अन्तर्राष्ट्रिय

युक्रेन विवादका कारण ट्रम्पले गरे पुटिनसँगकाे भेटवार्ता रद्द

काठमाडाैं - युक्रेन विवादमा असन्तुष्ट अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने भनिएको भेटवार्ता रद्द गरेका छन्। यी दुई राष्ट्रप्रमुखबीच अर्जेन्टिनामा हुने जी–२० सम्मेलनका दौरान भेटवार्ता हुने तय भएको थियो।

रुसले नियन्त्रणमा लिएका युक्रेनका पानी जहाज र त्यसका चालकहरुलाई रिहा नगरेकोमा राष्ट्रपति ट्रम्पले आपत्ती जनाइरहँदा उनले ट्विट मार्फत रुसका राष्ट्रप्रमुखसँगको भेटवार्ता रद्द गरिएको बताएका हुन। सम्मेलनका लागि प्रस्थान गर्नु अघि राष्ट्रपति ट्रम्पले ट्विट मार्फत नै पुटिनसँग आफुले भेट्न सक्ने बताएका थिए। गत आइतबार क्रिमियाको प्रायद्विपमा रुसी सेनाले युक्रेनका नौसेना माथि हमला गरेका थिए।

Based on the fact that the ships and sailors have not been returned to Ukraine from Russia, I have decided it would be best for all parties concerned to cancel my previously scheduled meeting....

— Donald J. Trump (@realDonaldTrump) November 29, 2018

 

प्रकाशित: १४ मंसिर २०७५ ०८:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App