न्यूयोर्क – अमेरिकाको न्यू मेक्सिको राज्य प्रहरीले दुर्गम मरुभूमिको एक कम्पाउण्डमा लुकाएर राखिएका ११ बालबालिकाको उद्दार गरेको छ। एक वर्ष देखि १५ वर्षसम्मका ती वालवालिका खान नपाएर कुपोषित अवस्थामा रहेको पाइएको प्रहरीले जनाएको छ।
अत्यन्तै फोहोर,जुत्ता नलगाएका फाटेका लुगा लगाएको अवस्थामा रहेका ती वालवालिका तेस्रो विश्वका शरणार्थी हुनसक्ने अनुमान त्यहाँको प्रहरीले गरेको छ।
कोलोराडो राज्यको सिमा नजिक अमालियाको एक कम्पाउण्डमा दयनीय अवस्थामा ती बालबालिका राखेको पाइएको थियो। २ हतियारधारी व्यक्तिको नियन्त्रण ती वालवालिका रहेको प्रहरीको भनाइ छ। प्रहरीले हतियारधारी शिराज वाहाज र लुक्यान मर्टनलाई घटनास्थलबाटै गिरफ्तार गरेको छ।
ती वालवालिकालाई प्लास्टिकले छोपेका भूमिगतस्थलमा बिजुली र पानी विहीन अवस्थामा राखिएका थिए। अहिले ती बालबालिकालाई स्थानीय समाजसेवी सस्थाँहरुको जिम्मा लगाइएको छ। बिबिसी
प्रकाशित: २१ श्रावण २०७५ ०९:२१ सोमबार