वासिङटन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् ।
ट्रम्पले आगामी शरद ऋतुमा पुटिनलार्इ अमेरिका भ्रमणाकाे निम्ताे दिएकाे ट्रम्पका प्रेस सल्लाहाकार सारा स्यान्डर्सले बताए।
दुई राष्ट्रपति ट्रम्प र पुटिनबीच गत सोमबार फिनल्यान्डको राजधानी हेल्सिन्कीमा भेटवार्ता भएको थियो । वार्ताका क्रममा उठेका विषयको थोरैमात्र विवरणहरु सार्वजनिक भएका छन् ।फिनल्यान्डको राजधानी हेल्सिन्कीमा वार्तामा दुई राष्ट्रबीचका केही मुद्दाहरुमा छलफल भएकाे थियाे।
राष्ट्रपति ट्रम्पले बिहीबार एक ट्वीट गर्दैै वार्ता उपलब्धिपूर्ण भएको र आफु दोस्रो भेटकाे प्रतिक्षामा रहेकाे बताएका थिए।उनले अागामी वार्तामा आतंकवाद, इजरायल र परमाणुका विषयमा छलफल हुने बताएका छन्।
प्रकाशित: ४ श्रावण २०७५ ०६:०१ शुक्रबार