अन्तर्राष्ट्रिय

मि टु अभियानमा मुछिए मोदीका विदेश राज्यमन्त्री, पदबाट राजीनामा

नयाँ दिल्ली- भारतीय विदेश राज्यमन्त्री एमजे अकबरले पदबाट राजीनामा दिएका छन्। हलिउड हुँदै भारत आइपुगेको मि टु अभियानअन्तर्गत २० जना महिला पत्रकारले यौन दुर्व्यवहारको आरोप लगाएपछि अकबरले बुधवार पदबाट राजीनामा दिएका हुन्। 

कैयौं पत्रिकामा सम्पादकको रुपमा काम गरिसकेका अकबरमाथि मि टु अभियान सुरु भएपछि वरिष्ठ पत्रकार प्रिया रमानीले यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन्। उनीपछि अकबरमाथि यौन दुर्व्यवहार गरेको आरोपको बाढी नै लागेको थियो। रमानीले एक होटलको कोठामा अन्तर्वार्ताका क्रममा अकबरले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छिन्।

अन्यले पनि उनीमाथि गम्भीर आरोप लगाएका छन्। पछिल्लो पटक एक विदेशी महिला पत्रकार (इंग्ल्याण्डकी रुथ डेविड)ले ले सन् २००७ मा १८ वर्षको उमेरमा इन्टर्नशीपका लागि आउँदा अकबरले आफूमाथि गलत हर्कतको प्रयास गरेको आरोप लगाएकी छिन्। 

यद्यपी राज्यमन्त्री अबकरले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै अदालतमा मुद्दा लड्ने बताएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार अकबरले प्रधानमन्त्री नरेन्द्र मोदीको सुझावअनुसार राजीनामा दिएका हुन्।

यो प्रकरणमा मि टु अभियानअन्तर्गत सामाजिक सञ्जाल र विपक्षी दलले सरकारको आलोचना गर्दै मन्त्री अकबरको राजीनामा मागेका थिए।

प्रकाशित: ३१ आश्विन २०७५ १३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App