अन्तर्राष्ट्रिय

‘चीन र रूसबीचको सम्बन्ध थप घनिष्ठ’

बेइजिङ- चीनले रूससँगको आफ्नो सम्बन्ध सन् २०१९ मा नयाँ उचाइमा पु-याउन चाहेको रूसका लागि चिनियाँ राजदूत ली हुईले बताएका छन्। 

मङ्गलबार आफ्नो हस्ताक्षरमा पिपल्स डेलीमा एक लेख प्रकाशित गर्दै सन् २०१९ मा चीन–रूसबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० बर्ष मनाउँदै गर्दा दुई मुलुकले सम्बन्धलाई थप प्रगाढ पार्ने र विभिन्न ऋङ्खलावद्ध उत्सवका कार्यक्रमको आयोजना गरी सम्बन्धलाई थप विस्तार गरिने उनले उल्लेख गरेका छन्।

दुई मुलुकका उच्च नेताहरूबीच भएका महत्वपूर्ण सहमतिलाई मनन गर्दै बेइजिङ र मस्कोले ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ तथा यूरोसियन इकोनोमिक युनियनबीच सहकार्य गर्ने, र दुई देश र यहाँका जनताबीच परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई बलियो बनाउनेतर्फ चीन प्रतिवद्ध रहेको उल्लेख लीले गरेका छन्। 

दुई मुलुकले हातमा हात मिलाएर सम्बन्धलाई पुनर्जीवन दिनुपर्ने र अन्तर्राष्ट्रिय सम्बन्धमा नया नमूना विकास गर्नुपर्नेमा उनको जोड रहेको थियो। 

सन् २०१८ लाई दुईपक्षीय सम्बन्ध विकासको बर्षका रूपमा मनाएको र सहकार्यबाट दुई देशको व्यापारमा सन् २०१७ को तुलनामा २७ प्रतिशतको वृद्धि आएको राजदूत लीले बताए। सिन्ह्वा

प्रकाशित: २९ माघ २०७५ १६:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App