अन्तर्राष्ट्रिय

अफगानिस्तानको सुनखानीमा पहिरो जाँदा कम्तीमा ३० को मृत्यु

तस्बिर : एजेन्सी

अफगानिस्तान - आइतवार अफगानिस्तानको उत्तरी प्रान्त बदखस्थनस्थित सुनखानीमा गएको पहिरोमा परि ३० जनाकाे मृत्यु भएकाे छ। बदखस्थन प्रान्तका प्रहरी प्रवक्ता सनउअल्ला रोहनीका अनुसार उक्त सुनखानीमा गएकाे पहिरोका कारण उनीहरुकाे मृत्यु भएकाे हाे। यस्तै पहिराेमा परि २० जना घाइते समेत भएका छन्। उत्तरी अफगानिस्तनका पहाडी प्रान्तहरुमा प्रायः पहिरो गइरहने त्यहाँका अधिकारीहरुले वताएका छन्। 

प्रकाशित: २२ पुस २०७५ ११:४१ आइतबार

अफगानिस्तान पहिरो