानमारको सेनाले मारेको घटना उनीहरूले समाचारमार्फत सार्वजनिक गरेका थिए। हत्याको समाचार बाहिर ल्याएको भन्दै उनीहलाई सरकारले पक्रिएर जेल चलान गरेको हो।
दुवै पत्रकारलाई राज्यको कानुन मिचेको आरोप लगाइएको छ।
उनीहरूलाई २०१९ को पुलिट्जर पुरस्कार दिने निर्णयसँगै म्यानमारका पत्रकारमा खुसियाली छाएको छ। रोयटर्सका प्रधानसम्पादक स्टेफन जे एड्लर भन्छन्, ‘पुरस्कार दिने समाचारले मलाई हर्षित तुल्याएको छ।’
पुरस्कार दिने समाचारले उनीहरूको परिवारलाई थोरै भए पनि खुसी थपिदिएको छ।
वुको जन्मघर क्वा से गाउँमा परिवारलाई फोनमार्फत बेलाबेला मृत्युको धम्की आउँछ। उनलाई थुनामा राख्ने निर्णय भएसँगै उनकी श्रीमती चीत सु विन पनि मृत्युको धम्की सुन्दासुन्दा हैरान भइसकेकी छन्। वासिङ्टन पोस्टका लागि शिवानी मतानी लेख्छिन्, ‘श्रीमान् पक्राउ परेपछि विनलाई नियमित आउने धम्कीले पिरोल्न थालेको छ।’
आफ्नो श्रीमानले रोजेको करिअरप्रति नै ‘कन्फ्युज’ छिन्, विन। जेल बस्नुपर्ने कस्तो जागिर रोजे श्रीमानले भनेर सोचिरहन्छिन्। उनले जीवनमा जेल सजाय भोग्नुपर्ला भनेर कल्पना पनि गरेकी थिइनन्। एक्कासि वु ले ७ वर्षसम्म जेल बस्नुपर्ने समाचारले विनलाई विचलित बनायो।
३ वर्षे छोरी छ, वु को। हिजोआज उनले खुबै बुवा खोज्न थालेकी छन्।
वा लोनको पनि भर्खरै पहिलो बच्चा भएको छ। वा लोन जेलमा छँदै श्रीमतीले घरमा पहिलो सन्तान जन्माइन्। साथीहले सन्तान भएको खबर उनलाई जलेसम्म पुर्याइदिए। उनको खुसीको सीमा रहेन। बाबु हुन पाएको खुसियालीले जेलमा बस्नुको पीडा बिर्साइदियो उनको।
म्यानमारको स्वे बो भन्ने ठाउँमा वा लोनको जन्म भएको थियो। धनी किसान परिवारमा जन्मिए पनि उनको पढाइचाहिँ व्यवस्थित भएन। हाइस्कुल समेत पूरा गरेनन्।
२०१० मा वा लोन फोटोग्राफी व्यवसायका लागि याङ्गोन पुगेका थिए। त्यहीँ उनले अंग्रेजी सिकेका थिए। उनी एकदमै लजालु प्रवृत्तिका छन्। अंग्रेजीको पहिलो क्लासमा उनलाई केही प्रश्न सोधियो। जवाफ दिन सकेनन्। उनका अंग्रेजी प्राध्यापक मिन्डी वाल्करले सजाय सुनाए– तिमी बाथरुम जाऊ र कहिले पनि फर्केर नआऊ।
उनी अज्ञाकारी छात्र थिए। शिक्षकको आदेश स्वीकारे।
‘मैले उनलाई क्लासमा फर्काउन निकै मेहनत गर्नुपर्याे,’ वाल्कर ती दिन सम्झिन्छन्, ‘हिजोआज कक्षामा नयाँ आएका लजालु मान्छेलाई वा लोन यो कथा सुनाउँदै हिँड्छ रे।’
लजालु युवक वा लोन अहिले ३२ वर्ष पुगिसकेका छन्। आफ्नो जन्मदिन पनि उनले जेलमै मनाए। मनाउनु पनि के र? पढेर समय बिताए।
बेलाबेला पत्रकार साथीहरू वा लोनलाई भेट्न जेलमै पुग्छन्। उनी स्वस्थ भएको खबर ल्याउँछन्। पत्रपत्रिका र पुस्तक पढेर समय बिताइरहेको खबर ल्याउँछन्। अंग्रेजी राम्रो भएकाले उनी हिजोआज आफ्ना सहकर्मी वुलाई अंग्रेजी सिकाइरहेका छन्।
अध्ययनमा त वु पनि कम छैनन्। सानोमा दिनभरि लाइब्रेरीमा समय बिताउँथे। शिक्षक र आफ्ना साथीहसँग पुस्तकका गफ गरिरहेका हुन्थे।
प्रकाशित: ४ वैशाख २०७६ ११:५२ बुधबार