अन्तर्राष्ट्रिय

लिबियाको जेलबाट ४ सय बन्दी फरार

त्रिपोली – लिबियाको राजधानी त्रिपोलीमा रहेको ऐन जारा कारागारबाट चार सय बन्दी फरार भएका छन् ।सरकारी सुरक्षाकर्मीहरु र लडाकूबीच भिडन्त भएपछि आइतबार उनीहरु भागेको अधिकारीहरुले जनाएका छन्।

‘ऐन जारा कारागरको सेक्सन एमा विद्रोहीहरुले हस्तक्षेप गरेर चार सय जना कैदीहरुलाई भगाएका छन्,’ न्यायिक प्रहरी विभागका एक अधिकारीले भने । उनका अनुसार लडाकूहरुले बन्दुकको ठूलो आवाज सुनाएर तर्साएको बताइएको छ।

बन्दीहरुले जेलको ढोका र सुरक्षा गार्डलाई पन्छाउँदै भाग्न सफल भएको समाचारमा जनाइएको छ । कैदीहरुले तर्साएपछि जेलका सुरक्षाकर्मीहरू आफ्नो ज्यान बचाउनका लागि भागेको बताइएको छ।

फरार कैदीहरुको खोजी कार्य सुरु गरिसकिएको सरकारी अधिकारीहरुले जनाएका छन् । अधिकांश फरार कैदीहरू लिबियाका पूर्व शासक मुहम्मद गद्धाफीका समर्थक रहेको जनाइएको छ।

प्रकाशित: १९ भाद्र २०७५ ०३:३६ मंगलबार

बन्दी_फरार लिबिया